-->
Logo
१९ असार २०७९, आईतवार
     Sun Jul 3 2022
E-paper
  English Edition
   Unicode
Logo

कोरोना महामारी र यसले सृजना गर्न सक्ने अवसरहरु



बिश्व २०२० मा प्रबेश गरेको लगभग ६ महिना बित्नै लाग्दा पनि कोभिड १९ महामारीले आक्रान्त छ । कोरोना मानव जातको लागि पहिलो तथा नौलो महामारी होइन । इतिहासका विभिन्न चरणहरुमा, बिभिन्न देशहरुमा यस्ता महामारीहरुबाट सताइएका थिए । सन् १९१८ को जनवरीबाट सुरु भई १९२० को डिसेम्बरसम्म ‘स्पेनी फ्लू’ ले विश्वभरका ५ करोडभन्दा बढी मानिसहरुको ज्यान लिएको थियो । सन १९५७–५८ मा प्रकोपको रुप लिएको ‘एशियाली फ्लू’ को १० लाख भन्दा बढीको ज्यान लिएको थियो । सन् १९८१ बाट शुरु भएको एचआइभी बाट आजसम्म ३ करोड ५० लाख मनिसको मृत्यु भइसकेको छ । स्वाइन फ्लुले सन् २००९ र २०१० मा १ अर्व ४० करोड मानिसहरुलाई सङ्क्रमण गरेको थियो । जसबाट १ लाख देखि ५ लाख भित्रका मानिसहरुको मृत्यु भएको अनुमान गरिएको थियो । हाल बिश्वब्यापी कोरोना महामारीले ४ लाखको हाराहारीमा मृत्यु भइसकेको छ भने करिब ६९ लाखमानिसहरु संक्रमणीत भएको अवस्था छ । कोभिड १९ महामारी कति समय सम्म जान्छ भन्न सकिने अवस्था छैन । बिश्व स्वास्थ्य संगठनले यो महामारी ९ महिना देखि ३६ महिनासम्म जाने आंकलन गरेको छ ।

नेपालमा पनि माघ ९ मा कोरनाको पहिलो बिरामी देखिएको रचैत्र १० गते दोस्रो बिरामी देखिएपश्चात चैत्र ११ गतेबाट लकडाउन शुरु भएको आज ७८औ दिन भइसकेको अवस्था छ । आज बिहानसम्म १४ जनाको मृत्यु भइसकेको करिब ३८०० मानिसहरु संक्रमित भएको अवस्था छ ।नेपाल राष्ट्र बैकंले जारी गरेको तथ्याङक अनुसारयस महामारीबाट आजसम्म १ खर्व भन्दा बढीको नोक्सानी भइसकेको छ। केन्द्रीय तथ्याङ्क विभागले आर्थिक वर्ष २०७६/७७ को आर्थिक वृद्धि २.२७ मा सीमित रहने प्रक्षेपण गरेको छ । बिश्वब्यापी महामारीले गर्दा नेपालको कुल ग्राहस्थ उत्पादनमा २५ प्रतिशत हिस्सा राख्ने रेमिट्यान्स पनि खुम्चिसकेको छ ।

भनिन्छ हरेक प्रकोप, महामारी, बिपतले चुनौति मात्र नथपेर अवसरहरु पनि प्रदान गरेको हुन्छ । कोरोना महामारीबाट नेपालजस्तो बिकासोन्मुख देशलाई बिभिन्न आयामहरुमा, बिभिन्न किसिमका चुनौतीहरु श्रृजना गरेको छ । यद्यपि यस महामारीलाइ राज्यले अवसरको रुपमा बुझि प्रभावकारी कदमहरु चालेको खन्डमा नयां नयां अवसरहरु श्रृजना हुने देखिन्छन । कोरोनाका कारण खुम्चिएको, अझ खुम्चन सक्ने अर्थब्यवस्था, बेरोजगारी, खाद्यसंकट जस्ता समस्याहरु र भविष्यमा हुनसक्ने यस्ता किसिमका महामारी लगायत प्राकृतिक प्रकोपहरुलाई मध्यनजर राखेर योजना, निति तथा कार्यक्रमहरु ल्यायो भने नेपालले भविष्यमा हुनसक्ने संभावित प्रकोप, महामारीसंग सजिलै जुध्न सक्ने देखिन्छ । अत यसका अवसरहरुलाई निम्न बुंदागत रुपमा उल्लेख गरिएको छ ।

