back
CTIZAN AD

सन्दभ विश्व वातावरण दिवस : वातावरणीय सन्तुलनमा शताब्दिकै उत्कृष्ठ बर्ष ‘२०२०’

वि.सं.२०७७ जेठ २३ शुक्रवार

1.8K 

shares

आफ्नो लाभ अनि स्वार्थका लागि पृथ्वीको अनियन्त्रित दोहन गर्दै आएका तँपाई हामि मानव प्राणी मात्र थियौं । पृथ्वीका समग्र ४० लाख प्राणीहरु मध्ये मानव प्राणिको अधिनमा रहेको यो विश्व आज एक बौद्धिक मानवको वस भन्दा बाहिर पुगेको छ । यसर्थ यो धर्ति संरक्षित बन्दै गएको छ । कोलाहल, प्रदुषणले ग्रसित शहरी क्षेत्रहरु सुनसान बन्दै चराचुरिङ्गीको आवाजमा गुञ्जिएमान भएका छन् । प्रकृतिका आधारभुत पञ्चतत्व रुपान्तरित हुन रोकिएको छ । प्रकृतिप्रेमि र वातावरण संरक्षणमा आवाज उठाउने अभियन्ताहरुको लागि यो भन्दा खुशिको क्षण अरु के हुन सक्छ र ?


आज विश्व जगत कोरोना संक्रमण जस्तो जटिल समस्यासँग लडिरहेको अवस्थामा यहाँको माटो, कृषि भुमि, जलाधार क्षेत्र, सिमसार क्षेत्र, नदिनाला, तटवन्धन, वनजंगल क्षेत्रको संरक्षण स्वतः बढेको छ । कति मानिसहरुको रोजगारी गुमिसेकेको अहिलेको अवस्थामा धेरै नेपालीहरु कृषि पेशालाई अनुसरण गरेका छन् । यो कोरोना भाईरस संक्रमणले पढाएको एक गतिलो पाठ हो ।

सन् १९७३ देखि विश्वभर प्रत्येक बर्ष जुन ५ तारिखको दिन मनाउँदै आईरहेको विश्व वातावरण दिवसमा हरेक बर्ष एक उद्देश्य लिइएको हुन्छ । वातावरण तथा पर्यावरणका अवयहरुलाई संरक्षण, व्यवस्थापन र प्रवद्र्धन गर्ने उद्देध्यले शुरु गरिएको यो दिवस सन् १९७२ मा संयुक्त राष्ट्रसघंबाट स्थापना भएको हो । पृथ्वीको गोलाद्र्धमा रहेका सम्पूर्ण मानवजातिहरुलाई प्राकृतिक स्रोत र वातावरणमा सम्बन्धि चेतना जागृत गर्ने उद्देश्यले यस विश्व वातावरण दिवसको स्थापना भएको हो । हरेक बर्ष एक नारा दिइ पर्यावरणीय सुधारमा अगाडि बढिरहेको वातावरण दिवसमा गतबर्ष वायु प्रदुषण जस्तो सम्वेदनशिल कुरालाई नारा दिइएको थियो भने यस बर्ष अर्थात सन् २०२० मा ूप्रकृतिको लागि समयू भन्ने नारा दिईएको छ ।

यस बर्षको सुरुवात सँगै जनवरी १० मा छिमेकि देश चिनको हुवान प्रान्तबाट फैलिएको कोरोना भाईरस ९ऋइख्क्ष्म् ( ज्ञढ० को कारण आजसम्म विश्वमा करिब ३ लाख ९३ हजार भन्दा बढि मानिसको मृत्यु भएको छ भने करिब ६७ लाख मानिस प्रभावित भईसकेका छन् । यो क्रम निरन्तर बढ्दो अवस्थामा छ । पछिल्लो केहि दिनमा भारत लगाएत एशियाका अन्य मुलकमा तिब्र गतिमा फैलिएको यस भाईरसको संक्रमणले नेपालमा पनि २६ सय भन्दा बढिको संंख्या पुगिसकेको छ । त्यस्तै १० जनाको मृत्यु भईसकेको छ । डरलाग्दो रुपमा फैलिएको यस संक्रमित भाईरसले शुरुका दिनहरुमा विकसित देशहरुलाई प्रभावित बनाएको थियो भने अहिले विकासोन्मुख र अविकसित देशहरुमा संक्रमणको दर फैलदो अवस्थामा छ । अहिलेको यो संक्रमणको सुचना र अवस्था सम्बन्धि हरेक नेपाली जानकार छ । यदि यो समस्या छिटै समाधान नभएमा समस्या झन् अन्योल र जटिल बन्न सक्ने अनुमान सजिलै गर्न सकिन्छ ।

