back
CTIZAN AD

आईजीपीमा शैलेशको बढुवा

वि.सं.२०७७ असार २३ मंगलवार

783 

shares

२३ असार, काठमाडौँ । सरकारले नेपाल प्रहरी को महानिरीक्षक (आईजीपी)मा अतिरिक्त महानिरीक्षक (एआईजी) शैलेश थापा क्षेत्रीलाई बढुवा गर्ने निर्णय गरेको छ ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले वरीयतामा पहिलो नम्बरमा रहेका क्षेत्रीलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।

महानिरीक्षकको प्रतिस्पर्धामा एआईजी हरिबहादुर पाल पनि थिए । थापा र पाल एकै दिन सेवा प्रवेश गरेर बढुवामा पनि सँगसँगै थिए । उनीहरुबीचमा अस्वस्थ प्रतिस्पर्धा नभएको पनि बताइने गरिन्थ्यो ।

नेपाल प्रहरीको २८ औं महानिरीक्षक बनेका थापा २०४९ सालमा प्रहरी निरीक्षक (इन्सपेक्टर) को रुपमा सेवा प्रवेश गरेका थिए ।

नवनियुक्त महानिरीक्षक थापा हाल प्रहरी प्रधान कार्यालय मानवस्रोत तथा प्रशासन विभाग प्रमुखमा कार्यरत छन् । थापा २०७६ चैत ९ गते प्रहरी नायब महानिरीक्षक (डीआईजी)बाट एआईजीमा बढुवा भएका थिए । प्रहरीमा व्यवसायिकता विकासका लागि मूल्यांकनका आधारमा थापालाई नियुक्त गर्ने प्रस्ताव गरिएको गृहमन्त्री रामबहादुर थापा ‘बादल’को स्रोतले बताएको छ ।

वि.सं.२०७७ असार २३ मंगलवार २०:३२ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...