back
CTIZAN AD

लघुकथाः दाउ

वि.सं.२०७७ साउन २४ शनिवार

756 

shares

कृष्णबहादुरको घरको मूलगेटबाट दुईजना मान्छे भित्र पसे । मूलगेटबाट ति मान्छे भित्र पसेको देखेपछि भाडामा बस्ने सविताले “कसलाई खोज्नुभयो भनिन् ।” “हामीलाई कोठा चाहिएकोले यो घरमा कोठा खाली छ कि भनेर बुझ्न आएका हौ” उनीहरुले भने । “कोठा खाली छ म घरधनीलाई बोलाइदिन्छु नि त” भाडामा बस्ने सविताले भनिन् र घरधनी कृष्णबहादुरकी श्रीमतीलाई बोलाइन् । कृष्णबहादुरकी श्रीमतीले “तपाईहरुलाई कतिवटा कोठा चाहिएको हो नि” भनिन् । “हामीलाई दुईटा कोठा चाहिएको हो” उनीहरुले भने ।

“खाली कोठा चाहिएको भए म देखाइदिन्छु नि जाऊ न त भित्र तपाईहरुलाई मन परे बस्नुहोला” घरधनीले भनिन् ।“यो घरको बाहिर पानी जमेकोे रहेछ यस्तो पानी जम्ने घरमा हामी बस्दैनौ आमा हामी कोठा पनि हेर्दैनौ” भनेर उनीहरु फर्के । उनीहरु फर्केपछि भाडामा बस्ने सविताले “यिनीहरु कोठा हेर्न आएका हैन आमा यो घरमा सामान चोर्न आएका हुन् मैले यिनीहरुलार्ई नदेखेको भए सामान चोरेर लैजाने रहेछन्” भनिन् । “यिनीहरुको अनुहार हेर्दा मलाई पनि त्यस्तै लागेको थियो” घरधनी आमैले भनिन् । “यिनीहरु यो घरबाट सामान चोरेर लैजाने दाउ पारेर आएका हुन् नि आमा” सविताले भनिन् ।

सामाखुसी मार्ग, ९३५-५४, काठमाडौं

वि.सं.२०७७ साउन २४ शनिवार ०९:१९ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...