back

शालिक निर्माणार्थ बेलायतका बिभिन्न नेपाली समूदायद्वारा चेक हस्तान्तरण

वि.सं.२०७७ असार ३१ बुधवार

156 

shares
NTC AD
Global IME AD

३१ असार, फान्ब्रो । ग्रेटर रशमोर नेपाली कम्युनिटीको बिशेष प्रोजेक्ट अन्तर्गत बेलायतमा बन्न लागेको प्रथम भि सि बिजेता हवल्दार कुलबिर थापाको शालिक निर्माणार्थ बिभिन्न नेपाली समूदायद्वारा चेक हस्तान्तरण् गरिएको छ ।

स्थानिय रशमोर ब्रो काउन्सिलको प्रांगढमा बन्न लागेको उक्त शालिक निर्माणार्थ बेलायतमा रहेका बिभिन्न व्यक्ती तथा समूदायमार्फत् आर्थिक सहयोग आउने क्रम जारी रहेको छ ।

भौतिक रुपमा सरीक भई चेक हस्तान्तरण गर्ने क्रममा यसपटक सान्ध्रश्ट नेपाली कम्युनिटीबाट अध्यक्ष राम कुमार लिम्बुद्वारा १,०५१, गोर्खा जिल्ला गुरुङ समाज अध्यक्ष फडकजित गुरुङ् र महासचिव मान गुरुङबाट १००१, मगर संघ रश्मोर शाखाकी अध्यक्ष हेमा राना, कोषाध्यक्ष गणेश बुढाथोकी र सचिव बिर बलालबाट ११०० तथा इन्टेक १९८६ अध्यक्ष मेजर योगेश राइद्वारा १,९८६ पाउण्डको चेक, प्रोजेक्ट संयोजक मेजर खिम गौचन र जि आर एन सि अध्यक्ष राम धन राइलाई संयूक्त रुपमा हस्तान्तरण गरेका छन् ।

यो ऐतिहासिक प्रोजेक्टका लागि १२५ जति संघसंस्था एवंम व्यक्तिबाट १००० पाउण्ड सहयोग लिने अपेक्षा गरिएकोमा सहयोगी हातहरुको व्यापक दवाव रहेकोले हाललाइ १४० जनाको मात्र सहयोग लिइ शालिकको आकार बढाउनुको साथै स्तरीय बेशको निर्माण गर्ने निर्णय भएको प्रोजेक्ट प्रवक्ता ओम थापाले जानकारी दिएका छन् ।

चेक हस्तान्तरण कार्यक्रममा जि एम पि टिम, जि आर एन सि सदस्य लगायत शेष कुमारी पल्ली समेतको सहभागिता रहेको थियो ।  बिद्यमान कोरोना भाइरस संक्रमणमा अपनाइनुपर्ने सरकारको नितिलाई मध्येनजर गर्दै सामाजिक दूरिलाई बिशेष ध्यान दिइएको थियो ।

वि.सं.२०७७ असार ३१ बुधवार १४:२३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

लन्डन । युवा अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक...

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

प्रेम परियार, नर्बे । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद...

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

मलेसिया । नेपाली जनप्रगतिशील मन्च मलेसियाको जोहोर बारु क्षेत्रीय समितिको...

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता गंगाधर गौतमले...

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

काठमाडौं । भारतको नैनीतालमा भएको जिप दुर्घटनामा सात नेपालीको मृत्यु...

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

तपाइसङ्ग सेभिङ्ग भएन, अहिले उमेरमै रोजगारिको तनाखा बुझ्दा कर तिर्नु...