back
CTIZAN AD

साउने सङ्क्रान्तिमा कर्णालीमा बिदा

वि.सं.२०७७ असार ३१ बुधवार

846 

shares

३१ असार । कर्णालीमा प्रदेश सरकाले साउने सङ्क्रान्तिको अवसरमा भोलि अर्थात् साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश मन्त्रिपरिषद्को निर्णयका आधारमा भोलि प्रदेशका १० वटै जिल्लामा साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा हुने जनाएको छ ।

प्रदेश मन्त्रिपरिषद्को बैठकले साउन १ गतेसहित सात दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सरकारले धान दिवसका दिन असार १५ र चैत १२ (जुम्लामा मात्र), साउने सङ्क्रान्ति तथा देउडापर्वको अवसरमा साउन १, प्रदेश स्थापना तथा शहीद दिवस भदौ ४, चन्दननाथ मन्दिरको लिङ्गो बोक्ने मेला ९जुम्लामा मात्र० असोज कृष्ण त्रयोदशी, माघे सङ्क्रान्ति माघ १, चैते दशैँ चैत शुक्लअष्टमी, फोत्तोलो ल्होसारका अवसरमा तिथिअनुसार बिदा दिने निर्णय गरेको हो ।

वि.सं.२०७७ असार ३१ बुधवार १५:४६ मा प्रकाशित

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली । नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका...

ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन

ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले खाना पकाउने...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने

नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने

कर्णाली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी...

सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

कर्णाली । नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव...

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद...