
वर्गीय मुक्तिसँगै जातीयमुक्ति सुनिश्चित गरिनेछ भन्ने माओवादी नीति भित्र दलित समुदाय निसंदेह संगठित भए । उनीहरूले पार्टी र नेतृत्वले दिएको हरेक जिम्मेवारी इमानदारीता एवम् साहसिक ढंगले पुरा गरिदिएका छन् । आफ्नो हिस्सामा परेको बलिदानीको कोटासमेत चुक्ता गरेका छन् । जनयुद्धको समयमा रुकुम जिल्लामा मात्रै दलित समुदायका पाँच सय भन्दा बढी मानिसहरूले आफ्नो अमुल्य जीवनको बलिदान गरेका छन् भने जाजरकोटमा पनि त्यस्तै ठूलो संख्या छ । जनयुद्धको उद्गमस्थल भनेर चिनिएको रुकुम जिल्लामै भएको यो नरसंहारले धेरै प्रश्नहरु उठेका छन् । जातीय विभेद अन्त्य गर्ने जनयुद्धको नारा अन्ततः नारामै सिमित हुन पुगेको देखिन्छ । राजनीतिमा देखीएको व्यक्तिवाद, समाजमा हुने गरेको ठालुवाद र संस्कारमा देखिएको परीवारवादका वरीपरीबाट हेर्दा मुख्य नेताहरुदेखी तलसम्म रुपान्तरण नभएको प्रष्ट भएको छ ।
प्राणीको जीवनमा कुनै सुन्दर वस्तु छ भने त्यो प्रेम नै हो । प्रेम बिना सबै कुरा बेकार छन् । पहिले हामी आफैलाई प्रेम गर्छाैं, सँगै अरुलाई पनि । प्रेमको उल्टो घृणा हो । घृणा त्यहिँ हुन्छ, जहाँ प्रेम हुँदैन, हुनुहुँदैन । प्रेम लगाब हो, यो असीमित छ, निःस्वार्थ बाँड्न सके समाज सुन्दर हुन्छ ।
बिडम्बना प्रेम भन्ने बित्तिकै पुरुष र स्त्री बिचको यौन तृप्तीलाई मात्रै बुझ्नेहरुको निकै बिगबिगी छ । पिपाशुहरुले नवराज र सुष्मा बीचको गाढा प्रेमलाई भेरी नदिमा बग्न बाध्य बनाए । एउटी आमाको काख सधैंलाई रित्तो बनाइदिए । बुढेसकालको सहारा गुमेको छ, राष्ट्रले एउटा खेलप्रेमी, राष्ट्रप्रेमी होनहार युवा नागरिक गुमाएको छ । दलित जातिमाथी यस्ता धेरै विभेदका घटना घटिसकेका छन् । पछिल्लो समयमा जाजरकोट, भेरी गाउँपालिका राना गाउँका नवराज विक र रुकुम, चौरजहारी गाउँपालिका सोतीवासी सुष्मा मल्लका बिचको प्रेम सम्बन्धले निम्त्याएको जघन्य नरसंहार कहालीलाग्दो छ । नवराज र उनका पाँच साथीहरुको हत्या भएको छ । यही जेठ दस गते रुकुममा घटेको यो घटनाको मुख्य कारण जातीय असमानता र सहायक कारण वर्गीय असमानता नै हो, घटनाले यही पुष्टि गर्दछ ।
मान्छे मान्छे एउटै हो नि, फरक किन हो
श्रम चल्छ, सीप चल्छ पानी नचल्ने भो
कुकुर समेत भित्र बस्दा हामीलाई किन बाहिर राख्ने…..।
