मान्छे आज किन वे औकात हुँदैछ,
परिणाम सिकार दलित जात हुँदैछ ।
मारिन्छ गाउँ सहरमा वे कसुर पनि,
समाज भित्र यस्तो दिनो रात हुँदैछ ।
मर्छन मुना र मदन समाजकै लागी,
संसार भरी लज्जित यो बात हुँदैछ ।
सोध जनम दिने आमा र बाबा लाई,
घर आँगनिमा आसुको बर्षात हुँदैछ ।
किन पालेकाछौँ यो कुहेको सँस्कार,
जस्ले मानव समाज को मात हुँदैछ ।
एक कोहोर प्रित पनि नलगाउ कोही,
धेरैजसो यो पनि आत्मा घात हुँदैछ ।
धोका दिएर जात लुकाएर नि नगरौँ,
कताकति त्यस्तै पनि वाहियात हुँदैछ ।
अन्तर जातिय बिवाहमा बलियो बने,
बुझे हुँन्छ अब शंघर्ष को खात हुँदैछ ।
जुन दिन देखि जातिय बिभेद आयो
त्यो दिन बाट गरिबमै ब्रजपात हुँदैछ ।
सुरेशकुमार पान्डे २९–०५–२०२०,
वि.सं.२०७७ जेठ १६ शुक्रवार ०८:१९ मा प्रकाशित






























