back
CTIZAN AD

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा एकैदिन चार स्थानमा राहत वितरण

वि.सं.२०७७ असार २९ सोमवार

1.5K 

shares

२९ असार, काठमाण्डौं । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले आइतबार एकैदिन काठमाण्डौंका ४ स्थानमा राहत वितरण गरेको छ ।

पत्रकार तथा सोलिडारिटी ट्रष्ट नेपालकी अध्यक्ष चन्दा थापा चन्द्रिकाको समन्वयमा गोर्कणेश्वर नगरपालिकामा रहेको सोलु बाल कल्याण अनाथलयमा २५ हजार बराबरको खाद्य सामग्री, साँखुमा रहेका अपाङगता भएका दुई युवाहरुलाई ५ बोरा चामल, र ५ प्याकेट तेल तथा टेकुको पचली भैरवमा रहेको सत्प्रयास सिद्धिसेवाश्रममा बृद्धा आमाहरुको औषधि खरिदका लागि नगद २५ हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।


त्यसैगरी सोहि दिन नै महासंघले बुढानिलकण्ठमा रहेको ओम श्री साई नेपाल बाल आश्रममा २५ हजार बराबरको चामल दाल तेल वितरण गरेको हो ।


आदिवासी जनजाति महासंघ अमेरिकाका सल्लाहकार तेन्जिङ उक्याप, पिए नेपालकी प्रमुख इन्दिरा राना मगर, भोलामणी हारतम्छाली राई, पत्रकार देवेन्द्र सुर्केली, ग्रीन इन्टर नेशनल क्लवका उपाध्यक्ष सुवि राई, सचिव सम्पदा लिम्बु अनन्त राईलगायतका व्यक्तिहरुको उपस्थिति रहेको उक्त राहत वितरण कार्यक्रममा सोलु बाल कल्याण अनाथलयका प्रमुख कामे मगर, आपाङगता भएका युवाहरुका बुवा रमेश पाण्डे र सत्प्रयास आश्रमकी प्रमुख विष्णुदेवी राज भण्डारीले कोरोना महामारीको संकटका बेला आदिवासी जनजाति महासंघले राहत वितरण गरेर सह्रानिय कार्य गरेकोमा धन्यवाद तथा आभार व्यक्त गरेका थिए ।

सोहि क्रममा महासंघका सल्लाहकार तेन्जिङ उक्यापले महामारीले ल्याएको संकटका बेला महासंघले आफ्नो जन्मभूमिप्रतिको कर्तव्य र मानवियता देखाउने प्रयास गरेको भन्दै राहत वितरण गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए ।

त्यस्तै फिप्नाले असार २२ गते सिराहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नं १ का ६० घर मुसहर समुदाय, असार २५ गते दैलेखको गुराँस गाउँपालिका वडा १ र ५ मा रहेका ५३ घर राउटे परिवारलाई धनकुटाको लेउती कोरिडोरमा रहेका ६० परिवार मजदुरहरूलाई, असार २६ गते मकवानपुरको राक्सिराँङ गाउँपालिका वडा न ५ का ६० परिवारलाई राहत वितरण गरिसकेको र सुनसरीको सप्तकोशी तटिय क्षेत्रका कोशी गाउपालिका र तमोर कोरीडोरका माँझी समुदायहरूलाई खाद्यान्य राहत वितरण गरीने फिप्नाका अध्यक्ष लोक चेम्जोङले जानकारी दिएका छन् ।

त्यस्तै दैलेखको ५३ घर परिवार राउटे समुदायका लागि १–१ का थान त्रिपाल ( टेन्ट) र उपत्यकाको २० घरबाहविहिनहरूलाई २० वटा त्रिपाल वितरण गरेको छ ।


नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना) को आर्थिक सहयोग, नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद् सचिवालय काठमाण्डौ नेपालको समन्वयमा स्थानिय गाउँपालिका, स्थानिय संघसंस्थाहरू, नेफिन शाखाहरू, फोनिज केन्द्र तथा विभिन्न सामाजिक अभियन्ताहरूसंग सहकार्यमा राहत वितरण गरिएको पनि अध्यक्ष चेम्जोङले संसारन्युजलाई जानकारी दिएका छन् ।

अमेरिकादेखि राहत बाड्दै नेपालसम्म आइपुग्यो फिप्ना

वि.सं.२०७७ असार २९ सोमवार १४:३४ मा प्रकाशित

प्रतिनिधिसभा : कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्यामा समाधान गर्न सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभा : कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्यामा समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । सांसदहरुले कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्या...

मण्डनदेउपुर बृहत खानेपानी आयोजना अन्तिम चरणमा

मण्डनदेउपुर बृहत खानेपानी आयोजना अन्तिम चरणमा

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिकामा सञ्चालित सुक्खा क्षेत्र बृहत खानेपानी आयोजना...

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

काठमाडौँ । आराध्यदेव श्री पशुपतिनाथको मूर्तिमा श्रीयन्त्रको पूजा आराधना प्रयोजनका...

सुकुमवासीको समस्या तत्काल समाधान गर्न आग्रह

सुकुमवासीको समस्या तत्काल समाधान गर्न आग्रह

काठमाडौँ । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र सार्वजनिक...

प्रतिनिधिसभाः असार अगावै कृषि क्षेत्रका समस्या समाधान गर्न सांसदको माग

प्रतिनिधिसभाः असार अगावै कृषि क्षेत्रका समस्या समाधान गर्न सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले असार आउन लागिसके पनि कृषि क्षेत्रका...

प्रतिनिधिसभाः यार्सा खोज्ने क्रममा लेक लागेर बिरामी परेका युवाको उद्धार गर्न माग

प्रतिनिधिसभाः यार्सा खोज्ने क्रममा लेक लागेर बिरामी परेका युवाको उद्धार गर्न माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद...