काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी बैठकबाट नक्सा संशोधन गर्ने निर्णय आफुँले गराएको दाबी गरेका छन् । गत मंसिर अन्तिम साता भएको स्थायी समिति बैठकबाट नक्सा संशोधनको निर्णय गराएको भन्दै उनले त्यहि निर्णयका आधारमा नै सरकारले नक्सा संशोधन गरेको बताए ।
आइतबार चितवनमा भएको पार्टी कार्यकर्ता भेटघाटलाई संशोधन गर्दै उनले नक्सा संशोधन गर्ने निर्णय पार्टीको सर्वसम्मत भएको बताए । प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिप्रति जवाफ दिँदै उनले नक्सा संशोधनको प्रस्ताव गर्ने र निर्णय गराउने कसरी लम्पसारवादी भनि प्रश्न पनि गरे ।
मलाई कुन अर्थमा गर्व छ भने मंसिर ४ गते मलाई पार्टीको कार्यकारी अध्यक्षसहित पार्टी सञ्जालनको जिम्मा भनिएको थियो । यद्यपि त्यो रामैसँग लागू हुन पाएन । तर, पनि मलाई कार्यकारी भनिएको लगत्तैपछि पहिलो स्थायी समितिको बैठक मंसिरको अन्तिममा भयो । त्यसबेला भारतले नक्सा प्रकाशित गर्यो र मैले स्थायी समतिको बैठकमा हामीले पनि तुरुन्तै नक्सा प्रकाशित गर्नैपर्छ, हाम्रो भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा हामीले पनि तुरुन्तै प्रकाशित गर्नुपर्छ भनेर स्थायी कमिटीबाट सर्वसम्मत निर्णय गराएको छु । त्यो लम्पसारवाद हो ?
उनले भने, ‘मलाई कुन अर्थमा गर्व छ भने मंसिर ४ गते मलाई पार्टीको कार्यकारी अध्यक्षसहित पार्टी सञ्जालनको जिम्मा भनिएको थियो । यद्यपि त्यो रामैसँग लागू हुन पाएन । तर, पनि मलाई कार्यकारी भनिएको लगत्तैपछि पहिलो स्थायी समितिको बैठक मंसिरको अन्तिममा भयो । त्यसबेला भारतले नक्सा प्रकाशित गर्यो र मैले स्थायी समतिको बैठकमा हामीले पनि तुरुन्तै नक्सा प्रकाशित गर्नैपर्छ, हाम्रो भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा हामीले पनि तुरुन्तै प्रकाशित गर्नुपर्छ भनेर स्थायी कमिटीबाट सर्वसम्मत निर्णय गराएको छु । त्यो लम्पसारवाद हो ?’
‘कोही राष्ट्रघाती दलाल र कोही महान राष्ट्रवादी छैन’
प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति लक्षित गर्दै प्रचण्डले पार्टीभित्र आफुुँलाई महान् राष्ट्रवादी नठान्न चेतावनी दिएका छन् । उनले पार्टीभित्र कोही दलाल र कोही महान् राष्ट्रवादी नभएको बताए । उनले राष्ट्रवादलाई जिन्दावाद र मुर्दावादको विषय नबनाउन पनि चेतावनी दिए ।
‘यो पार्टीलाई एकतावद्ध राख्नु नै छ, यहाँ कोही राष्ट्रघाती दलाल, कोही महान राष्ट्रवादी भन्ने होइन, हामी सबै मिलेरै नाकाबन्दीको सामना गरेको हो। हामी सबै मिलेरै नक्सा बनाएको हो,’ प्रचण्डले भने, ‘स्थायी कमिटी बैठकमा मैले बोल्दा होस् या सबैले सरकारलाई, कमरेड केपी ओलीलाई धन्यवाद दिइएको छ, नक्सालाई तपाईं प्रधानमन्त्रीको हैसियतले वैधानिकता दिन र औपचारिकता दिनुभयो, के राष्ट्रवाद जिन्दावाद र मुर्दावादको कुरा हो ?’
पार्टीभित्र जिन्दावाद र मुर्दावाद भन्ने कुरा हो ? त्यसकारण म फेरि दोहोर्याउँछु यो पार्टीलाई विभाजित हुन दिइने छैन। पार्टी एकतावद्ध हुन्छ। तपाईं अहिले यताउता दौडिँदा पछि पछुताउनु पर्ला।
अध्यक्ष प्रचण्डले पार्टीभित्र कुनै नेतालाई जिन्दावाद र कसैको मुर्दावाद भन्ने नारा लगाउने कुरा अत्यन्तै गलत भएको टिप्पणी गरे । उनले पार्टी विभाजन नहुने भन्दै नेताहरुलाई यता उता नदौडन पनि सल्लाह दिए ।
उनले भने, ‘पार्टीभित्र जिन्दावाद र मुर्दावाद भन्ने कुरा हो ? त्यसकारण म फेरि दोहोर्याउँछु यो पार्टीलाई विभाजित हुन दिइने छैन। पार्टी एकतावद्ध हुन्छ। तपाईं अहिले यताउता दौडिँदा पछि पछुताउनु पर्ला।’
वि.सं.२०७७ असार २८ आइतवार १७:३४ मा प्रकाशित






