भयावक रुपमा फैलिरहेको यो संक्रमणलाई रोक्नको लागि विश्वका धेरै राष्ट्रहरुले लकडाउनको घोषणा गरेका छन, आफ्नो देशको सिमा नाकाहरु बन्द गरेका छन्, देश भित्र पनि एक ठाउँबाट अर्को ठाउँमा जान रोक लगाईएको छ । यातायात र हवाईसेवा ठप्प पारिएका छन् । प्रति घण्टा औषत २५० के.जि. कार्वन उत्सर्जन गर्ने दशौं लाख विमानका करोडौं यात्रुहरु अहिले लगभग शुन्य अवस्थामा छन् । त्यस्तै अधिकांस उद्योग, कलकारखानाहरु प्राय ठप्प छन् । विश्व अर्थतन्त्रमा ठूलो असर परेको अहिलेको विश्वका अधिकांस मानिस सामाजिक दुरि कायम गर्दै पिंजडामा जस्तै घरमा थुनिएर बस्न वाध्य भएका छन् । यो संक्रमणकालिन समय कति लम्बिने हो संसारभर अनिश्चिता बढिरहेको छ । अन्योल छाएको छ । विज्ञान र प्रविधिको आविष्कारमा दंग परेका मानव समुदायहरुको जिवन भोलिका दिनहरुमा कता तर्फ लाग्ने हो यो संक्रमणले झन् अन्योल छाएको छ । त्यस्तै यस पृथ्वीका ४० लाख प्राणीमध्ये मानव नै पहिलो जोखिममा पर्ने निश्चिता देखिएको छ ।

प्रकृतिका आधारभूत पञ्चतत्व, जल, माटो, वायु, आकाश र आगो यस पृथ्विलाई सन्तुलन कायम राख्ने र असंख्य जीवन प्रतिपादन गर्ने कारक हुन् । यी पञ्च तत्व नत सृजित छन् नत नष्ट नै, यी त केवल रुपान्तरित मात्र हुन्छन् । मानव सभ्यताको विकासक्रममा लाखौ वर्षको इतिहासमा असीमित बौद्धिक क्षमताको कारण आफ्नो परिवर्तन सँगै प्रकृतिमा हुने गरेका असन्तुलित क्रियाकलाप पनि हामि मानवले दिन प्रतिदिन बढाउँदै गएका छौँ । आफ्नो लाभ अनि स्वार्थका लागि पृथ्वीको अनियन्त्रित दोहन गर्दै आएका तँपाई हामि मानव प्राणी मात्र थियौं । पृथ्वीका समग्र ४० लाख प्राणीहरु मध्ये मानव प्राणिको अधिनमा रहेको यो विश्व आज एक बौद्धिक मानवको वस भन्दा बाहिर पुगेको छ । यसर्थ यो धर्ति संरक्षित बन्दै गएको छ । कोलाहल, प्रदुषणले ग्रसित शहरी क्षेत्रहरु सुनसान बन्दै चराचुरिङ्गीको आवाजमा गुञ्जिएमान भएका छन् । प्रकृतिका आधारभुत पञ्चतत्व रुपान्तरित हुन रोकिएको छ । प्रकृतिप्रेमि र वातावरण संरक्षणमा आवाज उठाउने अभियन्ताहरुको लागि यो भन्दा खुशिको क्षण अरु के हुन सक्छ र ?