१) जनचेतनामा बृद्धि : नेपालमा कोरोना महामारीको संक्रमण फैलिन नदिनको लागि सरकारले गरेको बन्दाबन्दीमा नेपालीहरुले अनुशासित ढंगबाट पालना गरेको निर्देशन लगायत सामाजिक दुरी, भौतिक दुरी कायम राख्नको लागि गरेको धैर्यताले पनि कोरोना कहर संगसंगै आमनागरिकहरुमा स्वास्थ्य प्रतिको चेतनाको स्तर बढेको देखिन्छ ।महामारीको समयमा हुनसक्ने खाद्यसंकटलाई टार्नको लागि देश स्वयम आत्मनिर्भर हुनुपर्नेमा पनि चेतनाको स्तर बढेको देखिन्छ ।हात राम्रो संग साबुन पानीले धुने, घरबाहिर हिड्दा अनिबार्य मास्क लगाएर हिड्ने, भिडभाड भएको ठाउंमा नजाने, भिडभाड नगर्नेजस्ता स्वास्थ्य सम्बन्धि ज्ञानहरु बच्चादेखि बृद्ध सम्म भएको देखिन्छ । सार्वजनिक सवारीमा सवारीको क्षमता भन्दा भन्दा बढी यात्रु राख्ने, यात्रुहरु पनि भिडभाड भएपनि चढ्ने प्रबृतिमा पनि आगामी दिनहरुमा सुधार आउने देखिन्छ । रोजगारीको लागि भारत लगायत तेस्रो मुलुकमा गएका नेपालीहरुले रोजगारी गुमाउनु परेको लगायत अनेकौ दुख, पिडा,महामारीको कारण भारतबाट पचासौ किलोमिटर पैदल समेत हिडेर नेपाल आएको परिघटनाले पनि युवाहरुमा रोजगारीका अवसरहरु नेपालको कृर्षि, पशुपालन, फलफूल, जडिबुटी, खेती लगायत स-साना घरेलु उद्योगमा खोज्ने देखिन्छ ।

२) कृर्षिक्षेत्रको ब्यवसायीकरण र आधुनिकिकरण:  नेपाल कृर्षि प्रधानमुलक देश भनेर पाठ्यपुस्तकहरुमा बिधार्थीहरुलाई घोकाइरहदा नेपालको कृर्षि ब्यवसायले फड्को मार्न सकेन । हरेक बजेट भाषणहरुमा कृर्षि क्षेत्रलाई प्राथामिकता राखिएको छ भनेर अर्थमन्त्तीले बोलिरहदा कृर्षि क्षेत्रको बिकासको अवस्था नेपालले गर्ने कृर्षि उपजहरुको आयातको तथ्याङ्कले पुष्टि गर्दछ । बिगतमा नत राज्यले कृर्षि क्षेत्रलाई प्राथामिकतामा राख्यो नत हामीले कृर्षिलाई पेशाको रुपमा सोचियो । जसले गर्दा रोजगारीको लागि नेपालबाट बिदेश लाग्नेको लहर दिन प्रतिदिन बढ्यो । कोरोना महामारीको कारणले गर्दा बिश्वमा नै रोजगारका क्षेत्रहरु खुम्चिएका कारण १५ लाख नेपालीहरुले भारत लगायत तेस्रो मुलुकहरुबाट रोजगार गुमाउने अनुमान गरिएको छ । यो जनशक्तिलाई कृर्षि उत्पादनसंग जोडियो भने कृर्षि क्षेत्रले कांचुली फेर्ने सक्ने अपेक्षा गरिएको छ नेपालीहरुले बिदेशमा सिकेको ज्ञान, सिप लाईपनि नेपाली भुमिमा प्रयोग गर्न सक्यो भने अझ यो क्षेत्रले उल्लेखनिय भुमिका निर्वाह खेल्ने देखिन्छ ।

