back
CTIZAN AD

किसान र कृषि नचिनेको नेपालमा कृषि व्यवसायिकरणको कुरा

वि.सं.२०७७ जेठ १८ आइतवार

2.4K 

shares

लोकप्रिय नाराको रुपमा कृषिको व्यवसायिकरण गर्ने भन्ने सरकारको संयन्त्रले कसरी काम गर्छ भन्ने कुरा यो कोरोना लकडाउनमा प्रत्यक्ष भोगेका छन् कृषकले । निर्माण कार्यमा खुकुलो छ, व्यापारमा खुकुलो छ, ढुवानीमा खुकुलो छ ।  तर जेठ असारको महिनामा कृषिमा प्रबन्ध हेर्नुपर्ने, कृषिकर्म गर्नु वा गराउनु पर्ने कृषिसँग जोडिएकाहरुको बेकारमा रमाइलो गर्न भिड गर्ने मान्छ सरकारको संयन्त्र ।

नेपालको कृषि निर्वाहमुखी भयो यसलाई व्यवसायिक कृषि बनाउनु परेको छ भन्ने भनाई धेरैको निमित्त आकर्षक भएको छ । तर जमिन र कृषिकर्मसँग जोडिएकाहरु भने यस्ता चर्चाले थप त्रस्त हुनुपर्ने अवस्था भएको छ । धानको रुखको हाँगा कसरी छाँटने भनेर कृषकलाई सिकाउने राजनैतिक, आर्थिक, सामाजिक क्षेत्रका घडानहरुले अब कुन आतंक मच्चाउने हुन भन्ने पिरोलो हुन्छ ।

असार पन्द्रको परंपरागत महत्वलाई ओझेल पार्दै घोषणा गरिएको ‘धान दिवस’ विगतका केही बर्षदेखि कृषक र कृषिकर्मको खिल्लि उडाउने दिवसको रुपमा परिणत हुँदैछ। चाहे रोपारसँग छिल्लिने मन्त्री हुन वा वातानुकुलित कार्यकक्षमा गमलामा रोपिने धान होस् । गालभरी जमरा जस्तो गरेर धानको बिउको माला लगाएर भाषण गर्ने देख्दा होस वा प्लास्टिकमा टेकेर धानको बिउ रोपेको कर्मकाण्ड देखाउने शरम पचेकाहरु हुन् सबैले कृषक र कृषि उत्पादनसँग जोडिएकाहरुको अपमान गरेका छन् ।

लोकप्रिय नाराको रुपमा कृषिको व्यवसायिकीकरण गर्ने भन्ने सरकारको संयन्त्रले कसरी काम गर्छ भन्ने कुरा यो कोरोना लकडाउनमा प्रत्यक्ष भोगेका छन् कृषकले । निर्माण कार्यमा खुकुलो छ, व्यापारमा खुकुलो छ, ढुवानीमा खुकुलो छ ।  तर जेठ असारको महिनामा कृषिमा प्रबन्ध हेर्नुपर्ने, कृषिकर्म गर्नु वा गराउनु पर्ने कृषिसँग जोडिएकाहरुको बेकारमा रमाइलो गर्न भिड गर्ने मान्छ सरकारको संयन्त्र । अझ उ त किसान भनेको कछाड कसेको, ल्याप्चेछाप हान्ने अनि अधिकारीहरुसँग बोल्दा थुरथुर काम्ने हुन भन्ने अवधारणा बोकेर बसेको छ ।

कृषकको छोराछोरी, नातीनातिनी वा पनातीपनातिनी कोही होलान सरकार चलाउनेहरु सरकारी संयन्त्रका पुर्जाहरु अनि टाई कसेर विद्वान हुनेहरु । यी मध्ये कसैको पनि ध्यानमा आएको छैन कि कृषिकर्म निश्चित दिनहरुमा गरिसक्नु पर्छ नत्र मेहेनत लगानी सबै व्यर्थ हुन्छ । त्यसैले धानको रुख हुँदैन भन्ने कुरासम्म पनि सम्झाउनु पर्ने अवस्थामा छ, नेपालको कृषि । न किसान चिनेका छन् न कृषिकर्म अनि कोही भन्छन्– ‘सानो सुन्दर हुन्छ, त्यसैले एक हेक्टर एक परिवारलाई काफी हुन्छ ।