यीनै गीतका लाइनमा सृजनाका स्रोत मेहनती र पौरखी दलितहरुको पिडा र मर्म भेटिन्छ । कुकुरलाई घर भित्र बास बसाउन सक्ने तर मान्छेलाई छोइछिटो गर्ने असभ्य कथित एउटा मानव समूहले जेठको दस गते एकाएक नवराजहरुको ज्यान लिएको छ । विनाकारण ६ जना युवाले मानव जीवन गुमाउन पुगेका छन् । योजनाबद्ध तरिकाले युवाहरूलाई मारिएको र भेरी नदीमा फालिएको क्रूर बीभत्स यो घटनाले राजनैतिक परिवर्तनको पनि उपहास भएको छ । अन्तर्राष्ट्रिय मानव जातिको लक्ष्यलाई तुहाउँदै भयानक षड्यन्त्रको पर्दाफास भएको छ । गम्भीर चुनौती थपिएको छ । सामाजिक सञ्जालमा ‘जातीय कारणले घटना भएको होइन हाम्रो परिवारका सदस्यहरु दलितसँग सम्बन्धमा छन्’ जस्ता कुरासँग सहमत हुन सक्ने अवस्था छैन ।
कस्तो धर्म ? सुनारले बनाएका सुनका गहना पानी खाएर चोखिने, कामीले बनाएको आम्खोराले देवी देवता, पितृलाई जल चढ्ने, तिनैले बनाएका तामे ताउलीमा पकाएको खिर डल्लो पारेर पितृलाई भोजन गराउने, सार्कीले बनाएको नारा जोतारा, जुत्ता काम लाग्ने, दमाईले सिलाएको कपडाले न्वारन, भात ख्वाई, विवाह, ब्रतबन्ध सबै हुने, तिनले बनाएको भाडा लगायत असंख्य कृषि उपकरण प्रयोग गर्न हुने, अस्पतालमा तिनको रगत छुत हुने तर छोएको पानी छुत नहुने यो भन्दा ठूलो धोका केही हुन सक्दैन । यो नियोजित दमन सहनु पनि आत्मसमर्पण हो ।
विश्वमा हुने सबै खालको घटना परिघटनालाई आफ्नो पक्ष वा विपक्षमा कैद गर्न सक्ने चेतनशील प्राणी मानव जाती हो । न्याय र अन्याय, फाइदा र बेफाइदाका बारे चेतनाको प्रयोग गर्न सक्ने मानव मध्यकै एउटा दुष्ट समूहले घटाएको उक्त घटना क्षम्य छैन ।
कोभिड–१९ नामक भाईरसले सिङ्गो मानव जातिलाई अछुत बनाएको छ । हाम्रा पारिवारिक, सामाजिक सम्बन्ध बेकम्मा सावित भैसकेका छन् । धर्म, संस्कृती, परम्परा, राजनीति, जाति, समुदाय पनि मानव जातिको रक्षक बन्ने सम्भावना देखिदैन । हरेक मानिसलाई कसरी आफू जिवित रहन सकिन्छ भन्ने ठूलो चिन्ता परेको छ । भाईरसको विश्वव्यापी महामारी र मानव जातिकै अस्तित्व संकटमा परेको बेला नेपालमा जातिमा आधारित यस्तो जघन्य नरसंहार हुनु दुखद् र लज्जास्पद कुरा भएको छ ।
समाजको विकासक्रमसँगै कामका आधारमा जातको विभाजन गरिएको हो । कालान्तरमा शासकहरुले यसको अपव्याख्या गर्दै मानव जातिको उछितो नै काढ्नुसम्म काढे । मान्छे मान्छेलाई नै अछुत बनाए । विभेदको पराकाष्ठा वृद्धि हुँदै गयो । फेरि अर्काथरीले यसैलाई पनि राजनीतिक मुद्दा बनाए । हिन्दु, सामान्ती एकाधिकार राजतन्त्रात्मक व्यवस्था फालेपछि आएको गणतन्त्रले पनि दलितमाथि अमानवीय व्यवहार गरेको छ । यो समुदायलाई एक मानवको दर्जा दिलाउनु अझै गाहो भैरहेको छ । मानव अधिकारको सुनिश्चितता गर्ने मुद्धालाई नेपालका धेरै राजनैतिक दलले बिर्सेका थिएनन् र छैनन पनि । राणाकालदेखी बहुदलीय व्यवस्थासम्म आईपुग्दा पनि दलित समुदायमाथि राज्यले न्याय गरेन । दलितको समस्या चुनावी मसलामा प्रयोग भैरहयो ।
