back
CTIZAN AD

कविताः महाकवि, नारद र गिनिजबुक

वि.सं.२०७७ साउन २४ शनिवार

939 

shares

सोझै नारद स्वर्गबाट कनका हेर्ने इरादा गरी
आए मोटरबाट पूर्वतिरको हाम्रो सुरुङ्गा स्थली ।
बुझ्ने शोच थियो ठुला कवि यहाँ कोको रहेछन् भनी,
भेटे एकजना चिया पसलको सानो छहारी-मुनि ।।

सोधे नारदले महाकवि यहाँ कोको कहाँ छन् कति !
आएको हुँ म टिप्न नाम सबको लानेछु भटेजति ।
अर्को को छ र ! छैन यो सरदमा जित्ने मलाई कवि,
मेरै नाम महाकवि प्रमुखमा लेख्नोस्, छ मेरै छवि ।।

यो हो उत्तम काव्यकार यसले लेख्दैन बेढङ्गको
नेपाली कविबीच पिङ्गल म हुँ ज्ञाता सबै छन्दको ।
मेरा सामु डटेर टिक्न नसकी भागे यहाँका कवि,
जस्तै भाग्दछ रात पूर्व नभमा देखी उज्यालो रवि ।

बुझ्दा हुन्छ चिया–पिपासु सबले प्रस्ट्याउँछन् शीघ्र नै,
सोध्दा हुन्छ वरिष्ठ विज्ञ जनमा स्रष्टा छ कस्तो भनी ।
ठूलो काव्य म लेख्छु पन्द्र दिनमा यस्तो छ मेरो गति,
लेख्लान् नाम तुरुन्त त्यो गिनिजमा देखेर मेरो मति ।।

यो एक्स्प्रेस नरोकिईकन छिटै पुग्नेछ गन्तव्यमा,
दुब्ला सर्जक रोकिंदै समयमा के पुग्न सक्थे त्यहाँ !
मेरा पुस्तकमा छ छाप, अरुको रित्तो छ चारैतिर,
संस्था–छापबिना छ पुस्तक भने त्यो उच्च मानिन्छ र !

मेरा पुस्तकमा सही छ जसको ती ज्ञानमा श्रेष्ठ हुन्,
चिन्दैनन् उनले तथाकथित क्वै जो सिर्जना गर्दछन् ।
अर्को एक विशेषता छ कविता, साथै महाकाव्यको,
छोटो, सानु पकेट पुस्तक भए मानिन्छ उत्कृष्ट सो ।

अर्को लक्षण हो महाकवि हुने बेचेर सिध्याउनु,
छापी पाँहजार पाँच सयमा बेचेर नाफा लिनु ।
छैटौं लक्षण हो किनेन जसले हप्काउँदै झम्टनु,
सातौं, लक्षण हो चिया पसलमा आफ्नो अहं पस्कनु ।

सुनेर कविका व्याख्या भए नारद मोहित,
सोधे ‘हजुरको नाम, ठेगाना भन्नुहोस् न त !’
कनका तिनमा पर्छ यो महाकविको घर,
नाम आँसुकवि श्रेष्ठ, र महाकवि हो थर ।

यहाँको नाम लेखिन्छ हाम्रो गिनिजमा अब,
तत्कालै स्वर्गमा भव्य हुन्छ आयोजना तब ।
आफ्नो यो देह त्यागेर महाकाव्य लिईकन,
त्यो त्रिविष्टपमा आफैं हुनुपर्छ उपस्थित ।

झस्के महाकवि श्रेष्ठ कुरा नारदका सुनी,
भने बिन्ती छ स्वर्गीय हे नारद महामुनि !
म हैन, देवकोटा नै मात्र एक महाकवि–
हुन्, भन्दै डरले काम्दै लुसुक्क छड्किए उनी ।

छन्द शार्दूलविक्रीडित र अनुष्टुप

वि.सं.२०७७ साउन २४ शनिवार ०९:१४ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...