back
CTIZAN AD

रहेनन् बरमन बुढा, महराद्वारा गहिरो शोक व्यक्त

वि.सं.२०७७ साउन ७ बुधवार

1K 

shares

७ साउन, काठमाडौँ । पूर्वसांसद बर्मन बुढा मगरको ९० बर्षको उमेरमा निधन भएको छ । बुढाको आज विहान ४ः३० बजे पाटन अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।

पूर्वसभामुख तथा प्रतिनिधिसभा सांसद कृष्णबहादुर महराले बर्मन बुढामगरको निधनको खबरप्रति गहिरो दुःख व्यक्त गरेका छन् । बुढाको मृत्युको खबरले आफूलाई स्तव्ध बनाएको बताएका छन् । दुखद् यस घडिमा बर्मन बुढाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सम्पूर्ण परिवार तथा आफन्तजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।

महराले बुढासँगको राजनीतिक सहकार्यको स्मरण गर्दै भनेका छन् ‘रोल्पा क्षेत्र न २ बाट निर्वाचित भई उँहा र मैले तत्कालित संयुक्त जनमोर्चा नेपालका तर्फवाट संगै सांसद को भुमिका निर्वाह गरेका थियौ । श्री बर्मन बुढा मगर एक कम्युनिष्ट आदर्श तथा अडिक र निडर व्यक्तित्वको रुपमा म उहालाई सधै स्मरण गरिरहन्छु । उँहा कम्युनिष्टकै किल्ला रोल्पा थवाङ निवासी हुनुहुन्थ्यो ।’

बर्मन बुढामगर २०४८ सालमा रोल्पा क्षेत्र न १ वाट निर्बाचित सांसद थिए ।

उनको निधनमा अन्य विभिन्न व्यक्तित्वहरुले समेत दुःख व्यक्त गरेका छन् । मगर भेषभुषा झल्काउने सामान्य पहिरनमा संसदमा भाग लिने उनी सरल र मिजासिला मानिन्थे ।

वि.सं.२०७७ साउन ७ बुधवार १०:१४ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...