नेपालमा स्थिर सरकार रहेको र तिनबटै सरकारहरु क्रियाशिल रहेको अवस्थामा यस क्षेत्रलाई अति संबेदनशिल ढंगले लियो भने यस क्षेत्रले अबश्य फड्को मार्ने निश्चित छ । यद्यपि कृर्षि क्षेत्रको बिकासमा राज्यकोनिति, योजना, बजेटको पनि महत्वपुर्ण भुमिका हुन्छ । साथै कृर्षि अनुसन्धान उन्नत बिउबिजन, भण्डारण, बितरण प्रणाली,लगायत आवश्यक पुर्वाधारहरु सिचाइ, बिजुली, सडक, शित भण्डारको पनि आवश्यक पर्छ । यसपालीको बजेटमा धेरै आशा गरिए पनि आंशिकरुपमा भएपनि राम्रा कार्यक्रमहरु जस्तै: भूमि बैङक मार्फत जग्गा लिजमा दिने,प्रधानमन्त्री कृर्षि आधुनिकिकरण आयोजना, पशुपालन र कृर्षिको २५० वटा पकेट क्षेत्रको निर्धारण, २०० खाद्यभण्डारण केन्द्रको निर्माण जसले किसान मार्फत समर्थन मुल्यमा तोकिएका कृर्षि उपजहरु खरिद गर्ने र एक तहको प्रशोधन गरेर बिक्रि गर्ने, ७६ कृर्षि थोकबजारको निर्माण, किसान क्रेडिट कार्ड, एक स्थानिय निकायमा एक पशु र एक कृर्षि प्राविधिक जस्ता केही राम्रा कार्यक्रमआएका छन । अत ति कार्यक्रमहरुको प्रभावकारी रुपमा कार्यान्वयन गर्यो भने यस क्षेत्रले केही भएपनि ब्यवासायिकताको चरणमा प्रबेश गरि यस क्षेत्रबाट धेरैलाइ रोजगारी प्रदान गर्ने देखिन्छ ।

३) बिद्युतिय भुक्तानीमा प्रथामिकता:  नेपालमा डिजिटल पेमेन्टको इतिहासलाई हेर्यो भने सन् १९९० मा पहिलोपटक नेपालमा क्रेडिट कार्डको शुरुआत भएको थियो भने सन् २००२ मा पहिलोपटक कुमारी बैंकले ई–बैंकिङको शुरुआत गरेको थियो ।अहिले नेपालमा १३ वटा पेमेन्ट सर्भिस प्रोभाइडर छन् भने नौवटा पीएसओ (पेमेन्ट सर्भिस अपरेटर)सेवा राष्ट्र बैंकको अनुमतिबाट सञ्चालनमा छन् । यद्यपि डिजिटल कारोबार गर्ने प्रयोगकर्ताहरुको सङख्यामा उल्ल्खनिय बृद्धि नभएको अवस्था छ । घरै बसी बसी भुक्तानी गर्नसक्ने ब्यवस्था हुदाहुदै पनि खानेपानी, बिजुली, टेलिफोन लगायतका बिलहरु भुक्तानीका लागि सम्बन्धित अफिसमा लाईन लाग्नै पर्ने हाम्रो मानसिकता थियो । कोरोना कहरको बन्दाबन्दीले आम मानिसमा बिद्युतिय मार्फतबाट भुक्तानी गर्दा समयको पनि बचत, भिडमाडमा लाईन बस्नु नपर्ने, बिभिन्न सरुवा रोगहरुको संक्रमणबाट पनि बच्न सकिने, जोखिम नहुने धारणाको बिकास गरेको छ । बन्दाबन्दीको समयमा नोटहरुबाट पनि भाइरस मानिसमा सर्ने भएकोले पहुंच भएका ब्याक्तिहरुले डिजिटल पेमेन्टबाट कारोबार गरेको पाइयो ।फलस्वरुप यो पिरियडमा डिजिटल पेमेन्टबाट कारोवार गर्नेको संङ्यामा ३ गुणामा बृद्धि भएको यो क्षेत्रका जानकारहरु बताउछन । अत अवका दिनहरुमा डिजिटल पेमेन्ट सिस्टमको दायरालाई फराकिलो बनाइ पान पसल, किराना पसल,लगायत सार्वजनिक बस, टेक्सी लगायत सार्वजनिक सेवाका शुल्कहरुको भुक्तानी पनि बिद्युतिय माध्यमबाट हुने ब्यबस्था हुनुपर्छ । नेपाल सरकारले पनि यसै आर्थिक बर्षदेखि नै नेशनल पेमेन्ट गेटवे सन्चालनमा ल्याउने, भुक्तानी कारोवारको लागत घटाउने, नगदरहित कारोबारलाइ प्रोत्साहन गर्ने निति ल्याएको छ । यसको साथै यस्ता संस्था सन्चालनका लागि नितिगत सरलता,साइवर सुरक्षा, ब्रोडब्यान्ड राजमार्गको ब्यबस्था गर्न सकेको खन्डमा नेपालको भुक्तानी प्रणालीलाई पुर्णरुपमा डिजिटलाइज्ड गर्न सकिने संभावना देखिन्छ । डिजिटल पेमेन्ट सिस्टमलाई बिकास गर्नको लागि मोवाइल सेवाको बिस्तार आबश्यक हुने भएकोले सरकारी निजि क्षेत्रका सेवा प्रदायकहरुलाई दुर्गम, बिकट बस्तिहरुमा उक्त सेवा पुराउन राज्यले पनि निर्देशन दिनु जरुरी देखिन्छ ।