राजनीतिले दलित भित्र फुट ल्याएको छ । दलितमाथि अन्याय हुँदा दलितको मन जसरी दुख्नुपर्ने हुन्छ त्यसरी दुखेको देखिदैन । नवराजकै घटना पनि राजनीतिकरण हुने प्रवल सम्भावना छ । दोषी जुनसुकै आस्थाको भएपनि राजनैतिक संरक्षण गरिनुहुँदैन । दलित वा धेरै गैरदलितको एउटै आवाज छ । यदि राजनैतिक ढाकछोप हुनसक्ने अवस्था नेतृत्वले सिर्जना ग¥यो भने यो अवस्थामा नवराजहरुले न्याय पाउने सम्भावना रहँदैन । मानवताविरोधि बर्बर रुकुम घटनाले धेरै गैरदलितको दील भक्कानिएको छ, तर निर्णायक भूमिका उत्पिडित र पीडितको नै हुने कुरामा कुनै शंका छैन् ।
बहुदलीय व्यवस्थाले दलितप्रति देखाएको उदासिनतालाई तत्कालीन माओवादी पार्टीले राम्रोसँग उपयोग गरेको प्रष्ट छ । वर्र्गीय मुक्तिसँगै जातीयमुक्ति सुनिश्चित गरिनेछ भन्ने माओवादी नीति भित्र दलित समुदाय निसंदेह संगठित भए । उनीहरूले पार्टी र नेतृत्वले दिएको हरेक जिम्मेवारी इमानदारीता एवम् साहसिक ढंगले पुरा गरिदिएका छन् । आफ्नो हिस्सामा परेको बलिदानीको कोटासमेत चुक्ता गरेका छन् । जनयुद्धको समयमा रुकुम जिल्लामा मात्रै दलित समुदायका पाँच सय भन्दा बढी मानिसहरूले आफ्नो अमुल्य जीवनको बलिदान गरेका छन् भने जाजरकोटमा पनि त्यस्तै ठूलो संख्या छ । जनयुद्धको उद्गमस्थल भनेर चिनिएको रुकुम जिल्लामै भएको यो नरसंहारले धेरै प्रश्नहरु उठेका छन् । जातीय विभेद अन्त्य गर्ने जनयुद्धको नारा अन्ततः नारामै सिमित हुन पुगेको देखिन्छ । राजनीतिमा देखीएको व्यक्तिवाद, समाजमा हुने गरेको ठालुवाद र संस्कारमा देखिएको परीवारवादका वरीपरीबाट हेर्दा मुख्य नेताहरुदेखी तलसम्म रुपान्तरण नभएको प्रष्ट भएको छ ।
देश यतिबेला जनयुद्धको बलमा स्थापित संघीय गणतन्त्रात्मक व्यवस्थामा छ । कुरा यतिमा मात्रै सिमित रहेन, राष्ट्रकै लागि प्रभावशाली मानिने सोही क्षेत्रका माओवादी नेताहरु जनार्दन शर्मा र शक्ति वस्नेतहरु गृहमन्त्री समेत बनिसकेका हुन् । यो घटनाले शहीदले बगाएको रगतको जवाफ खोजिरहेको छ, संघीय गणतन्त्रात्मक व्यवस्थामा पनि नवराज विकहरुलाई जातीयताकै कारण आततायी ढंगले हत्या गरि भेरी नदिमा फ्याँकिनु पर्ने हो भने जनयुद्ध, जनआन्दोलनहरुमा दलितको सहभागीता अनि बलिदानी के का लागि थियो ?, राजतन्त्रको सट्टा गणतन्त्र कस्का लागि थियो ? रुकुमले आजका दिनमा यस्तै अनगिन्ती प्रश्नको जवाफ मागिरहेछ ।
