back
CTIZAN AD

मलेसियाबाट चार्टड गरिएका उडान बारे यस्तो छ जानकारी

वि.सं.२०७७ असार १ सोमवार

894 

shares

सरकारले मलेसियाबाट अत्यावाश्यक परी नेपाल फर्कनु पर्ने नेपालीहरुलाई लक्षित गरी चार्टर्ड उडान गर्दैछ ।

मलेसियास्थित नेपाली दूतावासले १४ जुनमा एक सूचना जारी गरी नेपाल फर्कन चार्टर्ड गरिएको उडानबारे थप जानकारी दिएको छ । सूचनामा जुन १६, १८, २० र २१ मा नेपाल एयर लाईन्स र हिमालयन एयर लाईन्सले भर्ने चार्टड उडानका लागि टिकटको मूल्य तोकेको छ ।

जसअनुसार अमेरिकी डलर ३७२ अर्थात् मलेसियन रिंगेट १५९० वा नेपाली रुपैयाँ ४५,१०० तोकिएको दूतावासद्वारा जारी सूचनामा जनाइएको छ ।

यसअघिको टिकट दर महँगो भएको भन्दै जनगुनासो बढेपछि सरकारको आग्रहमा ती एयरलाईन्सहरुले भाडादरमा कटौती गरेका हुन् ।  मलेसियाका लागि यसअघि ४६५ अमेरिकी डलर रहेकोमा अब घटाएर ३७२ डलर कायम गरिएको हो । सूचनामा ती दुई एयर लाईन्सको टिकट कहाँबाट कसरी काट्ने भन्ने जानकारी पनि उल्लेख गरिएको छ ।

वि.सं.२०७७ असार १ सोमवार १६:३८ मा प्रकाशित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...