४) सामाजिक रिति रिवाज, धर्म, संस्कृति,परम्परा, मुल्य मान्यता:  नेपालको धर्म, संस्कृति, भेष भुषा, चालचलन रितिरिवाज बिश्वमा नै फरक तथा मौलिक छ । यहांको भेषभुषा, रितिरिवाज, चालचलन, चाडपर्वहरु देखेर संसारमै नलोभिने शायद बिरलै छन ।पछिल्लो चरणमा आधुनिकताको नाममा हाम्रा आफ्ना मौलिक सस्कृति, खानपिन, रहनसहन, सामाजिक जनजीबनमा पश्चिमी संस्कृति हावी भयो । हामी एक आपसमा भेट हुदां गरिने शिष्ट नमस्कारलाई बिर्सिएर हातमिलाउने, एकआपसमा अंकमाल गर्ने,लगायतका प्रचलन अगाल्न पुग्यौ ।अत कोरोनाको महामारीले हामीलाइ पुन आफ्नै धरातलमा उभाएको छजसले गर्दा पनि हाम्रो आफ्नै खानपान, संस्कृति, शिष्टताले पुन निरन्तरता पाउने देखिएको छ ।

५) स्वास्थ्य क्षेत्रको बिकास : नेपालको संविधान २०७२ ले शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रहरुलाई मौलिक हकको रुपमा राखेको अवस्थामा नेपालको स्वास्थ्य क्षेत्रको अवस्था शहर केन्द्रित, निम्न वर्गको पहुंच भन्दा टाढा, हुनेखाने वर्गको मात्र पहुचमा रहेको छ । बैश्विक कोरोना महामारीलाई रोकथाम, उपचार तथा नियन्त्रण गर्नको लागि उपलब्ध स्वास्थ्य पुर्वाधारहरुस अस्पतालहरु, प्रयोगशाला, बेड सङख्या, भेन्टीलेटरको संख्याले पनि नेपालको सरकारको स्वास्थ्य सेवाको वास्तविक अवस्था पुष्टि हुन्छ । जनसङख्या बृद्धि संग संगै स्वास्थ्य क्षेत्रसंग सम्बन्धित पुर्वाधारहरुको बिकास हुनुपर्नेमा देखिएन जसले गर्दा सरकारले स्वास्थ्य क्षेत्र पुर्णरुपमा निजी क्षेत्रको कोल्टामा सुम्पे जस्तो देखियो । कोरोना महामारीले आक्रान्त बनाएको परिपेक्ष्यमा कतिपय निजिस्तरका स्वास्थ्य सस्थाहरुले देखाएको दादागिरीले त राज्यले निजि क्षेत्रलाई लगाम लगाउन नसकेको जस्तो पनि देखियो ।

कोरोना संक्रमितहरु यही अनुपातमा बढ्दै जाने हो भने बिरामी राख्ने बेडहरुको समस्या नहोला भन्न सकिन्न । प्रयाप्त प्रयोगशालाहरु, पिसिआर मेशिन, लगायत परिक्षण किटको अभावले बिरामीहरुको परिक्षणको दायरा बढ्न नसकेको अवस्था छ । नेपालमा भेन्टिलेटरमा राखेर उपचार गराउनु पर्ने बिरामीको सङ्ख्या त्यति छैन । यद्यपि यो अवस्था आयो भने भेन्टिलेटरको पनि अभाव हुने देखिन्छ । अत यस्तो अवस्थालाइ मध्यनजर गरि राज्यले स्वास्थ्य क्षेत्रको अवस्थालाइ सुधार गर्ने अवसरहरु प्रशस्त छन । नेपालको एकमात्र प्रयोगशाला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको क्षमता बिस्तार लगायत सम्पुर्ण प्रदेशहरुमा आधुनिक प्रयोगशालको निर्माण, सरुवा रोग सम्बन्धि छुट्टै अस्पतालको निर्माण गरिनुपर्ने, बिद्यमान अस्पतालहरुलाई स्तरोन्तर गर्ने, प्रत्येक पालिकाहरुमा कम्तीमा २० बेडका अस्पतालहरु निर्माण गर्न, उपलब्ध भेन्टिलेटरको संख्यामा बृद्धि गर्ने, स्वास्थ्य संग सम्बन्धित जनशक्ति उत्पादनको लागि शुल्क सर्वसुलभ गराइ यस क्षेत्रको बिकास गर्ने अवसर जुरेको छ ।

