back
CTIZAN AD

प्रधानमन्त्रीलाई सही मानसिक परामर्शदाताको खाँचो देखियो : रविन्द्र मिश्र

वि.सं.२०७७ असार १५ सोमवार

918 

shares

१५ असार, काठमाडौं । साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले प्रधानमन्त्री केपि शर्मा ओलीमा मानसिक समस्या देखिएको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्रीलाई गतिलो मानसिक रोग विज्ञ र विशेषज्ञको सल्लाह जरुरी रहेको बताए ।

भारत सरकारले आफुँलाई हटाउन प्रर्यत्न गरिरहेको भनेर चर्चा आएका प्रधानमन्त्रीलाई उचित मनोपरामर्शदाताको खाँचो भएको उनको तर्क छ । उनले रोग पत्ता नलाग्दा उपचार असम्भव हुने रहेको भन्दै समस्याअनुसार उपचार गर्न सल्लाहकारलाई सुझाए ।

‘हर हप्ता अत्यन्तै हलुका, सस्ता, तथ्यहीन, अशन्तुलित, विदेश सम्वन्ध र राष्ट्रिय छविमा आँच पुग्ने टिप्पणी गर्ने नेतालाई सही मनोपरामर्शदाता, मानसिक रोग विज्ञ र विशेषज्ञ सल्लाहकारहरूको खाँचो छ भन्ने वास्तविकता कसले बुझाइदिन सक्ला ?’ मिश्रले लेखेका छन्,। ‘कहिलेकाहिँ रोग पत्ता नलाग्दा उपचार असंभव हुन्छ।’

आइतबार मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले बालुवाटारमा गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार ढाल्न छिमेकी मुलुक भारत लागेको आरोप लगाएका थिए । ओलीले सरकार ढाल्नको लागि भारतले गरेको खेलमा आफ्नै पार्टी नेकपाका नेताहरु समेत सामेल भएको दाबी गरेका थिए ।

वि.सं.२०७७ असार १५ सोमवार १३:०७ मा प्रकाशित

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...