back

कविताः राष्ट्रको माग के हो ??

वि.सं.२०७७ साउन २४ शनिवार

186 

shares
RBB AD
NTC AD

प्राणी हामी शिखर मनुको सभ्यताको बलेँसी
नाता हाम्रो शिखर शिरको वीरताको चिनारी ।
साँच्चै रोयो !! मुलुक अब लौ डुब्न लाग्यो कि के हो !!
सोधौं खोजौं सबजन मिली राष्ट्रको माग के हो ।।१।।

धर्ती हाम्रो प्रथम जननी विश्व देख्ने उचाइ
टेक्दा खुट्टा अझ पनि कतै जोडिदैनन् विहानी ।
थुप्रै मोतीकणहरू यहाँ उड्न सक्ने चरी भो
सोधौँ खोजौँ सबजन मिली राष्ट्रको माग के हो ।।२।।

शिक्षा दीक्षा सबतिर भए चेतना खै कहाँ भो ??
काँचो माटो पनि अति भयो पाक्न के नै रहेथ्यो ।
हेर्दा हेर्दै नवप्रकृतिको बीजआकार फुट्यो
सोधौँ खोजौँ सबजन मिली राष्ट्रको माग के हो ।।३।।

बाटो धारो सडक विजुली अन्नबाली सिँचाइ
धेरै थोरै अलिअलि गरी कारखाना जुटाई ।
बाँचेको सुन्दर मुलुकमा सम्झना मात्र प्यारो
सोधौँ खोजौँ सबजन मिली राष्ट्रको माग के हो ।।४।।

हाँकेका छन् विपुल जनता होडमा राष्ट्रनेता
नेता बन्ने अवसर गुमे बोल्छ है गोप्य भत्ता !!!
सानो भाँडो कतिदिन रहोस् रित्तिने धर्म के हो ??
सोधौँ खोजौँ सबजन मिली राष्ट्रको माग के हो ।।५।।

दाता दिन्छन् खुरुखुरु यहाँ पारदर्शी हुँदैनन्
चाट्ने भर्ने जब लत भयो राज्यमा नीति छैनन् ।
आफ्नो खाने रहल पनि ती खानुको अर्थ के हो ??
सोधौँ खोजौँ सबजन मिली राष्ट्रको माग के हो ।।६।।

हत्या हिम्सा प्रहर प्रहरमा, घुसखोरी छँदैछन्
लैना गाई सरह छ जनता चुस्न पल्केर चल्छन् ।
सत्ता हिड्ने पथ किन धमिलो पार्नुको मर्म के हो ?
सोधौँ खोजौँ सबजन मिली राष्ट्रको माग के हो ।।७।।

छन्द-मन्दाक्रान्ता

 

वि.सं.२०७७ साउन २४ शनिवार ०९:१७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
रवीन्द्रको ‘पैसाको उडान’ बजारमा

रवीन्द्रको ‘पैसाको उडान’ बजारमा

काठमाडौंँ । साहित्यकार रवीन्द्र समीरको उपन्यास ‘पैसाको उडान’ प्रकाशनमा आएको...

कविता : निखार काव्य ए कवि

कविता : निखार काव्य ए कवि

स्वर्ण शिखा, दाङ नवीन यामको अहो सुरम्य बिम्ब देखियो, नवीन...

कविता : शब्द दुरुपयोग

कविता : शब्द दुरुपयोग

निम्बतरु,अर्घाखाँची कालेलाई काले भन्न मिल्दैन सेतेलाई सेते भन्न मिल्दैन नेप्टे...

कविता : आत्मबोध

कविता : आत्मबोध

शान्ता न्यौपाने, बेलबारी, मोेरङ सधैं तिमी मर्छुमर्छु भन्छौ तर तिमीलाई...

गजल

गजल

सुधिर थापा,काठमाडौं तिमी मेरो राजा भएँ रानी तिम्रो मीठो माया...

मुक्तक

मुक्तक

अरुण खड्का,काठमाडौं १ फुलुन् टन्न नयाँ नयाँ फूल नयाँ वर्षमा...