
२७ जेठ काठमाडौं । लकडाउनको उल्लङ्घन गर्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडी प्रदर्शन भएको छ । मंगलबार विहान स्वतस्फुर्त रुपमा निस्किएका यूवा, अधिकारकर्मी तथा व्यवसायीहरुको एक समुहले विभिन्न प्लेकार्डहरु बोकेर प्रदर्शन गरेको हो ।
प्रदर्शनकारीले बाटो अबरुद्ध गरेर प्रदर्शन गरे पछि प्रहरीले बल प्रयोग गरेर हटाएको छ । केहि समय अगाडी प्रहरीले पानीको फोहरा प्रयोग गरेर उनीहरुलाई त्यहाँबाट तितर बितर पारेको छ ।
प्रदर्शनकारीहरुले पिसिआर बिधिबाट मात्र परिक्षण गर्नुपर्ने, व्यवसाय सनचालन गर्न पाउनु पर्ने लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।