back
CTIZAN AD

कविताः राष्ट्रको माग के हो ??

वि.सं.२०७७ साउन २४ शनिवार

780 

shares

प्राणी हामी शिखर मनुको सभ्यताको बलेँसी
नाता हाम्रो शिखर शिरको वीरताको चिनारी ।
साँच्चै रोयो !! मुलुक अब लौ डुब्न लाग्यो कि के हो !!
सोधौं खोजौं सबजन मिली राष्ट्रको माग के हो ।।१।।

धर्ती हाम्रो प्रथम जननी विश्व देख्ने उचाइ
टेक्दा खुट्टा अझ पनि कतै जोडिदैनन् विहानी ।
थुप्रै मोतीकणहरू यहाँ उड्न सक्ने चरी भो
सोधौँ खोजौँ सबजन मिली राष्ट्रको माग के हो ।।२।।

शिक्षा दीक्षा सबतिर भए चेतना खै कहाँ भो ??
काँचो माटो पनि अति भयो पाक्न के नै रहेथ्यो ।
हेर्दा हेर्दै नवप्रकृतिको बीजआकार फुट्यो
सोधौँ खोजौँ सबजन मिली राष्ट्रको माग के हो ।।३।।

बाटो धारो सडक विजुली अन्नबाली सिँचाइ
धेरै थोरै अलिअलि गरी कारखाना जुटाई ।
बाँचेको सुन्दर मुलुकमा सम्झना मात्र प्यारो
सोधौँ खोजौँ सबजन मिली राष्ट्रको माग के हो ।।४।।

हाँकेका छन् विपुल जनता होडमा राष्ट्रनेता
नेता बन्ने अवसर गुमे बोल्छ है गोप्य भत्ता !!!
सानो भाँडो कतिदिन रहोस् रित्तिने धर्म के हो ??
सोधौँ खोजौँ सबजन मिली राष्ट्रको माग के हो ।।५।।

दाता दिन्छन् खुरुखुरु यहाँ पारदर्शी हुँदैनन्
चाट्ने भर्ने जब लत भयो राज्यमा नीति छैनन् ।
आफ्नो खाने रहल पनि ती खानुको अर्थ के हो ??
सोधौँ खोजौँ सबजन मिली राष्ट्रको माग के हो ।।६।।

हत्या हिम्सा प्रहर प्रहरमा, घुसखोरी छँदैछन्
लैना गाई सरह छ जनता चुस्न पल्केर चल्छन् ।
सत्ता हिड्ने पथ किन धमिलो पार्नुको मर्म के हो ?
सोधौँ खोजौँ सबजन मिली राष्ट्रको माग के हो ।।७।।

छन्द-मन्दाक्रान्ता

 

वि.सं.२०७७ साउन २४ शनिवार ०९:१७ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...