प्रवासी नेपाली संघ भारतले तमिलनाडू पुदुचेरी राज्यमा भोकभोकै परेका प्रवासी नेपालीहरुलाई खाद्यान्न सहयोग गरेको छ ।
प्रवासी नेपाली संघ भारत तमिलनाडू पुदुचेरी (पाण्डेचेरी) संयुक्त राज्य समितिद्वारा कोभिड १९ ले गर्दा गाँसबाँस, रोजगारी, नोकरी गुमाएका ४० घरपरिवारका २२८ जनालाई खाद्यान्न लगायतका खाद्य सामग्री वितरण गरेको हो ।
रोजगारी गुमाउनेमा धेरै जसो होटेल, ढावा, चाइनिज ठेला, घरखाता, चौकिदारी, ससाना मझौला उद्योग ठेक्कापट्टा, मजदुरी गर्ने लगायतका रहेका छन् ।
प्रवासी नेपाली संघ भारत तमिलनाडू पुदुचेरी राज्य समितिले यस विषम परिस्थितिमा आम प्रवासी नेपालीहरुका समस्या तथा समाधान तर्फ राज्यको ध्यानाकर्षण बनाउन नेपाल सरकार तथा दिल्लीस्थित नेपाली दूतावासमा जानकारी गराउने काम यसअघि गरिसकिएको जानकारी गराएको छ ।
यस लकडाउनको विषयम परिस्थितिमा सहयोग जुटाउन तथा वितरण सहज बनाउने उद्देश्यले केन्द्रिय समितिका सल्लाहकार टीका पौडेलको रोहबरमा विपत व्यवस्थापन समिति गठन गरिएको थियो।
अलपत्र प्रवासी नेपालीहरुलाई सहयोग गर्न यसै राज्य समितिका अध्यक्ष कृष्ण पोख्रेलको संयोजकत्वमा गठन गरिएको विपत व्यवस्थापन कोष समितिमा दुर्गादत्त पौडेल, तेजेन्द्र प्रसाद शर्मा, श्रीमती सिमा न्युरे, कृष्ण के सी, राम प्रसाद शर्मा, दिपक पौडेल, शिव लामिछाने, राम्रचन्द्र पौडेल, शितल परियार लगायत सदस्य रहेका छन् । उनीहरुबाट उपलब्ध राशी रु. ८० असी हजारको राहत वितरण गरिएको केन्द्रिय सदस्य तथा राज्य सचिव दुर्गादत्त पौडेलले जानकारी गराएका छन्।

वि.सं.२०७७ जेठ १७ शनिवार १९:४९ मा प्रकाशित






























