Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

सन्दर्भ जापानमा चार्टर फ्लाइट र हवाई माफीयाको लुटतन्त्र



नागरिक उड्डयन प्राधिकरणको चार्टर उडान बन्द सम्बन्धमा अचानक आएको बिज्ञप्ति लाज पचेको नालायकी पनको पराकाष्ठा देखिन्छ । अनि चार्टर उडान शुरु हुँदाताका खुसियाली मनाउनेहरु मध्येका केहि तथ्य भन्दा बाहिर गएर घिउमा आगो सल्काउन खोज्ने दले समाजसेवीहरु सस्तो लोकप्रियताको लागि चार्टर उडानमा लुट भएकोले बन्द गरेर ठिकै गर्यो भन्दै रोइलो गरिरहेका छन् ।

विपतको बेला अन्तराष्ट्रिय चार्टर उडानका नाउँमा एयरलाइन्स र ट्राभल एजेन्सीबाट मनपरी भाडा असुल्न थालेपछि नागरिक उड्डयन प्राधिकरणले कुटनीतिक माध्यमबाट हुने चार्टर उडान बाहेक सबैमाथि रोक लागाएको छ भन्दै नागरिक उड्डयन प्राधिकरणको बिज्ञप्तिलाई आधार बनाएर कान्तिपुर दैनिकले समाचार बनायो ।

समाचारलाइ नै आधार बनाउने हो भने चैत यता १ सय १० वटा अन्तराष्ट्रिय उडान भइसकेका छन् भनिएको छ । अब मेरो जिज्ञाशा तथा प्रश्न छ, यो संग सम्बन्धित मन्त्रालय र बिभागलाइ । यदि यो सम्बद्य निकाय साच्चिकै संसारब्यापी महामारीको बिचमा जनताको हकहितमा संबेदनशील शुरुवाती दिन बाटनै भइदिएको भए आज यो अवस्था पक्कै आउने थिएन ।

सम्बन्धित मन्त्रालय, बिभाग र एयरलाइन्सले यो महामारीलाइ मौकामा चौका हान्ने अवसरको रुपमा लिए र निश्चित स्वार्थ र लाभमा मोहित हुँदै केहि ट्राभल एजेन्सीहरुलाई पहँुच र आर्थिक लाभबाट प्रभावित भइ अनुमति दिए । चार्टर उडानको सम्बन्धमा एजेन्सीहरुको छनोटको लागि सरकारको सार्बजनिक आब्हान सहित कुनै पनि निश्चित प्रक्रिया भएको देखिदैन । लुटेर खान पल्किएकाहरुमा साच्चिकै निस्वार्थता भएको भएदेखि नेपाल एयरलाइन्सले सम्बन्धित देशको दूताबास र एनआरएनएसंग सहकार्य गरेर सम्पूर्ण ब्यबस्थापकीय र ब्यापारिक जिम्मेवारी आफैले लिएको भए पनि केहि हदसम्म जनतालाई सुलभ भाडा दर उपलब्ध हुने थियो कि भन्ने अनुमान लगाउन सकिन्छ ।
एनआरएनए ले यो कुरा शुरुवाती दिनबाट नै गर्दै आएको थियो । जापानको हकमा भन्नु पर्दा एनआरएनए जापान र राजदूताबास मिलेर नेपालबाट आउनुपर्नेहरु र जान इच्छुकहरुको डाटा तयार गरेर सम्बन्धित निकायलाई बुझाएको पनि हो तर सम्बन्धित निकायले त्यसैलाई हतियार बनाएर एजेन्सीको बाटोतिर बिचौलियाहरु उन्मुख गरायो । यदि ट्राभल एजेन्सीलाइ नै दिनु छ भने उडान गर्ने देश अनुसार निश्चित मापदण्ड र भाडादर तोकि दिएको भए बीच बिचमा बिचौलियाहरु तथा एजेन्सीहरुले लुटको खेति गर्न पाउने थिएनन् ।

