back
CTIZAN AD

तालिबान समूहले गरेको आक्रमणमा परी अफगानिस्तानका ६ सुरक्षाकर्मीको मृत्यु

वि.सं.२०७७ असार १५ सोमवार

696 

shares

१५ असार । अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा शनिबार राति तालिबान समूहले गरेको आक्रमणमा कम्तीमा छ जना अफगान सुरक्षाकर्मीको मृत्यु भएको छ ।

टोलो न्यूजका अनुसार तालिबानी लडाकूले इमाम साहिब जिल्लामा सुरक्षाकर्मीको जाँच चौकीमा आक्रमण गरेका थिए । सुरक्षा स्रोतका अनुसार जाँच चौकीमा सुरक्षाकर्मीको संख्या बढाएसँगै तालिबान विद्रोहीहरु फरार भएका थिए ।

सुरक्षा स्रोतका अनुसार सरकारी फौजको प्रत्याक्रमणमा चार जना तालिबान लडाकू मारिएका छन् भने केही घाइते भएका छन् । तर यस विषयमा तालिबान समूहले कुनै प्रतिक्रिया जनाएको छैन

वि.सं.२०७७ असार १५ सोमवार १३:४५ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...