एक्काइसौं शताब्दीमा पनि मानवजाति माथि गरिने विभेदहरु कायमै छन् । अरुको तुलनामा कथित दलितहरुले मान्छेको दर्जासमेत नपाउनु हदैसम्मको अमानवीय व्यवहार हो । यो के को सजाय होला ? हाम्रो मनमा यो प्रश्न अनुत्तरित नै छ । समाजले दिएको उत्तर चित्त बुझ्दो छैन । भनिन्छ धर्म, संस्कृती र जात परम्परा यसका कारण हुन् । कस्तो धर्म ? सुनारले बनाएका सुनका गहना पानी खाएर चोखिने, कामीले बनाएको आम्खोराले देवी देवता, पितृलाई जल चढ्ने, तिनैले बनाएका तामे ताउलीमा पकाएको खिर डल्लो पारेर पितृलाई भोजन गराउने, सार्कीले बनाएको नारा जोतारा, जुत्ता काम लाग्ने, दमाईले सिलाएको कपडाले न्वारन, भात ख्वाई, विवाह, ब्रतबन्ध सबै हुने, तिनले बनाएको भाडा लगायत असंख्य कृषि उपकरण प्रयोग गर्न हुने, अस्पतालमा तिनको रगत छुत हुने तर छोएको पानी छुत नहुने यो भन्दा ठूलो धोका केही हुन सक्दैन । यो नियोजित दमन सहनु पनि आत्मसमर्पण हो ।
यहाँनेर कथित दलित अगुवाहरुको कमजोरी पनि सम्झन लायक छ । जबसम्म दलितले यथास्थितिवादी राजनैतिक आवरण भित्र बसेर दलित अधिकारको कुरा गर्छन्, दलितको नाममा डलरको खेती गर्छन्, सिमित दलित कोटामै रमाउँछन्, पद त्याग गर्न सक्दैनन्, दुःखका साथ भन्नुपर्छ हजारौं बर्ष पर्खे पनि यो विभेदको अन्त्य हुन सक्दैन । यो समुदाय कुनै पार्टीको कार्यकर्ता हुनुभन्दा पहिले मानव बन्नुपर्छ । वास्तवमा रुकुमको घटनाले सम्पूर्ण दलित माननीयहरुको सामूहिक राजीनामा माग गरेको छ, यो हिम्मतले मात्रै दलितहरुमा शक्ति पैदा गर्न सक्छ र सम्पूर्ण मानवमुक्तिको मानवतावादी आन्दोलनले सार्थक रुप ग्रहण गर्नेछ । राजनीतिले दलित भित्र फुट ल्याएको छ । दलितमाथि अन्याय हुँदा दलितको मन जसरी दुख्नुपर्ने हुन्छ त्यसरी दुखेको देखिदैन । नवराजकै घटना पनि राजनीतिकरण हुने प्रवल सम्भावना छ । दोषी जुनसुकै आस्थाको भएपनि राजनैतिक संरक्षण गरिनुहुँदैन । दलित वा धेरै गैरदलितको एउटै आवाज छ । यदि राजनैतिक ढाकछोप हुनसक्ने अवस्था नेतृत्वले सिर्जना ग¥यो भने यो अवस्थामा नवराजहरुले न्याय पाउने सम्भावना रहँदैन । मानवताविरोधि बर्बर रुकुम घटनाले धेरै गैरदलितको दील भक्कानिएको छ, तर निर्णायक भूमिका उत्पिडित र पीडितको नै हुने कुरामा कुनै शंका छैन् ।
प्रकृतिको कारण उत्पन्न हुने कोभिड लगायतका हजारौं महामारीको लडाइँ लड्नु छ, प्रकृतिको संरक्षणका साथमा मानव सभ्यताको रक्षा गर्नुछ । मान्छेका बीचको हरेक लडाइँ अन्त्य गर्नुछ । हामीले अन्त्य गर्नेछौ, नरसंहारकारी संस्कृतिको, यही प्रतिबद्धतासहित हार्दिक श्रद्धाञ्जली नवराज विक र उनीसँगैै जीवन गुमाएका सम्पूर्णमा ।
(लेखक : शहिद परीवार हुन् ।)