बैदेशिक रोजगार अध्ययन या विभिन्न शिलशिलामा नेपाल फर्किएकाहरु आफू बसेको देश फर्किन नपाउने अझै पनि नगन्य छन् । नेपालमा त्यसैगरी नेपाल फर्किन चाहनेहरुको लर्को त झनै लामो छ । यदि परराष्ट्र मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय,नागरिक उड्डयन प्राधिकरण साच्चिकै नेपालीको जनताको हितमा सोच्ने भइदिएको भए निश्चित भाडादर तोकेर मापदण्ड सहित कि, एजेन्सीलाई जिम्मा दिने थिए, कि सम्बन्धित एयरलाइन्सलाइ प्रत्यक्ष गर्न आदेश दिदै कार्यान्वयन गर्ने लाग्नु पर्ने थियो । हैन भने लुट्न पाउञ्जेल लुट्ने अनि केहि व्यक्ति या संस्था हरुको अभिस्ट स्वार्थ पूरा हुन छाडेपछि र लुटाईको मात्रा कम हुन थालेपछि अर्थहीन बिज्ञप्ति र गैह्रजिम्मेवारी निर्णय गरेर झनै सर्बसाधारणलाइ दुःख दिने प्रवृति बन्द गरिनु पर्छ । चार्टर गर्नेहरुको बाध्यता र लुट तन्त्र दुवै सकारको निश्चित मापदण्ड नभएपछि जसको शक्ति उसकै भक्ति भन्ने जस्तै देखियो चार्टर उडानमा ।

हरेक बर्गको नेपालीको आफ्नै समस्या छ । अझै बिद्यार्थीको हकमा त यो लुटतन्त्रले मर्नु न बाँच्नु बनाएको देखिन्छ । अनेकौ जोहो गरेर कम्तिमा ६ महिनाको शुल्क कलेजलाइ बुझाएर नेपाल गएका बिद्यार्थीहरु यो महामारीमा उतै अड्किनु परेपछि पढ्न नै नपाइ यता कलेजको अर्को सेमेस्टरको शुल्क बुझाउने समयले पिरोलेको पिडा एकातिर छ भने अर्को तिर १ लाख ४० हजार देखि २ लाख सम्म तिरेर चार्टर फ्लाइटमा आउनुपर्ने बाध्यता । यो सबै गर्न बाध्यात्मक स्थिति सृजना गर्ने सम्बन्धित सम्बद्य निकायहरुले कोरोनाको महामारीको बीच सर्बसाधारणमाथि गरेको यो अपराध क्षेम्य भने पक्कै छैन ।

जापानकै सन्दर्भमा कुरा गर्दा सामान्य अवस्थामा ७५ हजार देखि ८५-९० हजार रुपैयाँसम्ममा दोहोरो भाडा आवत–जावत भइनै रहेको हो । यो मूल्यबाट पनि सम्बन्धित ट्राभलहरुले एयरलाइन्सबाट नाफा नै लिएर आफ्नो कम्पनी चलाउने र एयरलाइन्सले पनि नाफा नै भएर ट्राभलहरुलाइ यतिमा बेचेको हुनुपर्छ । यद्यपि यसका व्यवसायिक पाटोहरु पनि हुन सक्लान् । चार्टर गर्नेले जहाजको पूर्ण सिट क्षमता अनुसार पर ब्लक आवर अमेरिकी डलर १७,२६० को दरले नेपाल एयरलाइन्सलाइ बुझाउनु पर्ने बाध्यता देखिन्छ । यद्यपी यो उडान हुने देश या ठाउ अनुसार फरक हुन सक्ला यसरि हेर्दा जापानमै भएको एक चार्टर उडानलाइ कम्तिमा तीन करोडको हाराहारीमा ट्राभल एजेन्टहरुले बुझाउनुपर्छ भने सम्बन्धित निकायहरु सम्पूर्ण बाट अनुमति प्राप्त गर्न भ्रष्टहरुलाई खर्च गर्नुपर्ने रकमको हेक्का नै भएन । यति गरेर बल्ल बल्ल अनुमति पाएकाहरुले भनेजति प्यासेन्जर पाएनन् भने आफै खाल्डोमा पर्ने सम्भावना त छदै छ । यद्यपि कम्तिमा पनि ९०० देखि १००० डलर सम्ममा टिकट बेचेको भए पनि नाफा हुने हँुदा हुदै पनि मौकामा चौका हान्नु पर्छ भन्ने भ्रष्ट सोँचबाट ग्रसित भएर ११०० डलरदेखि २००० डलरसम्म भाडा असुलेको देख्दा भने यिनीहरु प्रति पनि सार्है नै घृणा पैदा भएर आउछ ।

