back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७७ असार २७ शनिवार

780 

shares

१.
मतमदिरा दिनेको जय जयकार
पोसीलो आहार दिनेको बहिष्कार
मदिराको मित्र आहाराको शत्रुता,
यस्तै स्वभावको गरे आविष्कार ।

२.
केही झै मान्दैन अरुलाई खाईमा धकेल्नु
तिर्थयात्रा गंगास्नानले कहाँ पाप पखाल्नु
जस्तो कर्म उस्तै फल सृष्टिको लेखजोखा,
राम्रो कर्म झुठो जोखनामा किन डराउनु ।

३.
उंच निच छुवाछूत भेदभाव त छ स्थायी
मानव छबि घृणित सोच गर्छ झगडा लडाई
रगत त रातो नै हो रंग रुप फरक भए पनि
मर्दाको मलामी छुट्दैन को आफ्नो को पराई ।

४.
अरुलाई रुवाएर हाँसेको देख्दा छक्क पर्छु
चरी झै यहाँ भाका फेरेको देख्दा छक्क पर्छु
तिमी बाहेक अरुमा यो नजरमा छैन भन्नेले
छड्के नजरले अरु हेरेको देख्दा छक्कै पर्छु ।

५.
छोरी ठुली भइ बिहे गरिदिने अभिभावकको ध्यान
म भन्छु आफैमा दरिलो आत्मनिर्भर हुने दिउ ज्ञान्
कैयौं चम्किला नक्षत्रहरु ज्वलन्त उदाहरण छोरी,
बिहे पछि पहिले शिक्षाको चलाउ सबैले अभियान ।

घुम दार्जिलिङ्ग घुम, हाल युएई दुबई

वि.सं.२०७७ असार २७ शनिवार १२:११ मा प्रकाशित

आमाको जन्मदिनमा सुमन दाहालको भावुक उपहार

आमाको जन्मदिनमा सुमन दाहालको भावुक उपहार

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका युवा निर्देशक सुमन दाहालले...

‘बलमा माइचा हाकुमा दाइचा’ ले फेरि चर्चाको शिखरमा रिमा

‘बलमा माइचा हाकुमा दाइचा’ ले फेरि चर्चाको शिखरमा रिमा

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा तथा गीतकार रिमा...

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...