back
CTIZAN AD

मुक्तकहरु

वि.सं.२०७७ असार १० बुधवार

708 

shares


एम सी सी नल्याउ संघियता खारेज गरेर देखाउ,
सरकार देश भित्र अमृतको बिउलाई छरेर देखाउ ।
संसादमा पनि देख्यौँ हिमाल पहाड मधेस एकगठ,
यहि बेलामा हो सरकार प्रगति पथमा सरेर देखाउ ।

हाम्रो छिमेकमा बन्दुक ताना तान भएको बेलामा,
एकले आर्कालाई समेत हाना–हान भएको बेलामा ।
सचेत र संगठित हुनुपर्छ हामि अखण्ड नेपाल भित्र,
उनिहरुको बिच लडाई जाना जान भएको बेलामा ।

सरकार अबता हामि गोर्खा भर्तीलाई बन्द गर्नु पर्छ,
सधै अर्काकै देशका लागी यसरी मर्न पछि सर्नु पर्छ ।
नपठाउ अब बलिको बोका बनाएर युवा शक्ती लाई,
अब त देश भित्रमा युवाहरुको पौरख लाई छर्नु पर्छ ।

कहिले कारगिल कहिले लद्धाखमा मर्न नपरोस् हामी,
वीरहरुले खान र लाउनमा गुलामी गर्न नपरोस् हामी ।
सरकार झिना मसिना रोजगारी देउ आफ्नै देश भित्र,
अर्काको देशमा सधै रगतको खोला तर्न नपरोस् हामी ।

हाम्रो देशका जनताहरु जातियतामा नफुटेपछि मात्र,
बलियो हुन्छ हिमाल पहाड तराई कोही नछुटेपछि मात्र ।
आत्मनिर्भर पनि अबस्य बन्छ हिमाली काख एकदिन,
तर दुश्मनहरुले हाम्रो पौरखलाई अब नलुटेपछि मात्र ।

वि.सं.२०७७ असार १० बुधवार ०७:११ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...