हरेक बर्गको नेपालीको आफ्नै समस्या छ । अझै बिद्यार्थीको हकमा त यो लुटतन्त्रले मर्नु न बाँच्नु बनाएको देखिन्छ । अनेकौ जोहो गरेर कम्तिमा ६ महिनाको शुल्क कलेजलाइ बुझाएर नेपाल गएका बिद्यार्थीहरु यो महामारीमा उतै अड्किनु परेपछि पढ्न नै नपाइ यता कलेजको अर्को सेमेस्टरको शुल्क बुझाउने समयले पिरोलेको पिडा एकातिर छ भने अर्को तिर १ लाख ४० हजार देखि २ लाख सम्म तिरेर चार्टर फ्लाइटमा आउनुपर्ने बाध्यता । यो सबै गर्न बाध्यात्मक स्थिति सृजना गर्ने सम्बन्धित सम्बद्य निकायहरुले कोरोनाको महामारीको बीच सर्बसाधारणमाथि गरेको यो अपराध क्षेम्य भने पक्कै छैन ।

ट्राभलहरुको अस्वस्थ प्रतिस्पर्धाले सरकारी लुटेराहरुलाई फाइदा मर्कामा सर्बसाधारण
पावरको चलखेलमा घुसपैठको समिश्रणले नहुने काम पनि सजिलै हुने तलमाथि गर्न नसकेमा हुने काम पनि नहुने संस्कारले पिल्सिएको हाम्रो देशमा बिश्वब्यापी यो महामारीमा पनि जनता नै नराम्रोसंग लुटिन पुगेका छन् । ट्राभल बिचको हानाथाप र एकलौटी राज गरेका केहि हवाई माफियाहरुले जापानी राजदुताबासको हवाला दिएर शक्ति दुरुपयोग गर्दै श्री नोबल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति सचिबालय सिंहदरवारलाइ प्रयोग गर्दै अचानक बिचमा मे २८ तारिकमा हुन लागेको ओसाकाको चार्टर उडानलाइ असफल बनाउन मे २७ तारिकदेखि उताको जापानको चार्टर उडानहरु अर्को सूचना नहुन्जेल सम्मको लागि स्थगित गर्नु भनेर चलखेल गरे । जसको असर आउने तयारी गरेर अनेकौ दुःख कष्ट सहदै राजधानी आइपुगेका सर्बसाधारणहरुमा पर्न गएको प्रष्ट नै छ ।

निर्मम भएर कमाउने केहि ट्राभल एजेन्ट दुःख पाउने एनआरएन जापान अन्तर्गतका केहि इमान्दार पदाधिकारीहरु विदेशबाट आउनेहरुको लागि जापान सरकारको क्वारेन्टिन सम्बन्धि नियमले एयरपोर्टबाट आफू बस्ने ठाउँसम्म सार्बजनिक सवारी साधन प्रयोग गर्न नपाउने भएपछी आफ्नो या आफन्तको गाडी नभएमा घर पुग्न असम्भब देखिएको यो अवस्थालाई ध्यानमा राखेर चार्टर उडान गरि चर्को रकम असुल्नेहरुले जापान एयरपोर्टबाट पनि घर सम्म पुग्ने व्यवस्था गरिदिएको भए आज परिस्थिति केहि सहज हुने थियो होला । तर, धेरैले त्यसो नगरी निर्लज्ज भएर एनआरएन संगको परामर्श बिना नै एयरपोर्टबाट घरसम्म एनआरएनएले लगिदिन्छ भनेर झुटो आश्वासन समेत बाडेको पाइयो ।

