वलिउड नायक सुशान्तकी प्रेमिका रिया चक्रवर्तीलाई उनको परिवारले मन नपराएको कुरा बाहिर आएको छ ।
१४ जुनका दिन मुम्बईस्थित आफ्नै घरमा आत्महत्या गरेको अवस्थामा भेटिएका शुसान्तको अन्तिम संस्कारमा समेत रियालाई परिवारले सहभागी हुन नदिएको समाचार भारतीय संचारमाध्यमले लेखेका छन् ।
स्र्पाेटव्यायले आफ्नो रिर्पोटमा रियालाई परिवारले अन्तिम संस्कारमा सहभागी हुन नदिएको श्रोतलाई उल्लेख गर्दै लेखेको छ ।
१५ जुनका दिन बिहान अभिनेताको पोस्टमार्टको क्रममा कुपर अस्पतालमा देखिएकी रिया पवन हंस घाटमा गरिएको शुसान्तको अन्तिम संस्कारमा भने नदेखिएको बताइएको छ ।
यसै विषयमा रियाले सुसान्तको परिवासँग आफ्नो सम्बन्ध राम्रो नभएको पनि स्वीकारेकी छन् । शुत्रका अनुसार सुशान्तका परिवार रियालाई मन पराउँदैनथे । साथै सामाजिक संजालमा पनि रियाले सशान्तका बहिनीहरु श्वेता सिंह र किर्तीलाई फलो नगरेको र उनीहरुले पनि रियालाई फलो नगरेको बताइएको छ ।
अचम्मको कुरा त शुसान्तका बहिनीहरुले उनको पूर्वप्रेमिका कृति सेननलाई फलो गर्ने गरेको र कृतिले पनि उनीहरुलाई फलो गर्ने गरेको पाइएको छ ।

प्रहरीले रियासँग लियो बयान
सुशान्तको आत्महत्या प्रकरणमा प्रहरीले बिहिबारसम्म १० जनाको बयान लिइसकेको छ । जसमा उनकी प्रेमिका रियासँग पनि बयान दिइसकेको छ । तर, बयानका क्रममा रियाले के भनिन् भन्ने कुरा भने खुलाइएको छैन । प्रहरीले सबैको बयान सकिएपछि सुशान्तको आत्महत्या प्रकणरबारे प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ ।
रियाले यसअघि आफू र सुशान्तबीच प्रेम सम्बन्ध रहेको बताएपनि केही समययता आफूहरुबीच राम्रो सम्बन्ध नरहेको समेत बताएकी छन् ।
वि.सं.२०७७ असार ८ सोमवार १३:५० मा प्रकाशित






























