
१
तिमी छौ र पो म छु,
म छु र पो तिमी छौ त,
नत्र जीवन अर्थ, ब्यर्थ ।
२
हेर्दैमा चरी मरेन,
दृढ एकताको खाँचो,
निशानामा तिर लागेन ।
३
ज्ञानको बिज्ञानमा,
मन हो ब्यबस्थापन,
विवेकको परिचालन ।
४
न्यायालयको साचो,
भएछकी आलो काचो,
ब्यक्तिबादी निर्णय हाय ।
५
साउनको महिना,
शिवजीको छ महिमा ,
वेलपत्र गर्छौ अर्पण।
पाल्पा तानसेन, हाल-बुढानिलकण्ठ ५
वि.सं.२०७७ साउन २४ शनिवार ०८:५१ मा प्रकाशित






