हुन त नेपाल गएर चार्टर उडानमा फर्किनेहरु मध्ये सिमित व्यक्ति बाहेक सबै आफ्नो ठाउमा सक्षम नै हुनुपर्छ तर बर्तमान परिस्थिति केहि फरक भएकोले स्वयम्सेवक संस्था एनआरएनएको केहि क्षेत्रीय समितिहरु एनआरएन कान्साई र एनआरएन क्युस्युले आफ्नो क्षेत्रमा आउनुपर्ने नेपालीहरुलाई सम्बन्धित व्यक्तिको आफ्नो खर्चमा ब्यबस्थापकीय सहयोग गर्ने भनि सम्पर्कको लागि समिति बनाएर बिज्ञप्ति नै निकाली काम अगाडी बढाए पछि त्यसैलाई अन्य क्षेत्रीय समितिहरुले साथ् दिए भने कति अझै पनि मुकदर्शक नै छन् । तर यो विषम परिस्थितिलाई जापान मै फेरि अर्को कमाउने भाँडो बनाउने सोच भएका दलालीहरुले नारिता एयरपोर्ट पुगेर अकल्पनीय दाम भन्दै पुराउने आश्वासन दिएर मोलतोल सुरु गरे अनि त्यसैलाई आधार बनाएर बिरोधका लागि बिरोध गर्नेहरुले एनआरएनको हवाला दिदै बदनाम गर्न तिर लागेको देखियो ।

म आफै बस्ने ओसाका अन्र्तगत पर्ने एनआरएन कान्साई शुरुदेखि नै यसमा निरन्तर लागिरहेको र ओसाका बसेर टोक्यो पुगी ओसाका, कोबे, नारा, क्योटो, वाकायामा त्यति मात्रै नभएर परिस्थितिको गाम्भीर्यतालाई मध्यनजर गर्दै क्युस्युको ओइता, किता क्युस्यु, नागोया,टोयोटा लगायतको ठाउँहरुसम्म घर–घरमा नेपालीहरु छोडेर आएको अवस्था छ । खर्च सम्बन्धित व्यक्तिको भए पनि हप्तामा दुइ तीनपटक आउने फ्लाइटको लागि ब्यबस्थापकीय सहयोग गर्न लाग्ने भौतिक श्रम समय र आफ्नो खर्च हुने कुराको त कुनै लेखाजोखा नै छैन ।
यसरी केहि सिमित व्यक्तिहरु अहोरात्र खटेर उद्दारमा एकातिर लागिरहेका छन् भने अर्कोतिर पदिय लालच र नक्कली प्रतिष्ठाको लागि मात्रै संस्थामा झुन्डिएका रमितेहरु तिनीहरुको इमान्दारितमा प्रश्न गर्ने दुस्साहस भित्रभित्रै गरिरहेका छन् । यसो भन्दै गर्दा संस्थाभित्र या बाहिर रहेर यो महामारीमा सहयोगको नाउमा लुट मचाउन खोज्नेहरुलाई भने पहिचान गरेर सामाजिक रुपमा तिरस्कृत भने पक्कै गर्नुपर्छ ।
अन्त्यमा सम्बन्धित सरकारी निकाय एयरलाईन्स, हवाई माफिया, बिचको बिचौलियाहरु र एजेन्टहरु यी सबैले यो महामारीको बिचमा आजको दिनसम्म जति सर्बसाधारणलाइ चार्टर फ्लाइटको नाममा लुटे आगामी दिनमा यो यथाशिघ्र बन्द गरिनु पर्छ ।

सम्बन्धित देशको राजदुताबासको बिशेष सक्रियतामा आवस्यकता अनुसार एनआरएनएसँग सहकार्य गर्दै यो विपदमा नेपालीहरुलाइ सर्वसुलभ रुपमा आवतजावत गर्न मिल्ने वातावरण बनाउन सरकारको सम्बद्द निकाय सम्बेदनशिल भएर लागोस् भनि अनुरोध गर्न चाहन्छु ।
यदि ट्राभल एजेन्टहरुलाई नै दिनु छ भने भाडादर लगायतको सम्पूर्ण कुराहरुमा निश्चित मापदण्ड बनाइ निस्पक्ष तरिकाले कार्य सम्पादन हुने गरि प्रक्रिया अगाडी बढाउन जरुरी देखिन्छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा