२१ साउन, काठमाडौँ । विश्वभरमा कोरोना संक्रमणबाट मृत्युहुनेको संख्या ७ लाख नाघेको छ भने १ करोड ८७ लाख भन्दा बढि संक्रमित भएका छन ।
पछिल्लो २४ घण्टामा २ लख ५४ हजार ९ सय ८८ जना कोरोना भाइरसका नयाँ संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ६ हजार २ सय ९८ जनाको मृत्यु भएको छ
यससँगै विश्वभरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ लाख ४ हजार ३ सय ९६ पुगेको छ भने कोरोना संक्रमितको संख्या १ करोड ८७ लाख ६ हजार १ सय ९ रहेको छ ।
विश्वभरमा अहिले पनि ६० लाख ७६ हजार ७ सय ५६ जना संक्रमित अवस्थामै रहेका छन भने ६५ हजार ३ सय ५१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
वि.सं.२०७७ साउन २१ बुधवार ११:४४ मा प्रकाशित





























