back
CTIZAN AD

‘नेपालले मिसाइल बोक्न र बनाउन कहिले नपरोस्’

वि.सं.२०७७ जेठ १८ आइतवार

744 

shares

धर्म उस्तै, संस्कृति उस्तै, भाषा, भेष, रहनसहन, खाना पनि झन्डै झन्डै उस्तै । रोजगारी, बिहेवारी राजादेखि जनतासम्म यता र उता उस्तै उस्तै । भारतले नेपालको पानीले आफ्नो भूमिमात्र सिंचित गरेको छैन, नेपालीको रगत र बलिदानले भारतले कयौं युद्ध जितेको इतिहास साक्षि छ । साथै अहिले पनि हजारौं नेपाली जवानले भारतको सुरक्षा गरेका छन् भन्ने कुरा सत्य हो । यति नजिक र सामिप्य रहेको नेपाललाइ भारत किन युगौदेखि सताउदै आइरहेछ ? शान्त र सहनशील नेपालमाथि किन बारम्बार थिचोमिचो गरिरहन्छ ? के आज पनि भारत इन्दिरा गान्धीले झै नेपाललाइ भारतमा बिलय गराउने चाहना राखिरहेछ ? के आज पनि नेपालको सार्वभौम र स्वतन्त्र अस्तित्वको ख्यालै नगरी गरी आफ्नै छत्रछाया र पक्षमा परिरहोस् भन्ने चाहन्छ ? राजा फाल्ने, राजा बनाउने उहि पुरानै खेल खेलिरहन चाहन्छ भारत ? कहिले यो दललाइ कहिले उ दललाइ हात लिने र घात गर्ने काम गरिरहन चाहन्छ भारत ? नेपालको सरकार हिजोको जस्तै अस्थिर र नौ–नौ महिनामा फाल्ने र राख्ने काम निरन्तर गराउन चाहन्छ भारत ?

कहिले मधेशलाइ उचालेर र कहिले पहाडी नेताहरू उचालेर जनएकता अनि भौगोलिक एकता बन्न किन दिदैन भारत ? एउटै र उस्तै धर्म र संस्कृति भन्दै अनि मान्दै यसरी मार्न र बाध्न बनाउन खोज्नु कुन नैतिकता र आचरणले दिन्छ भारतलाइ ? के उहिलेको बेलायत र हिटलर जस्तै अन्य मुलुक र सत्तालाइ ढाल्दै, मिच्दै साम्राज्य खडा गर्दै आफ्नो औपनिवेश बनाउदै र सीमा विस्तार गर्न चाहन्छ भारत ? के उहिलेको जस्तै चीन र नेपालसँग युद्द गर्न चाहन्छ भारत ? होइन भने एकपटक छिमेकीलाइ सहयोग गर्दै उसको सेना केहि समयको लागि बस्न दिएको जमिनबाट आफ्नो सेना किन हटाउदैन ? किन केहि समयको लागि उपयोग गर्न दिएको जमिन छोड्दैन र उल्टै अन्य सिमानाहरू मिच्दै नेपाली भूमिमाथि अतिक्रमण गरि रहन्छ भारत ?

एउटै धर्म र संस्कृतिको अर्थ र महत्व के यही हो ? रोटी र बेटीको सम्बन्ध यस्तै हुन्छ ? झन् अर्को डरलाग्दो खुलासा एक भारतीय भूपु सैनिक जनरलले गरेका छन् । उनले नेपालमा माओवादीलाइ सहयोग गरेर र हिन्दुराष्ट्र हटाउन लगाएर भारतले ठूलो भुल गरेको छ भनेर ? यदी यो सत्य हो भने १७ हजार नेपाली मार्न÷मराउन भारत जिम्मेवार छ । एकमात्र हिन्दु राष्ट्र नेपाल हटाउन व्यापक हिन्दु समुदाय भएको भारत धर्म र संस्कार नभनि÷नहेरी आफ्नो स्वार्थ पूरा गर्नका लागि पर्नेरहेछ भन्ने देखिएको छ । के यो सत्य हो ? आफ्नो स्वार्थको लागि भारत–नेपाल र नेपालीमाथि जस्तोसुकै घात गर्न तयार हुँदोरहेछ ? यस्तो बेला नेपाल–भारतबीच भेषभुषा, भाषा, खाना र गानाको एक रूपताको औचित्य र महत्व के नै रह्यो र ? यी सबै भाइचारा र सामिप्यता त देखाउने र भन्ने मात्र रहेछ, व्यवहारमा त मिच्ने, थिच्ने र बिगार्ने सहज माध्यममात्र बनाएको रहेछ भारतले भन्ने प्रष्ट हुँदैन र ?

