
जति सक्छौ लगाउ दम फरक पर्दैन
दिएपनी मुटु दुख्ने जखम फरक पर्दैन
देशको सीमा मिच्न पाइदैन ए छिमेकी
बन्दुक हान्नुस् या त बम फरक पर्दैन
मलाई एउटै कुरा बारम्बार भन्न मन छ
अत्याचारीको लागी खाडल खन्न मन छ
ए सरकार त चुपचाप बसेपनि बस्दै गर
यी देश द्रोहीहरुको लागि यम बन्न मन छ
आँखाबाट आँसु बगाई बाँचेको छु आमा
दुःखी जीवन चित्त बुझाई बाचेको छु आमा
सहेर दिनहुँ साहुका तिखा तिखा बचनहरु
पत्थर जस्तो मुटु बनाई बाँचेको छु आमा
धुवाँ धुवाँ धुलोधुलो बनाइ जलाइ दियो
पापी दुष्टहरुले अछुत गराइ जलाइ दियो
महोदय यो कस्तो कपुतहरुको समाज हो
पानी छोएकै भरमा दलितलाई जलाइ दियो
बिच सफरमा पाइला मोडी जान्छन्
वर्षौ देखीको सम्बन्ध तोडी जान्छन्
तिमी बिना बाँच्न सक्दैन भन्नेहरु नै
लगाइ अनेकौं आरोप छोडी जान्छन्
पुर्बिचौकी गाउँपालीका ५ डोटी, हालःभारत
वि.सं.२०७७ साउन १७ शनिवार ०८:१९ मा प्रकाशित






























