back
CTIZAN AD

कविताः प्रभुको अदालतमा

वि.सं.२०७७ असार २७ शनिवार

732 

shares

हठात झाडिबाट शुम्भ निशुम्भहरु,
अट्टाहास गर्दै तरबार लिएर निस्के,
म दौडिए, म रोए म कराए,
हात जोडेर खुट्टा पनि समाए,
अधम ति राक्षसहरु,
भोका नरभक्षिहरु,
अन्धकार रातमा मलाइ चपाइरहे, मलाइ चपाइरहे,
मेरो कलम हिक्का छाडिरहेको थियो,
मेरो कापी आसु बगाइरहेको थियो,
मानब सभ्यता,
खेतको डिलमा बसेर,
हेरिरहेको थियो टुलुटुलु,
हुरिले झारेर अलपत्र पारेका फूलहरु,

प्रभु,
हो त्यहि रात,
मैले रोइरहेको जुन देखेकि थिए,
टलपलटपल आखाभरि
आसुबोकेका ताराहरु देखेकी थिए,
सिंगो आकास हिक्का छाडिरहेको थियो,
स्वयम् धर्ति कापेको महसुस गरेकी थिए मैले
तर, अन्धकार रातको निस्तब्दताभित्र,
कथित पराक्रमको घमन्डले
उन्मत्त साढेहरु,
फोहोर गरिरहे बागमति

र,
बाकिरह्यो मात्र बालुवा !
निस्प्राण बालुवा !
प्रभु
तल हेरिबक्सियोस्
अझै पनि मान्छे जस्ता देखिने
ति सुम्भ निसुम्भहरु
मेरै फोटो हेरेर मुसुमुसु हास्दै
मेरो श्रद्धान्जलि पुस्तिकामा हस्ताक्षर गर्दै छन्
म लाचार हेरिरहेछु,
मेरै हत्याराहरु,
जो अब मेरै फोटोको बलात्कार गरिरहेका छन्
प्रभु,

देख्नु भो नि,
त्यो शुम्भ त्यो निशुम्भ,
मस्त होटल भित्र,
लगाएर शुरक्षा कवच,
अर्को बलात्कारको प्रतिक्षामा छन्,
मेरो देश देखेर पनि देख्दैन,
बुख्यांचा कालो कोट लगाएर,
ठिंग उभिएको छ,
तारे भिर माथि,
खाली खाली छ,
अदालत !

प्रभु ! आदेश तामेली होस्,
पठाइयोस् एक जोडि यमदुतहरु,
पाता कसेर शुम्भ निशुम्भलाइ
प्रभुको अदालतमा हाजिर गराइयोस् !
निर्मललालाइ न्याय होस् !
प्रभु ! फेरि अर्को निर्मलामाथि
बलात्कार नहोस् !

वि.सं.२०७७ असार २७ शनिवार ०९:२८ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...