back
CTIZAN AD

कोरोना संक्रमण नभएको प्रमाणपत्र बोकेर ओमानबाट फर्किए नेपाली कामदार

वि.सं.२०७७ असार १ सोमवार

858 

shares

१ असार, ओमान ।  ओमानमा कोरोनाबाट प्रभावित भएका नेपालीहरु आज सलाम एयरको इख्(द्धद्दठ को पहिलो चार्टड उडान मार्फत् नेपाल फर्किएका छन् ।

नेपाली दूतावास ओमानले कोभिड १९ का कारण असहजता भोगिरहेका र स्वदेश फर्कनु पर्ने नेपालीहरुलाई आज सलम एयरको चार्टड विमानमार्फत् नेपाल पठाएको हो ।

सोमबार (१५ जुन) का दिन बिहान आठ बजे नेपालीहरु सलाम यएरमार्फत नेपाल फर्किएका हुन् । नेपाली दूतावास ओमान र ओमानमाा क्रियासिल संघ संस्थाहरुको बिशेष पहलमा स्वदेश फर्कनुपर्ने नेपालीहरुले तोकिएको मापदण्ड अनुरुप कोरोना परीक्षणको रिपोर्टसहित सलाम एयरको भाडा आफैले तिरेका हुन् ।

सोहि अवसरमा नेपाली दूतावास ओमानकी राजदूत शर्मिला पराजुली ढकालले ओमानबाट नेपाल फर्किन लागेका नेपाली दाजुभाइ दिदीबहिनीहरुको सफल यात्रा तथा सुखद जीवनको कामना गरेकी थिइन् भने यात्रुहरुले पनि सहजरुपमा नेपाल फर्कने अवसर जुटाइदिएकोमा दूतावासलाई धन्यवाद दिएका थिए ।

उक्त अवसरमा यात्रुहरुको यात्रा सहजीकरणको लागि दूतावासका द्धितीय सचिव, श्रम सहचारी लगायत कूटनीतिक कर्मचारी, स्थानीय कर्मचारी तथा नेपाली सोसल क्लबका अध्यक्ष लगायत कोभिड १९ व्यवस्थापन स्वयमेसेवी सदस्यहरूको उपस्थिति रहेको थियो ।

ओमानबाट नेपाल फर्कने नेपालीहरुको पहिलो उडान १५ जुन २०२० मा भएको छ भने दोस्रो उडान १८ जुन २०२० मा हुने भएको छ । स्वदेश फर्कनको लागि भाडा प्रतिव्यक्ति ११५ ओमानी रियल तोकिएको छ भने संबन्धित सबैले कोभिड १९ को पिसीआर टेष्टको रिपोर्ट अनुसार फ्लाइट हुने दूतावासले जानकारी दिएको छ ।

वि.सं.२०७७ असार १ सोमवार २१:०९ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...