अर्को थरी भन्छन् सानो जग्गामा उत्पादन कम हुन्छ त्यसैले व्यवसायिक कृषिलाई ठूलो क्षेत्रफल चाहिन्छ । त्यो ठूलो क्षेत्रफल सम्हाल्न किसानले सक्दैन त्यसैले कि सरकार, कि सहकारी, कि उद्योगपति चाहिन्छ ।  व्यवसाय वा उद्योग भन्ने बित्तिकै त्यहाँ श्रम गर्ने मजदुर वा कर्मचारी मात्र हुन्नन भन्ने वास्तविकता स्विकार गर्न सक्दैनन ।

एक बिरामी उद्योग वा व्यवसायलाई सहायता गरेर खडा गर्न पर्छ भन्नेहरु बाँझो भएको जमिनलाई कुन कठिनाइले त्यो बाँझो भयो भनेर खोज्न र सहायता गर्न भन्दा त्यसलाई दण्डित गर्नुपर्छ भन्ने अपराधिक भन्न सकिने सोच राख्छन् । यस्ता सोच राख्नेहरुको तर्क हुने गर्दछ जमिन सम्पति हैन प्राकृतिक श्रोत हो । तर उनिहरुले भुलेको कुरा के हो भने भौगोलिक क्षेत्राधिकार प्राणीहरुको पहिलो सम्पत्ति हो ।

सबै प्राणी आफ्नो क्षेत्राधिकार भएको भुगोलसँग जोडिएका हुन्छन, त्यसको भोगचलन गर्दछन् र त्यो अधिकारको रक्षा पनि गर्दछन् । यदि यो सत्य हैन भने वर्षमा आठ दस महिना जनशुन्य रहने इलाकामा अर्को मुलुकले दाबी गर्‌यो भनेर किन राष्ट्र उद्वेलित हुन्छ ?

यदि जग्गा जमिन प्राकृतिक श्रोतमात्र हो र त्यसमा कुनै किसिमको स्वामित्व श्रृजना हुन्न भने मुलुकहरुका सीमा हुने थिएनन् । सिमा रक्षाको निमित्त सपुतहरुले प्राण त्याग्दैन थिए । यो प्राणीको प्राथमिक स्वभाव हो कि यस्ता भौगोलिक क्षेत्राधिकार पहिले व्यक्ति त्यसपछि गाँउटोल अनि समाज र अन्तमा राष्ट्रको रुपमा प्रकट हुन्छ ।

कृषिलाई व्यवसायिक बनाउने इमान्दार सोच हो भने पहिले कृषिकर्ममा पनि व्यवसायमा हुने अवयवहरुको अस्तित्व स्विकार गर्नुपर्ने हुन्छ । यसका निमित्त कृषकको पुरानो अवधारणाको परिभाषा बदलिनु पर्दछ । यसका पनि पुँजी हुन्छ, व्यवस्थापन हुन्छ, बजार अध्ययन हुन्छ, बिक्री कौशल हुन्छ अनि उत्पादनमा लाग्ने श्रम त हुने नै भयो । जबसम्म यी पुरा अवयवहरुलाई स्विकार नगरेर केवल उत्पादनलाई मात्र कृषि भनिन्छ त्यसले बाँडने भनेको गरिबी नै हो ।

अन्य सबै कुराको जिम्मा सरकार, सहकारी, उद्योगी आदिलाई दिएर उत्पादन मात्र कृषि हो भन्ने सोच लिने हो भने न कृषिको भलो हुन्छ न मुलुकको नै । तर नाराले समृद्धिको कुरा गरेर गरिबी बाँड्दा धेरैको राजनीति चम्केको छ ।  यदि गरिबी नै रहेन भने कुन भावना बेचेर सत्ता र शक्ति प्राप्त गर्ने हो ? यदि यो कुरा हैन भने व्यवसायिक भनेपछि व्यवसायमा हुने सबै अंग मिलाएर मात्र व्यवसाय हुन्छ भन्ने चेत पलाउनै पर्छ ।

(कार्कीको फेसबुकबाट)

वि.सं.२०७७ जेठ १८ आइतवार १४:२१ मा प्रकाशित

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

१ पृष्ठभूमि बौद्धिक वर्गलाई परम्परागत रूपमा जटिल मानसिक श्रममा संलग्न...

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

१. पृष्ठभूमि नेपाल तीनवटा संरचनात्मक आर्थिक सङ्कटहरू–खाद्य असुरक्षा, फराकिलो व्यापार...

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

१. पृष्ठभूमि राष्ट्रवाद र देशभक्ति बीचको मुख्य भिन्नता के हो...

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्र काश्मीर शैव दर्शन र कौल त्रिक परम्पराको एक...

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

"देवताले भक्तलाई चिन्नु पर्दैन, भक्तले मात्र देवतालाई चिन्नुपर्छ।" यो नियम...