back
CTIZAN AD

केराखेतीमा क्षति

वि.सं.२०७७ साउन २२ बिहीवार

825 

shares

२२ साउन, नवलपुर । मङ्गलबार मध्यरातमा पानीसँगै आएको हावाहुरीले यहाँको केराखेतीमा लाखौँको क्षति पु¥याएको छ । हावाहुरीको कारण नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को कावासोतीमा रु ७० लाख भन्दा बढीको केराखेतीमा क्षति पुगेको हो ।

मङ्गलबार राति आएको हावाहुरीले यहाँको ३० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको केराखेतीमा क्षति पु¥याएको कावासोती नगरपालिका उपप्रमुख प्रेम शङ्कर मर्दनियाले जानकारी दिए । कावासोतीको वडा नम्बर २, ३ र १६ मा गरी रु ७० लाखभन्दा बढीको क्षति भएको मर्दनियाको भनाइ छ । आगामी दशैँका लागि लक्षित गर्दै किसानले केरा उत्पादनको तयारी गरेको तीनवटै वडामा लगाइएको खेराखेतीमा पूर्ण क्षति पुगेको उनले बताए ।

हावाहुरीले केराखेतीमा पु¥याएको क्षतिको बारेमा स्थलगत अध्ययन गरी यकिन तथ्याङ्क लिने काम भइरहेको समेत उहाँले जानकारी दिए । नगरपालिकामा केरा किसानहरुले दिएको क्षतिको प्रारम्भिक तथ्याङ्कअनुसार रु ७० लाखभन्दा बढीको क्षति भएको हुनसक्ने अनुमान गरिएको उहाँको भनाइ छ । हावाहुरीका कारण किसानले लगाएको केराको बोट भाँच्चिएको तथा जराबाटै पल्टिएको जनाइएको छ ।

यस क्षेत्रका किसानले ६०० बिघाभन्दा बढी क्षेत्रफलमा व्यावसायिकरुपमा केराखेती गर्दै आएका छन् । पछिल्लो समय नेपाली केराले बजार नपाउने, उचित मूल्य नपाउने, हावाहुरीलगायतका प्राकृतिक कारणबाट नोक्सानी व्यहोर्न बाध्य हुँदा किसान केराखेतीबाट पलायन हुने क्रम बढ्दो छ ।

खोलाले बगाउँदा एकको मृत्यु

मध्यबिन्दु नगरपालिकाको पनौतीको उल्टी खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा मध्यबिन्दु–११ का ४२ वर्षीय मित्रबहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०ले जनाएको छ
कार्यालयका प्रहरी उपरीक्षक दीपक रेग्मीले खोलाले बगाएको स्थानबाट करिब साढे एक किलोमिटर तल कुमालको शव फेला परेको जानकारी दिए । सोमबारदेखि नवलपुरको तापक्रम एक्कासि बढ्दै जाँदा यहाँ अत्यधिक गर्मीको महसुस गर्न थालिएको छ । रासस

वि.सं.२०७७ साउन २२ बिहीवार १०:५८ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

चक्कु प्रहारबाट मजदुरको मृत्यु

चक्कु प्रहारबाट मजदुरको मृत्यु

बागलुङ । काठेखोला गाउँपालिका–३ धम्जामा चक्कु प्रहारबाट एक मजदुर मृत्यु...

१३२ केभी क्षमताको राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति 

१३२ केभी क्षमताको राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति 

म्याग्दी । म्याग्दीमा निर्माणाधीन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

म्याग्दीमा यस वर्ष आलु उत्पादन पाँच  प्रतिशतले घट्यो 

म्याग्दीमा यस वर्ष आलु उत्पादन पाँच  प्रतिशतले घट्यो 

म्याग्दी । म्याग्दीमा यस वर्ष आलु उत्पादन घटेको छ ।...

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पोखरा । पर्वत मिलन समाज, पोखरा र चरक मेमोरियल अस्पताल...