पृथ्वीको बाहिरि आवरणमा करिब १५ देखि ३५ किलोमिटर दुरिमा घेरिएको ओजन तहको भाग पछिल्लो २ शताब्दि यता क्षयिकरण बन्दै गएको थियो । यस समय अन्तरालमा वायुमण्डलमा कार्वनडाईअक्साईड ग्याँसको मात्रा २५० एएः बाट बढेर ४०० एएः नाघिसेको छ । वनफँडानी, भू–क्षय, जमीन उपभोगमा फेरबदल, औद्योगीकरण, जमिनको क्षयिकरण, खनिज ईन्धनको कारण वायुमण्डलमा कार्बनडाईअक्साई ग्यासँको उत्सर्जन वृद्धि गराउने प्रमुख कारणहरु हुन् । यस्तो क्रियाकलापले हरितगृह ग्याँसको तापक्रम वृद्धि भई ओजन तहमा नकारात्मक असर पार्ने प्रमुख कारण हुन् । यस्ता गतिविधिले समग्र पृथ्वीको धरातलिय तापक्रम बढ्दै गएको छ । पछिल्लो ६ महिना यता कोरोना संक्रमणले एकातिर विश्वका राष्ट्रहरु आगामी दिनमा आउने अर्थतन्त्रको गिरावटले चिन्तित पारिरहेको छ भने अर्को तर्फ ओजन तहमा क्षति घटेर पुर्नस्थापना हुन मद्दत पुगेको छ । विश्व समुदायले वातावरण संरक्षणमा गरेको लगानी गरेको रकम अनुसार यो तुलना गर्दा सान्दर्भिक हुनसक्छ । किनभने अहिलेको परिवेशमा पृथ्वी र धर्तिले जितेको समय भन्दा अनुपयुक्त नहोला ।

नेपाल जस्तो विकासोन्मुख देशमा वातावरण तथा पर्यावरण भन्दापनि पोषण, दिनचर्या, जिविकोपार्जनको ठुलो महत्व छ । तथापी घनावस्ती भएका राजधानी काठमाडौं सँगै नेपालका प्रमुख शहरहरुको प्रदुषण न्युनिकरण भएको छ । वातावरण तथा पर्यावरण र मानव स्वास्थ्यको हितमा भएको यो योगदान शताब्दिकै उत्कृष्ठ बर्ष हुनुसक्छ । त्यस्तै प्रकृति र विपत्तीसँग जुधेर नसकिने उदाहरण अहिलेको यस कोरोना भाईरस जलन्त उदाहरण हो ।

जब पर्यावरणको कुरा आउँछ तबमात्र हामी संरक्षणको कुरा गछौं । हामीले कृषिभूमि, पोषण, स्वास्थ्य र पर्यावरण यी चार चिजलाई अलग रुपमा हेरिरहेका छौं । यो बुझाई सरासर गलत हो । वातावरण हाम्रो सभ्यता, संस्कृति र हामीले गर्ने दैनिक क्रियाकलापमा निर्भर रहेको हुन्छ । हामी मानवको जीवन करिब ८० प्रतिशत माटोमा अर्थात कृषिमा आश्रित छौं । यसर्थ हाम्रो वरिपरिको वातावरणमा रहेको कृषिभूमी, आहार तथा पोषण र यसले हाम्रो स्वास्थ्यमा पार्ने प्रभाव र दैनिक क्रियाकलाप नै पर्यावरण तथा वातावरण हो ।

विज्ञानको खोज र अनुसन्धानको पछि दौडिरहेको अहिलेको पुस्ताले खेती जस्तो पुण्य कर्मलाई समस्याको रुपमा देखिरहेको छ । त्यसकारण देशको कृषियोग्य धर्ति बाँझो बन्दै गएको छ । सभ्यताको विकासका क्रममा मानिसले कृषी पेशालाई अँगालेको पनि १० हजार वर्ष पुगिसकेको छ । तर विडम्बना मानव ईतिहासको पहिलो पेशा कृषिबाट शुरु भएको सभ्यता आज कृषकहरुनै बैकल्पिक रुपमा बाँच्ने आधार खोजिरहेका छन् । उनिहरुले आफ्नो कृषि पेशामा आफ्ना सन्तानको भविष्य देख्न छाडिसकेका छन् । हामिले खाने गाँस जिवनको प्रमुख आवश्यकतालाई विर्सिएर कृषिलाई वाध्यात्मक पेशाको रुपमा सोचिरहेका छौं । यो समयमा विश्वका युवाहरु आफ्नो जिवनलाई कृषि पेशामा सर्मपण गर्ने कमै भेटिन्छन् । नेपाल जस्तो अविकसित देशमा लगभग शुन्य बरावर छ । यहाँका अविभावकहरु आफ्ना सन्तानलाई कृषि पेशामा अभिरुचि गरेको देख्न चाहँदैनन् । कृषिलाई जिविकोपार्जनको रुपमा मात्र सिमीत सोचेका अहिलको पुस्ताले कृषि पेशालाई समस्याको रुपमा देखिरहेका छन् ।

