१ असार काठमाडौं । सोमबारबाट सबै सरकारी कार्यालय र बैंक तथा बित्तिय संस्थाहरु २ सिफ्टमा सन्चालन हुने भएका छन । नेपाल सरकार मन्त्री परिषदको गत बुधबार बसेको बैठकले सरकारी कार्यालय र बैंक तथा बित्तिय संस्थाहरु समेत २ सिफ्टमा सन्चालन गर्ने निर्णय गरेसगै कार्यालयहरु २ सिफ्टमा सन्चालन हुन लागेका हुन । पहिलो सिफ्ट विहान ८ बजेदेखि १ बजेसम्म तथा दोस्रो सिफ्ट दिउँसो १ बजेदेखि ६ बजेसम्म सन्चालन हुने छन ।
लकडाउनका कारण गत चैत्र ११ गते बाट सरकारी कार्यालयहरुका काम ठप्प प्राय छ । आर्थिक बर्षको अन्त्य हुनै लागेकोले कतिपय काम गर्नको लागि चाप छ । बेरुजु पछ्र्यौट लगायतका कार्य गर्नको लगि पनि चाप छ ।
सोमबारबाट संचालन हुने कार्यालयहरुमा सरकारी कार्यालय, बैंक तथा बित्तिय संस्थाहरु, शिक्षण संस्थाका कार्यालयहरु, बीम, गैर सरकारी संघ संस्थाहरु लगायत छन । यी सबै कार्यालयहरु अबस्था हेरी २ सिफ्टमा सन्चालन गर्नुपर्ने छ । यसको लागि संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले मापदण्ड बनाएको छ ।
मापदण्ड अनुसार भौतिक दुरी कायम गर्नु पर्ने छ । यसको अनुगमन सम्बन्धित कार्यालय प्रमुखले गर्नु पर्ने छ । कार्यालयमा स्यानेटाईजरको अनिवार्य ब्यवस्था गर्नु पर्ने लगायतका मापदण्ड छन ।



Scanned Image
वि.सं.२०७७ असार १ सोमवार ०९:२८ मा प्रकाशित





























