
मनको बह तिमीलाई पोख्न मन लाग्छ
छोडेर किन गयौ साथी सोध्न मन लाग्छ
तिमीले जस्तै मैले पनि माया गरेकै थिए
कसको माया कम थियो जोख्न मन लाग्छ
हामीले हाँस्दै खेल्दै बिताएका पलहरु
हराए छन् आज कता खोज्न मन लाग्छ
उपहारमा दियौ आँशु बग्छन् आँखाबाट
हत्केलाले यी आँखाहरु छोप्न मन लाग्छ
जिन्दगी एक्लो गाह्रौ भयो यो आँशुको भारी,
कसलाई पो गह्रौ भारी बोक्न मन लाग्छ