back
CTIZAN AD

पहिरोमा वेपत्ता भएकालाई खोजी तथा राहत उपलब्ध गराउन सरकारसँग परिवार दलको आग्रह

वि.सं.२०७७ असार २८ आइतवार

819 

shares

२८ असार, काठमाडौं । नेपाल परिवार दलले देशका बिभिन्न स्थानमा बाढी र पहिरोका कारण वेपता भएकाहरुलाई खोजी गर्न तथा तत्काल राहत तथा स्वास्थ्य उपचारको ब्यस्था गर्न नेपाल सरकारसँग आग्रह गरेको छ ।

दलका महामन्त्री बिनोद डाँगीले आईतबार एक बिज्ञप्ति जारी गदै सिन्धुपाल्चोक, म्याग्दी पर्वत जाजरकोट लगायत देशका बिभिन्न स्थानमा बाढी र पहिरोका कारण ठूलो मानवीय तथा धनमालको क्षति भएको भन्दै प्राकृतिक विपत्तिमा परि निधन भएकाहरुको परिवारमा समवेदना व्यक्त गदै घाईतको उपचार र तत्काल आवश्यक राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन ।

परिवार दलले बाढी, पहिरो लगायत प्राकृतिक विपद्का स्थितिमा सरकारका सबै संयन्त्रले सम्पूर्ण सामर्थ्य सहित कुनै कसर नराखी जोखिम मोलेर उद्धार र सहयोग गर्नु पर्नेमा जोड दिएको छ । केही दिन यता देशका विभिन्न भागमा अविरल वर्षाका कारण आएको बाढी र पहिराले पुर्याएको जनधनको क्षतिले परिवार दल स्तब्ध भएको भन्दै प्रभावितको उद्धारमा आवश्यक सबै समयन्त्र प्रयोग गर्न आग्रह गरेको छ ।

परिवार दलले बिज्ञप्ति मार्फत असुरक्षित बसोबासका स्थानलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा विपद् न्यूनीकरणका उपायहरू अवलम्बन गर्न आग्रह गरेको छ । परिवार दलले यस्तो संकटको बेला सरकारका तीनवटै तह सक्रिय भएर उद्धारमा लाग्न आव्हन गरेको छ ।

परिवार दलले कोरना महामारीसँग अहिले आएको प्राकृति बिपत्तिबाट जनताको जीवन रक्षाको दायित्व सरकारको रहेको स्मरण गराएको छ । ‘परिवार दलले देशै भरिका आफना नेता तथा कार्यकर्तालाई उद्धारमा खट्न आव्हान गरेको छ । परिवार दलले तराई, मधेश पहाड लगायतका ठाउँहरुमा भविष्यमा आइपर्न सक्ने यस्ता प्राकृतिक प्रकोपले प्रभावित बनाउन सक्ने जोखिमपूर्ण बस्तीहरुको समयमा नै अध्ययन गरि आबस्यक पूर्व साबधानी अपनाउन सरकारको ध्यानाकर्षण गर्दछ’ बिज्ञप्तिमा भनिएको छ ।

वि.सं.२०७७ असार २८ आइतवार १७:४३ मा प्रकाशित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...