back
CTIZAN AD

डिशहोमले आईपिओ जारी गर्ने, सेयर निष्काशनको जिम्मा ग्लोबल आईएमईलाई

वि.सं.२०७७ साउन ५ सोमवार

843 

shares

काठमाडौं । नेपालको पे टिभी उद्योगमा नेतृत्वदायी भूमिका निर्वाह गरेको डिशहोम मिडिया नेटवर्क लिमिटेडले साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले २३ करोड ८५ लाख ९२ हजार ९ सय रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको हो ।

आईपीओ जारी गर्नको लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । जनाइएअनुसार डिशहोमले असार ३० मा नै बोर्डमा आवेदन दिएको थियो ।

कम्पनीले अंकित मुल्य एक सय रुपैयाँको दरले २३ लाख ८५ हजार ९ सय २९ कित्ता सेयर निष्काशन गर्नेछ । उक्त शेयर निष्काशन तथा बिक्रीको जिम्मा कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई दिएको छ ।

शेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब २५ करोड पुग्नेछ । डिशहोमले गत आर्थिक वर्षमा २९ करोड २७ लाख ९५ हजार रुपैयाँको खुद नाफा कमाएको थियो भने चालु आर्थिक वर्षको ९ महिनामा मात्रै २८ करोड ३३ लाख ६९ हजार रुपैयाँ खुद नाफा गरेको छ ।

डाइरेक्ट टू होम (डीटीएच) प्रविधिमार्फत स्वेदशी तथा विदेशी च्यानलहरुलाई बिक्री गर्दै आएको डिशहोमले बजार निकै छिटो विस्तार गरेको छ ।

वि.सं.२०७७ साउन ५ सोमवार १७:२८ मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...