back
CTIZAN AD

आज संविधान संशोधन विधेयक पारित हुदै, सरिता गिरीको संसोधन प्रस्ताव अस्विकृत हुने

वि.सं.२०७७ जेठ ३१ शनिवार

651 

shares

३१ जेठ, काठमाडौं । आज दिउँसो ठिक १ बजे बस्ने प्रतिनिधि सभाको बैठकले नक्सा सम्बन्धी नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित गर्ने भएको छ ।

सभामुखको सचिवालय श्रोतका अनुसार सो बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि दफावार छलफल गरियोस भन्ने प्रस्ताव राखि केहि समय छलफल हुनेछ । सो लगतै कानुनमन्त्री तुम्बाहाङफेले नै उक्त विधेयकलाई पारित गर्ने प्रस्ताव राख्नेछिन र नक्शाको औपचारीक संसोधन हुनेछ ।

नेपालको बास्तविक सिमा लिम्पियाधुरा, कालापानी, लिपुलेक समेटेर हालै सार्वजनिक गरेको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई संवैधानिक मान्यता दिने गरी सरकारले संविधान संशोधन विधेयक ल्याएको हो । यसमा सबै राजनैतिक दलहरुको मतैक्यता आएको छ ।

समाजवादी पार्टीले बिधेयकको पक्षमा मतदान गर्ने औपचारीक निर्णय गर्दागर्दै सो पार्टीकी सांसद सरिता गिरीले सरकारले ल्याएको नयाँ नक्सा मुताबिक संविधानको निशान छाप परिवर्तन गर्न नहुने भन्दै संशोधन प्रस्ताव दर्ता गरेर चर्चा बटुलेकी थिइन् । संशोधन प्रस्ताव दर्ता गरेको केही घण्टामै सो पार्टीले सांसद गिरीलाई आफ्नो संशोधन प्रस्ताव फिर्ता लिन नमाने कारबाही गर्ने चेतावनी पनि दिएको थियो । तर, उनले आफ्नो संशोधन फिर्ता लिइनन ।

सांसद गिरीले दर्ता गरेको संशोधन प्रस्ताव मुलुकको भौगोलिक अखण्डता र विधेयकको मूल मर्मविपरीत दर्ता भएको भन्दै सभामुख अग्नि प्रसाद सापकोटालाइ सो अस्वीकृत गर्न सुझाव दिइएको छ ।

यस्तो सुझाव गिरी संबद्द दलबाटै समेत आइसकेकोले प्रतिनिधिसभा नियमावली २०७५ को दफा ११२ अनुसार विधेयकमा संशोधन दर्ता गराउन ‘विधेयकमा निहित सिद्धान्तको विपरीत हुन नहुने’ र ‘अस्पष्ट वा निरर्थक हुन नहुने’उल्लेख भएकाले उनको संशोधन प्रस्तावलाई नै खारेज गर्ने सहमति देखिएको छ ।

वि.सं.२०७७ जेठ ३१ शनिवार १०:०३ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...