
आफ्नो सन्तान यहाँ भराए पछि,
उसैले हाम्रा युवालाई मराए पछि ।
हाम्रो देश कमजोर त हुँनेनै भयो,
शासक हरु पनि सबै डराए पछि ।
रहन सहन र पहिरन उतैको हुँदा,
मेला पर्व समेत कतै हराए पछि ।
बिदेशको जस्तै रहन सहन भयो,
भेशभुषा उतैको मन पराए पछि ।
बिस्तारै सरोबरी हुँन थाल्यो हेरौँ,
साँस्कृति नि बिदेशी सराए पछि ।
हुँन्छ बिकास कसोगरी भन्नुहोस्,
युवाशक्तिनै शमुन्दर तराए पछि ।
देशलाई टुक्रा टुक्रा पार्न तम्सेका,
छिमेकले लैण्डुवहरु भराए पछि ।
ए साथि एकता हुँनै सकेन हाम्रो,
सत्ता भत्ताको लागि कराए पछि ।
सेतेलाई कति लेख्छ न भन्नु मित्र,
आउँनेरैछ बिचार मुटु चराए पछि ।
वि.सं.२०७७ साउन २४ शनिवार ०८:४७ मा प्रकाशित






























