
घनघोर छ बृष्टि
लथालिङ्ग पारी सृष्टि
भगवानको छैन दृष्टि ।
भो वचन अधुरा
भनेको मानेनौ कुरा
घोपी दियौ मुटुमा छुरा ।
बन्छ काँडा निश्चित
कैले हार कैले जित
हुन्छ जिन्दगी नै पीडित ।
समय हो मार्दिन्छ
घर न घाट पार्दिन्छ
शिखर चढाइ झार्दिन्छ ।
भर्छ खुसी रोशनी
चन्द्रमा छर्छ चाँदनी
आएर उज्यालो आँगनी ।
कुनै कहरमा छु
मान्छेले मान्छे चिन्दैनन
अँध्यारोको प्रहरमा छु ।
कमल गा पा १ हाल-गौरादह न पा २ झापा
वि.सं.२०७७ साउन १७ शनिवार ०८:२१ मा प्रकाशित






























