back
CTIZAN AD

भारतीय संचारमाध्यमका उत्ताउला हर्कत,नेपाली प्रधानमन्त्रीमाथीका यी फत्तुर आरोपहरु

वि.सं.२०७७ असार ३० मंगलवार

711 

shares

३० असार, काठमाडौँ । पछिल्ला दिनहरुमा भारतीय संचारमाध्यमहरु प्रधानमन्त्री ओलीको विरुद्धमा अत्यन्त घृणित रुपमा उत्रिएका छन । नेपालले आफ्नो अतिक्रमित भूमि समेटेर नयाँ नक्सा जारी गरेसँगै छिमेकी देश भारतसँगको सम्बन्धमा चिसोपन आएको छ । भारतीय मेडियाहरुले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सबैभन्दा दुश्मन ठानेको छ । पछिल्ला दिनहरुमा भारतीय संचारमाध्यमहरु प्रधानमन्त्री ओलीको विरुद्धमा सोच्नै नसकिने गरी अत्यन्त घृणित रुपमा उत्रिएका छन् । परराष्ट्र मन्त्रालयले आइतबार मात्र भारतीय केही सञ्चार माध्यममा नेपाल र नेपाली शीर्ष नेतृत्वविरुद्ध आपत्तिजनक, आधारहीन र असंवेदनशील सामग्री प्रसारण र प्रकाशन भएकोमा  भारतको गम्भीर ध्यानाकर्षण गराएको थियो ।

परराष्ट्र मन्त्रालयले नयाँ दिल्लीस्थित नेपाली दूतावासमार्फत भारतीय विदेश मन्त्रालयलाई ध्यानाकर्षण पत्र लेख्दै आगामी दिनमा नेपाल र नेपाली विरुद्धका यस्ता अश्लील र आधारहीन सामग्रीले भारतीय सञ्चार माध्यममा ठाउँ नपाउने सुनिश्चितता गर्न आग्रह गर्दै पत्र पठाएको थियो । तर फेरि प्रधानमन्त्री ओलीलाई भ्रष्ट प्रधानमन्त्री भन्दै भारतीय मिडियाहरुले समाचार सम्प्रेषण गरेका छन् ।

ग्लोबल वाच एनालाइसिसको रिपोर्टमा यो दाबी गरिएको भन्दै समाचारमा चीनले आफ्नो पक्षमा पार्न गरीब देशका भ्रष्ट नेताहरूको प्रयोग गर्ने गरेको र नेपाल यसको एक उदाहरण भएको उल्लेख गरिएको छ । (भारतीय संचारमाध्यमले ग्लोबल ग्लोबल वाच एनालाइसिसको रिपोर्ट भनेर दाबी गरेको यो हो हेर्नुस्)

‘चीनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई घूस दिएर त्यहाँ प्रवेश ग¥र्याे । ओलीको सम्पत्ती केही वर्षमा तीव्र गतिमा बढेको छ । ओलीले अन्य देशहरूमा सम्पत्तीहरू जम्मा गरेका छन् । उनीमाथि चीनको सहयोगमा धेरै व्यापारिक कारोबारमा भ्रष्टाचार भएको आरोप लगाइएको छ ।’ समाचारमा जनाइएको छ ।

ओलीको स्विट्जरल्याण्डको जेनेभामा मीराबोड बैंकमा खाता रहेको र सो खातामा  ५.५ मिलियन डलर अर्थात् करिब ४१ करोड ३४ लाख रहेको रिपोर्टमा दाबी गरिएको भनिएको छ । समाचारमा उल्लेख भए अनुसार प्रधानमन्त्री ओलीले यो रकम लामो अवधिको निक्षेप र सेयरको रूपमा लगानी गरेको हुन् । ओली र उनकी श्रीमती राधिका शाक्यले वार्षिक १ करोड ८७ लाख फाइदा लिइरहेका छन् ।

‘गरीब देशका भ्रष्ट नेताहरूको सहयोगमा, चीनले यी देशहरूमा चिनियाँ कम्पनीहरू पठाउँदछ । यसपछि, यसले बिस्तारै त्यो देशको राजनीतिमा हस्तक्षेप गर्न थाल्छ । यसको पछाडि चीनको उद्देश्य त्यो गरीब देशमा लामो समयसम्म आफ्नो प्रभुत्व कायम राख्नु हो’, समाचारमा भनिएको छ । (दैनिक भास्कर नेपाली मिडियाहरुले सबैभन्दा धेरै फलोअप गर्ने अनलाइन हो । )

प्रधानमन्त्री ओलीले कति पटक चीनको सहयोगमा भ्रष्टाचार गरे भनेर यसरी भनिएको छ :
ओलीले २०१५–०१६ मा आफ्नो पहिलो कार्यकालमा कम्बोडियाको टेलिकम्युनिकेशन क्षेत्रमा लगानी गरे । उनलाई नेपालका लागि चीनका तत्कालीन राजदूत वी चुनताईले सहयोग गरेका थिए । ओलीका घनिष्ठ मित्र तथा नेपाली व्यवसायी शेयरिंग शेर्पाले सम्झौताको निर्णय गरेका थिए । यसलाई कम्बोडियाका प्रधानमन्त्री हुन सेन र चिनियाँ कूटनीतिज्ञ फेनुम पेन र बो जिआन्जियोले पनि सहयोग गरेका थिए ।

ओलीलाई उनको दोस्रो कार्यकालको दौडान भ्रष्टाचारको आरोप पनि लगाइएको थियो । उनले डिसेम्बर २०१८ मा चिनियाँ टेलिकम कम्पनी हुवेईलाई डिजिटल एक्शन रूम निर्माण गर्न दिने सम्झौतामा हस्ताक्षर गरे । नेपालको सरकारी टेलिकम कम्पनीले सजिलै यो काम गर्न सक्ने हुँदा हुँदै पनि चिनीया कम्पनीलाई दिएर प्रधानमन्त्री ओलीले चीनबाट पैसा लिएका थिए ।

मे २०१९ मा नेपाल टेलिकम्युनिकेसनले हङकङमामा चिनियाँ कम्पनीसँग रेडियो पहुँच नेटवर्क सिर्जना गर्न सम्झौता गर्¥यो । सोही वर्षमा फोर ४ जी नेटवर्क स्थापना गर्न चिनियाँ कम्पनी जेटीईसँग सम्झौता भएको थियो । यी दुबै परियोजना १३० मिडियन यूरो (करिब ११०६ करोड) को लागतमा सम्पन्न हुने भनिएको थियो । यी आयोजनाहरूलाई अन्तिम रूप दिने क्रममा प्रधानमन्त्री ओलीको हस्तक्षेप भएको बारेमा पनि चर्चा भएको थियो ।

यस वर्ष जुनमा, नेपालले कोरोनाको लागि ७३ मिलियन यूरो (करीव ६२१) करोडको लागि प्रोटेक्टिव गियर्स र परीक्षणका सामाग्रहरु खरिद ग¥र्याे । ती सामानहरु कमसल भएको तर तिनीहरूको लागत भने उच्च थियो । नेपालका विद्यार्थीहरूले यसको बारेमा प्रदर्शन गरे । सरकारले उनीहरूको खरीदको बारेमा स्पष्ट जानकारीको माग गरेको थियो । यस सम्बन्धमा नेपालका स्वास्थ्य मन्त्री र ओलीका नजिकका केही वरिष्ठ सल्लाहकारहरू विरुद्ध अनुसन्धान भइरहेको जनाइएको छ ।

वि.सं.२०७७ असार ३० मंगलवार ०९:०८ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...