आज विश्व जगत कोरोना संक्रमण जस्तो जटिल समस्यासँग लडिरहेको अवस्थामा यहाँको माटो, कृषि भुमि, जलाधार क्षेत्र, सिमसार क्षेत्र, नदिनाला, तटवन्धन, वनजंगल क्षेत्रको संरक्षण स्वतः बढेको छ । कति मानिसहरुको रोजगारी गुमिसेकेको अहिलेको अवस्थामा धेरै नेपालीहरु कृषि पेशालाई अनुसरण गरेका छन् । यो कोरोना भाईरस संक्रमणले पढाएको एक गतिलो पाठ हो । निर्भरता र असहज परिस्थितिमा मानिसको जिवनयापन गुज्रिन अपरिहार्य चिज कृषि पेशालाई हेर्ने दृष्टिकोणमा फरक पाईएको छ । त्यस्तै शिक्षा र स्थास्थ्य, रोजगारिको नाउँमा ग्रामिण भागबाट शहरमा हुने बसाई सराईले अहिलेको यो संक्रमणको लामो समयमा कोठामा थुनिएर बस्नुको पिडाले शहरी जिवन आन्नदित हैन कष्टकर रहेछ भन्ने कुरा अनुभुति भएको छ । क्षणिक स्वार्थलाई प्राथिमिकता दिईरहेका मानिसले आफ्नो परिवारलाई दिर्घकालिन रुपमा कसरी अगाडि बढाउने बारेमा चिन्तन गरिरहेका छन् । विगतमा व्यस्तताको कारण आफ्नो व्यक्तिगत स्वार्थ, दिनचर्यामा तल्लीन स्वास्थ्य र पोषणलाई सर्वश्रेष्ठता ठानेका छन् । यो कोरोना संक्रमणको समयमा प्रकृतिका लागि समय भन्ने विश्व वातावरणको २०२० को नारा हामी नेपालीहरुको लागि कृषिभूमि उपयुक्त हुन सक्दछ ।

विश्व स्वास्थ्य संगठन अनुसार हरेक दिन विश्वमा हृदयघातबाट ४८,७४२ जना, क्यान्सरबाट २६१८१ जना सहित अन्य रोगबाट दैनिकी औषत एक लाख पचास हजार व्यक्तिको मृत्यु हुने गर्दछ यसको तुलनामा कोरोना भाईरसको संक्रमणले भएको मृत्यु न्यून हो । तथापी कोरोना भाईरस जटिलता तर्फ बढिरहेको र भयावक संक्रमण हुँदै गएकोले यसबाट सुरक्षित हुन अति आवश्यक छ । त्यसैले यो समयमा मानव स्वास्थ्यमा तुलनात्मक रुपमा सकारात्मक अवस्था सिर्जना भएको छ । विभन्नि समस्या, खाद्यान्न अभाव, भोकमरी जस्ता जटिल समस्या बढिरहेका छन् । यो सुनौलो मौकामा यहाँका सिमित स्रोत र साधनको न्यायोचित ब्यस्थापन र कृषि क्षेत्रमा गतिलो आधार तयार गर्न सक्यौं भने वातावरण प्रर्बद्धनमा ठूलो टेवा मिल्ने छ ।

पृथ्वीको संरक्षणका निम्ति कोरोना भाईरस जस्ता संक्रमिणत रोगको कारण पर्यावरण संरक्षणमा सुधार भएको खुशि अबका दिनहरुमा व्यक्त गर्न नपरोस । किनकि हामी बोद्धिक प्राणी पृथ्वीको रक्षा र सन्तुलनको लागि सबै एकजुट हुन आवश्यक छ । आफ्नो विवेक र ज्ञानको प्रयोग गर्नुपर्दछ । किनकी यो पुस्ता धेरै नै निर्णायक अवस्थामा पुगिसकेको छ । पृथ्वीमा पछिल्लो चार दशकमा ४० प्रतिशत हिँउ पातलिएका छन् । समुद्री सतहको उचाई क्रमश बढेर टापुका मानवबस्ती जोखीममा परेका छन् । प्राकृतिक असन्तुलन, जीवजन्तुको विनास सँगै इकोलोजिकल ईकोसिस्टम जोखिममा पुगेको छ । प्रत्येक ४ स्तनधारी, ८ पंक्षी र ३ उभयचरमा एक सदस्य लोपन्मुख अवस्थामा पुगेका छन् । ४० प्रतिशत खेतीयोग्य जमीन नाश भइसकेकोले १ अर्ब मानिस भोकमरीमा परिसकेका छन् । पृथ्वीका कयौ जीवजन्तु र रैथाने वनस्पति लोप हुने खतरा बढेर गएको छ । यो ठूलो प्रलय र प्राकृतिक विपत्तिको घोतक पनि हो । हामीले धेरै नै जटिलता र सर्घष झेल्नुपर्ने निश्चिता देखिन्छ ।

हामीले यो कोरोना भाईरसको संक्रमणबाट यसका पृथ्वीको सम्पूर्ण पेरिफेरिको वातावरणलाई सन्तुलन राख्न सक्ने बोध गर्नु अति आवश्यक छ । सम्पुर्ण प्राणीजगतको रक्षा र प्राकृतिक स्रोतहरुको संरक्षणनै हामी मानव जातिको पुण्य कर्म हो । यसरिनै विश्व वातावरण दिवसको महत्व सार्थक हुन्छ । प्रकृतिका लागि समय अहिलेको विश्व वातावरण दिवसको नारा सम्पूर्ण मानवजातीका लागि सार्थक होस । शुभकामना ।

जोगाऔं माटो, जल, जमिन, जंगल ।
यही हो हाम्रो धन, नयाँ नेपालको संकल्प ।।

(लेखक : निपेश ढाका वातावरणविद् तथा विश्व किर्तिमानी विगत एक दशकदेखि नेपालको पर्यावरणीय तथा मानविय सभ्यताको अध्ययन र अनुसन्धानमा लागिरहनु भएको छ ।)

nipesh.dhaka@gmai.com

वि.सं.२०७७ जेठ २३ शुक्रवार १५:३१ मा प्रकाशित

सामाजिक सञ्जालको मनोविज्ञान : उपलब्धिभन्दा असन्तोष किन बढी ?

सामाजिक सञ्जालको मनोविज्ञान : उपलब्धिभन्दा असन्तोष किन बढी ?

नेपालमा सामाजिक सञ्जाल केवल सूचना आदानप्रदानको माध्यम मात्र रहेन, यो...

साना सहर विकासका अवसर र चुनौतीः सन्दर्भ खुर्कोट

साना सहर विकासका अवसर र चुनौतीः सन्दर्भ खुर्कोट

१. पृष्ठभूमि नेपालको सन्दर्भमा ‘साना सहर विकास योजना’ भन्नाले गाउँ...

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

काठमाडौँ । विश्व आज अभूतपूर्व प्रविधिगत परिवर्तनको युगबाट गुज्रिरहेको छ...

आ.ब. २०८३/२०८४ को सार्वजनिक बजेटको अवसर र चुनौतीहरु

आ.ब. २०८३/२०८४ को सार्वजनिक बजेटको अवसर र चुनौतीहरु

१. अवधारणा अर्थराजनीतिक दृष्टिकोणबाट देशको वार्षिक बजेट भनेको केवल आय–व्ययको...

नेपाली अर्थतन्त्रको विरोधाभाष

नेपाली अर्थतन्त्रको विरोधाभाष

१.अवधारणा नेपाली अर्थतन्त्रको विरोधाभाष ९क्ष्चयलथ०वा विडम्बना भनेको स्रोत, साधन र...

स्मृतिदेखि सामाजिक अभियानसम्म : शहीद कुसुम स्मृति प्रतिष्ठान

स्मृतिदेखि सामाजिक अभियानसम्म : शहीद कुसुम स्मृति प्रतिष्ठान

हरियाली डाँडाकाँडा, वनजंगल, खोलानाला र ग्रामिण दृश्यले भरिपूर्ण पहाडी क्षेत्र...