६) बिबिध : यस बाहेक शिक्षाको क्षेत्रमा पनि कोरोना महामारी पछि एककिसिमको नयां आयाम थपिदिएको छ । भौतिक उपस्थिति बिना बालबालिकाहरु, कलेजका बिद्यार्थीहरु घरको चारदिवार भित्र भर्चुवल कक्षाहरु लिएको अवस्था छ । यसले आगामी दिनहरुमा इन्टरनेटको पंहुच भएका ठाउहरुमा भौतिक पुर्वाधार बिना पनि अध्ययन अध्यापन गराउन सकिन्छ भन्ने मार्गदर्शन प्रदान गरेको छ ।

कतिपय कार्यलयका कामहरु घरबाटै भएको अवस्था छ भने सेमिनार, मिटिङ जस्ता कार्यहरु बन्दाबन्दीको समयमा भर्चुवलमाध्यमबाट आ-आफनो घरबाट भएका छन । जसले गर्दा भविष्यमा पनि सेमिनार, गोष्टी, मिटिङको लागि भौतिक उपस्थिति बिना कम खर्चमा, छिटो छरितो तरिकाले गर्नसक्ने अवसरहरु पनि जुराएको छ ।

बन्दाबन्दीको समययमा खासगरि शहरी क्षेत्रमा किनमेल गर्ने तरिकामा पनि परिबर्तन आएको छ । घरबाटै अनलाइन माध्यमहरुमा सामानहरु किन्ने प्रबृतिमा बढोत्तरी आएको कारणले पनि भविष्यमा अनलाइन पसलहरुको तिब्र बिकास हुने संभावना देखिन्छ। बिभिन्न सहकारी संस्थाहरुले कृर्षि एम्बुलेन्स मार्फत घर दैलोमा तरकारी पुराएको अवस्थाले पनि भोलिका दिनहरुमा कृर्षि पजहरुलाई सहकारी मार्फत अथवा अनलाइन स्टोर्सबाट बिक्री बितरण गर्न सकिने अवसरपनि श्रृजना भएको छ ।

नेपालमा कोरोनाको संक्रमण दिन प्रतिदिन बढीरहेको छ । राज्यका तिनवटै सरकार यसको नियन्त्रण, रोकथाम, उपचारमा लागेका छन तर यसको प्रभावकारीताको प्रश्नआमरुपमा उठिरहेको छ । कताकता तिनवटै सरकारहरु बिच समन्वय नदेखिए जस्तो पनि देखिन्छ । संक्रमणको संख्या तिब्र गतिमा बढ्यो भने बेडहरु, भेन्टिलेटर, स्वास्थ्यकर्मीहरुको अभाव हुने संभावना पनि छ । यस्तो अवस्थामा सरकारले निजि क्षेत्रसंग रहेको स्वास्थ्य सम्बन्धि पुर्वाधार लगायत जनशक्तिलाइ पनि उपयोग गर्ने ब्यवस्था गर्नुपर्ने देखिन्छ । सरकार स्वास्थ्य सामाग्रीको समयमा जोहो गर्न चुकेको देखिन्छ । जसले गर्दा पिसिआर परिक्षणको दायरा बढ्न सकेन । सरकारले बितरण गरेको राहत कार्यक्रम पनि प्रभावकारी नभएको भन्दै गर्दा राज्य संग गरिव ब्याक्तीहरुको पहिचान तथा सहि तथ्याङक नहुनु पनि हो । अत राज्यले आगामी दिनहरुमा बिपन्न बर्गहरुको तथ्याङक अद्याबधिक गर्ने, अनिबार्य बैकमा खाता खोल्न लगाउने जस्ता कार्यहरु गर्नुपर्ने देखिन्छ ।

अन्तमा राज्यले तत्कालको समस्यालाई अर्जुनदृष्टि लगाएर सम्बोधन गर्दै यसबाट सिर्जना हुन सक्ने अवसरहरुलाई उपयोग गर्दे खुम्चिएका आर्थिक क्षेत्रहरु,सांगुरिएका रोजगारीहरुलाई बिस्तारै बढोत्तरी गर्दै लैजानुपर्ने देखिन्छ । साथै राज्यले पनि कोरोना महामारीबाट पृष्टपोषण लिदै भबिष्यमा हुनसक्ने यस्ता किसिमका प्रकोप, महामारी संग जुध्ने सामर्थ्यको बिकास गर्नुपर्ने हुन्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा एमालेले पार्टीका विभिन्न केन्द्रीय विभागका सचिविहरु मनोनयन गरेको छ । पार्टीको

काठमाडौं । स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश निकै नै अनपेक्षित नतिजा

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि सुरु भएको छ । काठमाडौंको

काठमाडौं । नेपाल प्रहरीले जनपद तर्फको प्रहरी जवान पदमा ठूलो संख्यामा भर्ना खुलाएको छ