back
CTIZAN AD

‘अब अन्तिम जनआन्दोलन निकट आईरहेछ’

वि.सं.२०७७ जेठ २७ मंगलवार

882 

shares

नेपाललाई समृद्ध बनाउने उद्धेश्य लिएको ‘समाजवाद तर्फको यात्रा’ मा सहभागी हुने, समाज रुपान्तरणको सपना देख्ने, हामी सबै आम सचेत नागरिकको ‘साझा सपना’ अझै अधुरो रहेको छ । देशमा समृद्धी ल्याउने गरि समाज रुपान्तरण गर्ने सवालमा बिभिन्न बिकल्पहरुको खोजी गर्नु सचेत नागरिकको राष्ट्र धर्म र मातृभूमि प्रतिको ऋण पनि हो ।

यसै क्रममा, बिभिन्न कालखण्डमा बिद्यार्थीकालदेखि नै हामी बिभिन्न राजनीतिक दलहरुको सिद्धान्तमा बिश्वास गर्दै सक्रिय सहभागी हुदै आईयो । तर, यहांसम्म आईपुग्दा समय, परिस्थितिले र भोगाईहरुले धेरै पाठहरु सिकाएको छ । आफ्नो धारणाहरुमा, बिचारहरुमा र अगाडि हिड्नु पर्ने बिकल्प रोजाईमा परिमार्जन आएको छ । अनि स्पष्ट दृष्टीका साथ समयसंगै गतिशील हुनुपर्ने समय पनि आएको छ ।

ईतिहाँस हेर्दा, बीपी कोईराला, पुष्पलालकै समय कालखण्ड, २००७ सालदेखि नेपालको राजनीतिक नारा ‘समृद्धि र समाजवादतर्फको यात्रा’ किन अधुरो रहदै आएको छ ? भन्ने प्रश्नको उत्तरको खोजी गर्नु जरुरी छ । त्यसको निम्ति पहिला भएका प्रयासहरु पनि मोटामोटी खोतल्नु जरुरी हुन्छ । २६ बर्ष अगाडि, २०५१ सालतिर ‘जनयुद्ध’ आवश्यक छ भन्ने दृष्टिकोण राख्ने डा.बाबुराम भट्टराईजीको तर्क थियो ‘बन्दुकधारी सेनाको कडा सुरक्षा घेराभित्र रहेका पुरानो यथास्थितिवादी सामन्ती शक्तिलाई परास्त गर्न बन्दुक सहितको जनयुद्ध लड्ने बिकल्प रहित बिकल्प हो । त्यसबेला डा. भट्टराईको रायसँग सबै सहमत् भए वा भएनन् अर्कै बहस कुरा हो तर त्यहि सिद्धान्त र बिचार शक्तिको जगमा १० बर्षे जनयुद्ध सम्पन्न भयो । १० बर्षे जनयुद्धले हल्लाएर खलबलाएको जरामा उभिएको ‘परंपरावादी सामन्तवाद’ लाइ संयुक्त आन्दोलनकारी शक्ति वा संयुक्त जनआन्दोलनको अन्तिम प्रहारले परास्त गरेपछि मात्र देशमा ‘संघिय गणतन्त्र’ स्थापना भयो भन्ने कुरामा दुई मत छैन होला ।

तर बिडम्वना, त्यसपछि सत्तामा पुगेका आन्दोलनकारीका नेताहरु पनि जनताप्रतिको जिम्मेवारीबाट चुक्दै जानुको रहस्यको उत्तर एक वाक्यमा भन्ने हो भने, सत्ताको उन्मादमा होस हराउनु र बाटो बिराउनु नै हो भन्न सकिन्छ । जीवनभर थोत्रा चप्पलमा हिडेका, अभाव र भोकले ‘आंत खहरिएका’ तर अकस्मात् सत्तामा पुगेका कमरेड प्रचण्ड, कमरेड केपी वली साथै कांग्रेसी लगायत्का नेताहरु सत्तामा पुगेपछि, सबै भ्रष्ट्रचारको दलदलतिरै हराएको प्रशस्त उदाहरणहरु हाम्रा सामु छन् । ‘सत्ता लोलुपता र अर्थ लोलुपता’ संगै गांसिएको पैसो, धन प्राप्तीको लालसा (पुंजीवाद –नवपुजीवाद) को नशालु मातबाट वहांहरु बाहिर आउनै सक्नु भएन । कसैको सकारात्मक आलोचना सुन्न चाहानु भएन । सत्तामा पुग्नासाथ ‘ईम्परर्स न्यु क्योथ ईज बिउटीफुल’ भन्नेहरुको हुलमा मात्र रमाउन थाल्नु भयो । अहिले केपी शर्मा वलीजीले गरिरहनु भएको त्यहि हो भन्दा फरक नपर्ला ।

प्रष्ट देखिएको हालको उदाहरणहरु हेर्दा केपी ओली, प्रचण्ड कमरेडहरुले सत्ता प्राप्ति गर्नासाथ आफूहरु, आफन्त र आसेपासेहरुले राज्यको ठुलठुला पदहरु पाउनासाथ देशमा ‘समृद्धि र समाजवाद’ आईसक्यो, लक्ष्य प्राप्त भै सक्यो भन्ने भ्रममा पुग्नु भएको छ । अब यस्तै आदन्दमय पदमा सधै कसरी रहने, त्यही चिन्तनमा वहांहरुको दिनरात बितिरहेछ । नवपुँजीवाद वा ‘सत्ता शक्ति, पद र अर्थ लोलुपता’ को नशा भनेको लागु पदार्थ सेवनकर्ता दूब्यर्सनीको हालत जस्तै नै हो । नशालु मात त्यागेर रिहावीलिटेसन केन्द्रसम्म आउनै चहादैनन् ।

‘सत्ता शक्ति, पद र अर्थ लोलुपता’ को नशालु मातबाट बचेको ब्यक्ति भनेको डा.बाबुराम भट्टराई मात्र देखियो, किनभने वहांले २०५१ सालतिर हिंसात्मक बाटो र अहिले आएर शान्तिपूर्ण आन्दोलनको बाटो रोजे पनि ‘समृद्धि र समाजवाद’ को यात्रामा उहाँको दृष्टिीकोण र लक्ष्य, केपी वली र प्रचण्ड कमरेडको जस्तो नवसामन्तवादद्वारा प्रदुशित भएको देखिएन । समानता, समाबेशिता, पहिचानको अधिकार नै संघिय गणतन्त्रको जग मानिएकोले, डा.बाबुराम भट्टराई लगायत जनता समाजवादीका सबै नेताकार्यकर्ताहरु अब कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक संसद, समानता, समाबेशिता, पहिचान सहितको संघियताको निम्ति अन्तिम जनआन्दोलनको तयारीमा छन् । अब आउने नेपालको अन्तिम् हावाहुरी र जनआन्दोलनले नवसामन्तहरुको पनि कल्याण होस । जय मातृभूमी ।

लेखक, डा.  राई जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य हुन्

वि.सं.२०७७ जेठ २७ मंगलवार १५:०० मा प्रकाशित

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...