back
CTIZAN AD

प्रवासी नेपाली एकता मन्च नर्वेले  क्रिकेट प्रतियोगिताको आयोजना गर्ने

वि.सं.२०७७ साउन ८ बिहीवार

768 

shares

 ८ साउन, काठमाडौं । प्रवासी नेपाली एकता मन्च नर्वेले  क्रिकेट प्रतियोगिता गर्ने भएको छ ।

मन्चले यहि आउँदो  २६  जुलाईमा  ओस्लोस्थित सोग्सभानको खेल मैदानमा मैत्रीपूर्ण  क्रिकेट  रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने भएको हो ।

नेकपाको भातृ संगठन प्रवासी नेपाली एकता मन्चले  पहिलोपटक  टि-१०  क्रिकेट खेल प्रतियोगिताको आयोजना गर्ने भएको हो ।  समर विदालाई मध्येनजर गर्दै संस्थाले गर्दै आएको महिलाहरुद्वारा घैटो फुटाल्ने साना बालबालिकाले तातो आलु -Hot Potato)  बिगतमा गर्दै आएको खेललाइ निरन्तरता दिदै यस बर्षदेखि चर्चित खेल क्रिकेट थप गर्दै आफ्नो बार्षिक खेल क्यालेन्डर अनुसार नयाँ प्रतियोगितालाई अघि सारेको आयोजक कमिटिका संयोजक मनोज (शर्मा) अधिकारीले बताए ।

स्वास्थ्य र मनोरन्जनको साथै खेलको माध्यम बाट नर्वेमा स्थापित नेपाली संघ संस्था बीच भाई चाराको सम्बन्ध मजबुत बनाउने उध्येश्यले गरिने यस प्रतियोगितामा गैर आवासीय नेपाली संघ ( NRNA ,) नेपाली पोर्तुगिज समाज ( Nepos ) नेपाली जन सम्पर्क समिति (JSS ) बाट २ , प्रबासी नेपाली एकता मंन्च (ONUF ) बाट २ Nesco र नेप्सा (NEPSA ) गरि ८ टिम सहभागी हुनेछन।

प्रतियोगितामा बिजेता, उपबिजेता, सहभागी टिमलाई मेडल प्रमाणपत्र र नगद पुरस्कार बितरण गरिने आयोजक कमिटिका अध्यक्ष बिश्वास बजगाईले बताएका छन् ।

प्रतियोगिता प्रचार-प्रसार सहितको जिम्मेवारीको सम्पूर्ण कार्य बिभाजनको अन्तिम चरण पूरा भैसकेकोले कार्यक्रम भब्य सफलताका साथ् सम्पन्न हुने बिश्वास गरिएको आयोजक कमिटीले जनाएको छ ।

कार्यक्रम पश्चात उपस्थित जनसमुदायलाई नेपाली खानाको ब्यबस्था रहेकोले कार्यक्रम थप रोचक रहने बुझिएको छ । सो प्रतियोगितामा सम्पूर्ण नेपाली समुदायलाई सहभागिता जनाउनु हुन हार्दिक निमन्त्रणा गरिएको कार्यक्रम बिहान ९ बजे देखि साझ १९ बजेसम्म निर्धारण गरिएको छ  ।

वि.सं.२०७७ साउन ८ बिहीवार १५:१२ मा प्रकाशित

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...