back
CTIZAN AD

टेलिकमका सबै संगठन धर्नामा, माग पूरा नभए गम्भिर स्थिति हुने चेतावनी

वि.सं.२०७७ असार ३१ बुधवार

1.4K 

shares

३१ असार, काठमाडौं । अत्यधिक हिस्सेदारी सरकार रहेको नेपाल टेलिकमका कर्मचारीहरु धर्ना सहितको कार्यक्रममा उत्रेका छन् ।

नेपाल टेलिकममा क्रियाशील ३ वटा संगठनहरु एकजुट भएर समान धारणासहित उत्रेको कारण उनीहरुले उठाएका माग पूरा हुने अनुमान गरिएको छ ।
टेलिकममा आधिकारीक युनियनको रुपमा क्रियाशील नेपाल दूरसंचार राष्ट्रिय कर्मचारी संगठन (NTEAN), नेपाल टेलिकम वर्कर्स युनियन ( NTCWU ), र नेपाल टेलिकम कर्मचारी युनियन (NTEU) को संयुक्त आयोजनामा कर्मचारीहरु आन्दोलित रहेका छन् ।

टेलिकमका युनियनहरुलाई राजनैतिक दल र गुटले स्वार्थ अनुसार उपयोग गर्ने गरेको कारण सामुहिक सौदावाजीको विषय कहिलेकाँही छायाँमा परेको अनुभुति कर्मचारीहरुले गर्दै आएका थिए । तर, यो पटक सबै संगठन एकमत र एकजुट भएर धर्नाको चरणसम्म आइपुगेका छन् ।

धर्नाकारीका अनुसार सरकारले नेपाल दुरसंचार प्राधिकरण मार्फत् ५ वर्षको लागि २० अर्ब नविकरण महशुल तोक्दा कुनै बैज्ञानिक विधि, मापन र प्रणाली अंगिकार गरेको थिएन । तथापी सरकारी अनुरोध र दवावमा टेलिकमले कहिले साढे २ अर्वको हिसाबले ८ किस्तामा र कहिले ४ अर्बको हिसाबले ५ किस्तामा तिर्दै आएको थियो ।

सरकारको निर्णय प्रक्रियामै असन्तुष्टि जनाएका कर्मचारीलाई छलेर व्यवस्थापनले सुटुक्क पैसो पठाएको भन्दै विरोध बढेको हो । टेलिकमको प्रतिश्प्रधीका रुपमा ठानिएको एनसेलको कर प्रकरणमा सरकारको गम्भीर ध्यान नपुगेको विरोध बढेका बेला टेलिकमका कर्मचारीको ध्यानाकर्षण र धर्ना तथा दवाव अस्वभाविक नभएको ग्राहक कृष्णराम मगरातीले संसारन्युजलाई बताएका छन् ।

यसबाहेक कर्मचारी बिनियमावलीको विषय पनि उनीहरुले जोडेका छन । दशौं र एघारौं तहमा क्यापको विषय, प्रबन्ध निर्देशकको लियन पद र विशेष बढुवा लगायतका व्यवस्था संस्था तथा कर्मचारीमैत्री नभएको भन्दै उनीहरुले बिरोध गरेका छन । यस्तो बेलामा धर्ना ? भन्ने संसार न्यूजको प्रश्नमा कर्मचारी नेता बाबूजी पंडितले, ‘यो महामारीको बेला अर्कौ ठूलो माहामारी थप्न खोजेकाले ध्यानाकर्षण हुँदै धर्नासम्म आईपुगेको हो ।’

‘यसलाई सामान्य मानियो भने स्थिति गम्भिर बन्छ ।’ चेतावनीको शैलीमा पंडितले प्रतिक्रिया दिए ।

नेपाल टेलीकमका एक उच्च व्यवस्थापकले नाम नराख्ने सर्तमा भने ‘हामी बाध्य छौं सरकारको निर्णय मान्न तर कर्मचारीहरुको माग पनि जायज छ ।’

तस्वीर: कर्मचारी संगठनको फेसबुक वालबाट

वि.सं.२०७७ असार ३१ बुधवार १५:२४ मा प्रकाशित

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा शनिबार चारवटा...

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

भद्रपुर (झापा) । झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई...

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पोखरा । पर्वत मिलन समाज, पोखरा र चरक मेमोरियल अस्पताल...

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...