back
CTIZAN AD

आज काठमाण्डौंका तीनसहित ४२६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८२७४ पुग्यो

वि.सं.२०७७ असार ५ शुक्रवार

1.1K 

shares

५ असार, काठमाण्डौं । नेपालमा आज ४२६ जना कोरोना संक्रमणका नयाँ विरामी भेटिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज सबैभन्दा बढी संक्रमण पुष्टि भएका जिल्लामा गुल्मीमा ९४ जना, बैतडीमा ६८ जना, कैलालीमा ४६ जना, सिन्धुपाल्चोकका २१ जना र कन्चनपुरमा २० जना रहेका छन् ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएकामा झापाका १ महिला, मोरङका १ महिला र १ पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा सर्लाहीका १ महिला र १० पुरुष गरी ११ जना, सप्तरीका १ महिला र ३ पुरुष रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका अछामका १ महिला र ६ पुरुष गरी ७ जना, बाग्लुङका २ महिला र १६ पुरुष गरी १८ जना, बैतडीका ७ महिला र ५६ पुरुष गरी ६३ जना, बझाङका १ महिला र २ पुरुष गरी ३ जना, बाजुराका ८ पुरुष, डडेल्धुराका ९ पुरुष, धादिङका १ महिला, डोटीका ३ महिला र १२ पुरुष गरी १५ जना, गोर्खाका १ महिला र १० पुरुष गरी ११ जना, कैलालीका १३ महिला र ३३ पुरुष गरी ४६ जना, कास्कीका १ महिला र १ पुरुष, काठमाण्डौंका २ महिला र १ पुरुष, मकवानपुरका २ महिला, मोरङका १, महिला, म्याग्दीका १ पुरुष, नवलपरासीपूर्वका २ पुरुष, सिन्धुपाल्चोकका १० महिला र ११ पुरुष गरी २१ जना, तनहुँका ३ महिला र १६ पुरुष गरी १९ जना, पर्वतका ३ महिला र २ पुरुष गरी ५ जना, उदयपुरका २ महिला, सिन्धुलीकी १ र चितवनका १ पुरुष रहेका छन् ।

किटजन्य रोग अस्पताल तथा तालिम केन्द्र हेटौडामा मकवानपुरका १ महिला र ५ पुरुष गरी ६ जना, त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा संक्रमण देखिएका बैतडीका १ महिला र ४ पुरुष गरी ५ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्याङजाका १ पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला गण्डकीमा कास्कीका २ महिला र ४ पुरुष, नवलपरासीपूर्वका २ महिला, स्याङजाका १ पुरुष र बाग्लुङका २ महिला र ६ पुरुष गरी ८ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा बाग्लुङका १, स्याङजाका ६ पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका २ महिला र ४ पुरुष, गुलमीका १६ महिला र ७८ पुरुष गरी ९४ जना, कपिलवस्तुका ४ पुरुष, नवलपरासी पश्चिमका १ पुरुष, रुपन्देहीका २ महिलामा संक्रमण पुष्टि भएको छ ।

सेति प्रादेशिक अस्पताल कैलालीमा गरिएको परीक्षणमा अछामका १ पुरुष, कैलालीका २ महिला र १ पुरुष गरी ३ जना, कन्चनपुरका १ महिला र १९ पुरुष गरी २० जनामा संक्रमण पुष्टि भएको छ । आज संक्रमण पुष्टि भएकामा ८८ जना महिला र ३३८ पुरुष गरी जम्मा ४२६ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म नेपालमा संक्रमितको संख्या ८,२७४ पुगेको छ । महिला ७०७ र पुरुष ७,५६७ जना रहेका छन् । संंक्रमित व्यक्ति भेटिएका जिल्ला ७४ पुगेको छ ।

नेपालमा आज ६७१ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ७,८४८ पुग्यो

वि.सं.२०७७ असार ५ शुक्रवार १७:०३ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...