back
CTIZAN AD

तनहुँमा बन्यो गण्डकी प्रदेशकै ठूलो सभागृह

वि.सं.२०७७ साउन २० मंगलवार

732 

shares

२० साउन, तनहुँ । गण्डकी प्रदेशकै ठूलो ‘तनहुँ सभाहल’ तनहुँको सदरमुकाम दमौलीमा निर्माण गरिएको छ । करिब ७५० जना क्षमताको उक्त भवनको हालसम्म ६५ प्रतिशत निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।

विसं २०७७ असार १३ गते निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि कोभिड–१९ का कारण नेपाल सरकारले गरेको बन्दाबन्दीको घोषणापछि निर्माणकार्य प्रभावित बनेको हो । भवन निर्माणमा नेपाल सरकार र विदेशी दाताको संयुक्त कोष रहेकोे छ । रु २३ करोड ६२ लाख ४३ हजार ३३१ लागतमा निर्माणाधीन उक्त भवनको निर्माणको जिम्मा श्री डाँफे एमए प्रतिष्ठा जेभी काठमाडाँैले पाएको हो ।

व्यास नगरपालिका–३ बिपी वनबाटिकामा निर्माणाधीन उक्त भवनको करिब ३५ प्रतिशत काम सम्पन्न गर्न बाँकी देखिएको श्री डाँफे एमए प्रतिष्ठा जेभीका साइड सुपरभाइजर गौतम घिमिरेले जानकारी दिए । करिब छ हजार ५०० वर्गफिट क्षेत्रफलमा दुई ब्लकमा गरी भवन निर्माण गरिएको छ भने लम्बाइ ७५ र चौडाइ ४५ सेन्टिमिटरको बिम निर्माण गरिएको छ ।

उक्त भवन चार ढलानको बनाइएको छ । भवनको भुइँ ढलानमा सवारी पार्किङ, दोस्रो तलामा स्टेज, तेस्रोमा सेमिनार हल र चौथोमा अतिथिका लागि कपडा परिवर्तन गर्ने र आराम गर्ने कक्ष हुनेछन् । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय गोरखाको आर्थिक सहयोगमा उक्त भवन निर्माण अघि बढाइएको हो । उक्त भवनमा प्लम्बिङ, बिजुली, पानी जडानका साथै फिनिसिङलगायतका काम बाँकी रहेको बताइएको छ ।

बन्दाबन्दी खुलेसँगै उक्त भवनको निर्माणकार्य शुरु गरिएको छ । अहिले १४ कामदार परिचालन गरी तीव्ररूपमा भवन निर्माणको काम भइरहेको बताइएको छ । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले र शहरी विकास तथा भवन निर्माण विभाग आयोजना व्यवस्थापन कार्यान्वयन एकाइ पोखराका सवइञ्जीनीयर अर्जुन सुवेदीले गत शुक्रबार निर्माणाधीन सभाहल भवनको अनुगमन गरेका थिए। विसं २०७४ पुस १३ मा सम्झौता गरी तीन वर्षमा सम्पन्न गर्ने योजना रहे पनि बन्दाबन्दीका कारण निर्माणकार्यमा ढिलाइ हुन गएको निर्माण कम्पनीले जनाएको छ । रासस

वि.सं.२०७७ साउन २० मंगलवार ०८:४७ मा प्रकाशित

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

चक्कु प्रहारबाट मजदुरको मृत्यु

चक्कु प्रहारबाट मजदुरको मृत्यु

बागलुङ । काठेखोला गाउँपालिका–३ धम्जामा चक्कु प्रहारबाट एक मजदुर मृत्यु...

१३२ केभी क्षमताको राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति 

१३२ केभी क्षमताको राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति 

म्याग्दी । म्याग्दीमा निर्माणाधीन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...