back
CTIZAN AD

शालिक निर्माणार्थ बेलायतका बिभिन्न नेपाली समूदायद्वारा चेक हस्तान्तरण

वि.सं.२०७७ असार ३१ बुधवार

837 

shares

३१ असार, फान्ब्रो । ग्रेटर रशमोर नेपाली कम्युनिटीको बिशेष प्रोजेक्ट अन्तर्गत बेलायतमा बन्न लागेको प्रथम भि सि बिजेता हवल्दार कुलबिर थापाको शालिक निर्माणार्थ बिभिन्न नेपाली समूदायद्वारा चेक हस्तान्तरण् गरिएको छ ।

स्थानिय रशमोर ब्रो काउन्सिलको प्रांगढमा बन्न लागेको उक्त शालिक निर्माणार्थ बेलायतमा रहेका बिभिन्न व्यक्ती तथा समूदायमार्फत् आर्थिक सहयोग आउने क्रम जारी रहेको छ ।

भौतिक रुपमा सरीक भई चेक हस्तान्तरण गर्ने क्रममा यसपटक सान्ध्रश्ट नेपाली कम्युनिटीबाट अध्यक्ष राम कुमार लिम्बुद्वारा १,०५१, गोर्खा जिल्ला गुरुङ समाज अध्यक्ष फडकजित गुरुङ् र महासचिव मान गुरुङबाट १००१, मगर संघ रश्मोर शाखाकी अध्यक्ष हेमा राना, कोषाध्यक्ष गणेश बुढाथोकी र सचिव बिर बलालबाट ११०० तथा इन्टेक १९८६ अध्यक्ष मेजर योगेश राइद्वारा १,९८६ पाउण्डको चेक, प्रोजेक्ट संयोजक मेजर खिम गौचन र जि आर एन सि अध्यक्ष राम धन राइलाई संयूक्त रुपमा हस्तान्तरण गरेका छन् ।

यो ऐतिहासिक प्रोजेक्टका लागि १२५ जति संघसंस्था एवंम व्यक्तिबाट १००० पाउण्ड सहयोग लिने अपेक्षा गरिएकोमा सहयोगी हातहरुको व्यापक दवाव रहेकोले हाललाइ १४० जनाको मात्र सहयोग लिइ शालिकको आकार बढाउनुको साथै स्तरीय बेशको निर्माण गर्ने निर्णय भएको प्रोजेक्ट प्रवक्ता ओम थापाले जानकारी दिएका छन् ।

चेक हस्तान्तरण कार्यक्रममा जि एम पि टिम, जि आर एन सि सदस्य लगायत शेष कुमारी पल्ली समेतको सहभागिता रहेको थियो ।  बिद्यमान कोरोना भाइरस संक्रमणमा अपनाइनुपर्ने सरकारको नितिलाई मध्येनजर गर्दै सामाजिक दूरिलाई बिशेष ध्यान दिइएको थियो ।

वि.सं.२०७७ असार ३१ बुधवार १४:२३ मा प्रकाशित

ओएनएफ कतारको अध्यक्षमा अफसर अली खान सर्वसम्मत

ओएनएफ कतारको अध्यक्षमा अफसर अली खान सर्वसम्मत

प्रवासी नेपाली मञ्च (ओएनएफ) कतारको आठौँ अधिवेशनबाट अफसर अली खान...

प्रवासी नेपाली मञ्च अमेरिका महादेशको अध्यक्षमा यमुना भट्टराई निर्वाचित

प्रवासी नेपाली मञ्च अमेरिका महादेशको अध्यक्षमा यमुना भट्टराई निर्वाचित

प्रवासी नेपाली मञ्च (ओएनएफ) अमेरिका महादेश कमिटीको अध्यक्षमा यमुना भट्टराई...

ब्राम्पटनमा नेपाल फेस्टिभल २०२६ सम्पन्न, १० हजारभन्दा बढी दर्शककाे उपस्थिति

ब्राम्पटनमा नेपाल फेस्टिभल २०२६ सम्पन्न, १० हजारभन्दा बढी दर्शककाे उपस्थिति

ब्राम्पटन, ओन्टारियो । क्यानडाको ब्राम्पटनमा जुलाई २५, २०२६ मा आयोजना...

नेपाली जनसम्पर्क समिति अमेरिकाको अध्यक्षमा गौतम दाहालको उम्मेदवारी

नेपाली जनसम्पर्क समिति अमेरिकाको अध्यक्षमा गौतम दाहालको उम्मेदवारी

नेपाली जनसम्पर्क समिति, अमेरिकाको आगामी अध्यक्षका लागि मेरिल्याण्ड निवासी गौतम...

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

जेनेभा । नेपाल र युरोपमा कार्यरत नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरू...

एनआरएनए अध्यक्ष डा शर्माले सार्वजनिक गरे व्यक्तिगत खर्चको विवरण? ४ महिनामा ३३ लाख बढी खर्च

एनआरएनए अध्यक्ष डा शर्माले सार्वजनिक गरे व्यक्तिगत खर्चको विवरण? ४ महिनामा ३३ लाख बढी खर्च

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा। हेमराज...