back
CTIZAN AD

प्रधानमन्त्रीले आफ्नो असक्षमतालाई छोप्न वाइह्यात कुरा गरे : धनराज गुरुङ्ग

वि.सं.२०७७ असार १५ सोमवार

855 

shares

काठमाडौं । नेपाली कांग्रेसका नेता धनराज गुरुङ्गले प्रधानमन्त्री केपि शर्मा ओलीले दिएको अभिव्यक्ति असक्षमतालाई छोप्ने वाइह्यात बाहना भएको टिप्पणी गरेका छन् ।

उनले नेकपाभित्र दिल्लीका एजेन्टहरुको बहुमत भएमात्र प्रधानमन्त्री हटाउन सक्ने बताए । सामाजिक सञ्जालमार्फत ओलीको अभिव्यक्तिमाथि प्रश्न गर्दै उनले भने, ‘दिल्लीले आफुलाई हटाउन लागेको कुरा प्र.म. ओलीले गरेछन् । पिएम नेपाल जी ! तपाईंको पार्टी भित्र दिल्लीका एसेट्सहरुको बहुमत छ र ? नेकपा संसदीय दलभित्र दिल्लीका एसेट्सहरुको बहुमत बिना तपाईंलाई दिल्लीले प्र.म.बाट हटाउन सक्दैन। अन्यथा आफ्नो असक्षमतालाई छोप्न यस्ता वाइह्यात कुरा नगर्नुस् ।’

राति–राति दुत पठाउने ओलीले सार्वजनिक खपतका लागि मात्रै अभिव्यक्ति दिएको गुरुङ्गको भनाई छ । ‘सार्बजनिक खपतका लागि भनेका हुन्, पर्सोना नन ग्राटा दिंदैनन्, बरु राति–राति दुत पठाएर भारतीय राजदुतलाई भेट्न लगाउँछन्,’ गुरुङ्गले भनेका छन् ।

आइतबार मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले बालुवाटारमा गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार ढाल्न छिमेकी मुलुक भारत लागेको आरोप लगाएका थिए । ओलीले सरकार ढाल्नको लागि भारतले गरेको खेलमा आफ्नै पार्टी नेकपाका नेताहरु समेत सामेल भएको दाबी गरेका थिए ।

वि.सं.२०७७ असार १५ सोमवार १३:४१ मा प्रकाशित

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...