
२३ जेठ, काठमाडौं । गत वैशाख ७ गतेबाट सुरु भएर बिहिबार अनिस्चित कालसम्मको लागि स्थगित भएको कोरोना बीमा पूनः सूचारु गर्न बीमा समितिले निर्देशन दिएको छ । बिहिबार मात्र बीमा समितिले शुक्रबारबाट लाग हुने गरि केहि समयका लागि कोरोना बीमाको पोलेसि बिक्रि स्थगित गर्न निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको थियो ।
बीमा समितिले जारी गरेको बिज्ञप्तिमा भनिएको छ, “२०७७ जेठ २३ गते देखि केहि समयका लागि स्थगित गरिएकोमा साबिक कै बीमालेख आज कै मिति देखि लागू हुने गरि पून सुचारु गर्नु हुन सबै निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन गरिएको छ । ”
साथै अब गरिने कोरोना बीमाले २०७७चैत्र मसान्तसम्म मात्र जोखि बहन गर्ने गरि पोलेसि बिक्रि गर्न बीमा समितिले निर्देशन गरेको छ ।