back
CTIZAN AD

लगानीकर्तालाई खुसीको कुरा, शेयर बजार भोलीदेखि नियमित खुल्ने

वि.सं.२०७७ असार १४ आइतवार

978 

shares

काठमाडौं । धितोपत्रको दोस्रो बजार भोलि (सोमबार)बाट खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको आइतबार बसेको बैठकले सोमबारबाट सेयर बजार खोल्ने निर्णय गरेको बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले जानकारी दिएका छन् ।

उनले बताएअनुसार कसरी र कुन माडालिटीमा बजार खोल्ने भन्ने निर्णय भने नेप्सेले गर्नेछ । बोर्डमा भएको निर्णयअनुसार नेप्सेलाई पत्राचार गर्ने तयारी भएको उनले बताए । नेप्सेलाई बोर्डले पत्राचार परेपछि नेप्सेले बजार खोल्ने मोडालीटी सार्वजनीक गर्ने अध्यक्ष ढुङ्गानाले जानकारी दिए ।

कोरोना महामारीको कारण सुरु भएको लकडाउनका कारण गत चैत १० देखि सेयर बजार बन्द छ । बीचमा वैशाख ३० र ३१ गते २ दिनका लागि खुलेको थियो । त्यसपछि पुनः बन्द भएको बजार लकडाउन खुकुलो भएर आर्थिक गतिविधि सुरु हुँदासमेत सञ्चालनमा नआउँदा चौतर्फी विरोध भइरहेको थियो ।

असार ६ गते बसेको धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले बजार खोल्ने विषयमा अध्ययन गर्न कार्यकारी निर्देशक परिष्ठनाथ पौडेलको संयोजकत्वमा समिति गठन गरेको थियो । उक्त समितिको प्रतिवेदनको आधारमा बोर्डले बजार खोल्ने निर्णय गरेको हो ।

वि.सं.२०७७ असार १४ आइतवार १३:३४ मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...