back
CTIZAN AD

पाल्पा जिल्ला समाज युकेद्धारा प्रथम भीसी कुल बहादुर थापाको स्मारक निर्माणका लागि १८४६ पौण्ड सहयोग

वि.सं.२०७७ जेठ २७ मंगलवार

741 

shares

फानबरो, लण्डन । पाल्पा जिल्ला समाज युकेले प्रथम भीसी कुल बहादुर थापाको स्मारक निर्माणका लागि १८४६ पौण्ड सहयोग गरेको छ ।
पाल्पामा जन्मेर बेलायती सेनामा सेवारत रही दोश्रो बिश्वयुद्धमा साहसी काम गरेका पहिलो भिसी कुलवीर थापाको अल्डरसटमा निर्माण हुन लागेको स्मारक निर्माणका लागी पाल्पा जिल्ला समाज युके (पाल्पाली भन्ज्याङ)ले आर्थिक सहयोग गरेको हो ।

ग्रेटर रश्मोर नेपाली कम्युनिटीले अगुवाई गरेको पहिलो भिसी थापाको शालिक निर्माणको प्रोजेक्टमा पाल्पा जिल्ला समाज युके (पाल्पाली भन्ज्याङ) ले १८ सय ४६ पाउन्ड प्रदान गरेको छ ।

जुन ६ मा आयोजित रसमोर बरो काउन्सील फानबोरोमा एक कार्यक्रम गरी ग्रेटर रसमोर नेपाली कम्युनिटीका अध्यक्ष रामधन राईलाई उक्त रकमको चेक हस्तान्तरण गरेको कुरा पाल्पा जिल्ला समाज युके (पाल्पाली भन्ज्याङ) का अध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिएका छन् ।

स्थानीय रश्मोर बरो काउन्सिलको प्रांगणमा ग्रेटर रश्मोर नेपाली कम्युनिटीका अध्यक्ष रामधन राईलाई पाल्पा जिल्ला समाज युके (पाल्पाली भन्ज्याङ) का तर्फबाट अध्यक्ष बाचस्पति रेग्मी र उपाध्यक्ष गोपाल थापाले सहयोगको चेक हस्तान्तरण गरेका थिए ।

उक्त अवसरमा ग्रेटर रशमोर नेपाली कम्युनिटीका निवर्तमान अध्यक्ष जीव बेल्वासे, प्रोजेक्ट संयोजक मेजर खिम गौचन, कोषाध्यक्ष टोप पल्ली र पाल्पा जिल्ला समाज युके (पाल्पाली भन्ज्याङ) का तर्फबाट सल्लाहाकार रिषीराम राना र कोषाध्यक्ष दल बहादुर थापा समेतको उपस्थिति रहेको थियो ।

कोरोना भाइरसको महामारी तथा बेलायत सरकारको निर्देशिकालाई मध्येनजर गर्दै सामाजिक दूरीलाइ विशेष ध्यान दिँदै चेक हस्तान्तरण गरिएको उक्त कार्यक्रममा ग्रेटर रश्मोर नेपाली कम्युनिटीका अध्यक्ष राईले पाल्पाली समाज युके र पाल्पालीहरूले यो महान कामको इतिहास राख्न सहयोग गरेको भन्दै धन्यवाद दिएका थिए ।

युद्धमा घाइते साथीलाई आफ्नो ज्यानको पनि प्रवाहमा नगरी काधमा बोकेर उद्धार गरेका कारण पहिलो भीसी पाउन सफल भएका थापाको सम्मानस्वरूप बेलायतमा स्थायी इतिहास रहने भएकाले खुसी ब्यक्त गर्दै पाल्पा जिल्ला समाज युके (पाल्पाली भन्ज्याङ) का अध्यक्ष रेग्मीले गोर्खा मेमोरियल प्रोजेक्टलाई सहयोग गरेको बताएका छन् ।

वि.सं.२०७७ जेठ २७ मंगलवार २१:३० मा प्रकाशित

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...