back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७७ साउन १७ शनिवार

813 

shares

जति सक्छौ लगाउ दम फरक पर्दैन
दिएपनी मुटु दुख्ने जखम फरक पर्दैन
देशको सीमा मिच्न पाइदैन ए छिमेकी
बन्दुक हान्नुस् या त बम फरक पर्दैन

मलाई एउटै कुरा बारम्बार भन्न मन छ
अत्याचारीको लागी खाडल खन्न मन छ
ए सरकार त चुपचाप बसेपनि बस्दै गर
यी देश द्रोहीहरुको लागि यम बन्न मन छ

आँखाबाट आँसु बगाई बाँचेको छु आमा
दुःखी जीवन चित्त बुझाई बाचेको छु आमा
सहेर दिनहुँ साहुका तिखा तिखा बचनहरु
पत्थर जस्तो मुटु बनाई बाँचेको छु आमा

धुवाँ धुवाँ धुलोधुलो बनाइ जलाइ दियो
पापी दुष्टहरुले अछुत गराइ जलाइ दियो
महोदय यो कस्तो कपुतहरुको समाज हो
पानी छोएकै भरमा दलितलाई जलाइ दियो

बिच सफरमा पाइला मोडी जान्छन्
वर्षौ देखीको सम्बन्ध तोडी जान्छन्
तिमी बिना बाँच्न सक्दैन भन्नेहरु नै
लगाइ अनेकौं आरोप छोडी जान्छन्

पुर्बिचौकी गाउँपालीका ५ डोटी, हालःभारत

वि.सं.२०७७ साउन १७ शनिवार ०८:१९ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...