भारतका आजका शाषक, प्रशासक, दल र आम जनसमुदायले नेपालमाथि हुदै आएका यी थिचोमिचो र विस्तारवादी यी आचरण बदल्न मोदी सरकारलाइ सुझाब र दबाब दिनै पर्दछ । नेपालसँग रहेका सबै खाले समस्या हल गर्न प्रयत्न गर्नुपर्दछ । भारत छिमेकी देशसँग युद्ध र थिचोमिचो गर्ने गरी होइन आम भारतीय र भारतको बिकास र सम्वृदिको लागि छिमेकीहरूसँग सद्व्यवहार गरेर र असल सम्वन्ध बनाएर अगाडी बढ्नु पर्दछ । छिमेकीको जमिन लिएर आफू सुरक्षित बन्न खोज्ने होइन छिमेकीसँग मिलेर सुरक्षित बन्न खोज्ने हो । यो नै भारतको लागि सुरक्षित रहने उपाय हो । मित्र बनाएर सुरक्षित बन्न सकिन्छ । शत्रु बनाएर कोही सुरक्षित रहन सकिँदैन भनेर भारतले बुझ्न जरुरी छ ।
भारतले पाकिस्तान र बंगलादेश बन्ने आफ्नो जमिन र जनता गुमाएर नेपालको केहि हेक्टर जमिन मिचेर कब्जा गरेर बलियो र बिसाल हुन्छु अनि महान र बलवान भारत बन्छु भन्ने सोच र व्यवहार छाड्नुपर्छ । भाइरसले हरेक खाले मानव र मिसाइल कमजोर बनाइरहेको अवस्थामा भारतले नेपालको जमिन लिएर सुरक्षित बन्छु भन्नु गलत हो । नेपालको जमिन लिए मात्र चीनलाइ रोक्न र चीनसंग लड्न सक्छु भन्नु भारतले आजको युग र अवस्थालाइ नबुझ्नु हो । तथ्य, प्रमाण, इतिहास र संधी साक्षी छन् ।

कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको सिमाना भित्रपर्छ । सधैको लागि भाइचारा र असल सम्वन्ध बनाउन भारत सच्चिनु अनिवार्य छ । मिसाइल र भाइरसको युगमा ‘सानो देश र भूमि’ भनेर मिच्ने थिच्ने कार्य कसैले गर्नु हुँदैन, त्यसले सबैलाई ठूलो क्षति पुर्याउछ भन्ने बुझ्नै पर्छ । भारतले यही बुझेर नेपाल–भारत बिचको सिमाना समस्या समाधान गर्नुपर्दछ । होइन भने, एउटै धर्म, संस्कृति, समुदाय भनेर गर्व गर्ने र आफ्नो ठान्ने परम्परा तोड्नु पर्दछ । भारतले बुझोस्  उसका विरुद्ध नेपालले मिसाइल बोक्न र बनाउन कहिले नपरोस् । नेपाल यही चाहन्छ ।

वि.सं.२०७७ जेठ १८ आइतवार १४:२६ मा प्रकाशित

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

१ पृष्ठभूमि बौद्धिक वर्गलाई परम्परागत रूपमा जटिल मानसिक श्रममा संलग्न...

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

१. पृष्ठभूमि नेपाल तीनवटा संरचनात्मक आर्थिक सङ्कटहरू–खाद्य असुरक्षा, फराकिलो व्यापार...

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

१. पृष्ठभूमि राष्ट्रवाद र देशभक्ति बीचको मुख्य भिन्नता के हो...

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्र काश्मीर शैव दर्शन र कौल त्रिक परम्पराको एक...

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

"देवताले भक्तलाई चिन्नु पर्दैन, भक्तले मात्र देवतालाई चिन्नुपर्छ।" यो नियम...