back
CTIZAN AD

ओली–प्रचण्ड वार्ता आज पनि, के निष्कर्ष निस्किएला त ?

वि.सं.२०७७ असार २३ मंगलवार

843 

shares

काठमाडौं । सत्तारुढ नेकपाभित्रको विवाद समाधानको लागि पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज पनि छलफल भएको छ ।

नेकपा पार्टी स्रोतले जनाएअनुसार अध्यक्षद्वयबीच प्रधानमन्त्री निवास बालुवाटारमा ‘वान टु वान’ वार्ता सुरु भएको हो । यसअघि सोमबार पनि अध्यक्षद्वयबीच पार्टी विवाद समाधानकै निम्ति वान टु वान वार्ता भएको थियो ।

जारी स्थायी समिति बैठकका दुई तिहाई स्थायी समिति सदस्यले प्रधानमन्त्री ओलीको दुवै पदबाट राजीनामा माग्ने तयारी भएसँगै नेकपाभित्र विवाद चुलिएको हो । यसबीच प्रधानमन्त्री ओलीले कुनै पनि पदबाट राजीनामा नदिने अडान लिँदै आएका छन् ।

तर, पछिल्ला भेटवार्तामा भने विवाद समाधानको लागि मध्यमार्गी बाटोको खोजी भईरहेको जनाइएको छ । जनाइएअनुसार पछिल्ला शीर्ष नेताहरु तथा अध्यक्षबीचको भेटवार्ता सकारात्मक हुँदै गएको छ ।

वि.सं.२०७७ असार २३ मंगलवार १३:०४ मा प्रकाशित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...