back

लघुकथाः दाउ

वि.सं.२०७७ साउन २४ शनिवार

138 

shares
RBB AD
NTC AD

कृष्णबहादुरको घरको मूलगेटबाट दुईजना मान्छे भित्र पसे । मूलगेटबाट ति मान्छे भित्र पसेको देखेपछि भाडामा बस्ने सविताले “कसलाई खोज्नुभयो भनिन् ।” “हामीलाई कोठा चाहिएकोले यो घरमा कोठा खाली छ कि भनेर बुझ्न आएका हौ” उनीहरुले भने । “कोठा खाली छ म घरधनीलाई बोलाइदिन्छु नि त” भाडामा बस्ने सविताले भनिन् र घरधनी कृष्णबहादुरकी श्रीमतीलाई बोलाइन् । कृष्णबहादुरकी श्रीमतीले “तपाईहरुलाई कतिवटा कोठा चाहिएको हो नि” भनिन् । “हामीलाई दुईटा कोठा चाहिएको हो” उनीहरुले भने ।

“खाली कोठा चाहिएको भए म देखाइदिन्छु नि जाऊ न त भित्र तपाईहरुलाई मन परे बस्नुहोला” घरधनीले भनिन् ।“यो घरको बाहिर पानी जमेकोे रहेछ यस्तो पानी जम्ने घरमा हामी बस्दैनौ आमा हामी कोठा पनि हेर्दैनौ” भनेर उनीहरु फर्के । उनीहरु फर्केपछि भाडामा बस्ने सविताले “यिनीहरु कोठा हेर्न आएका हैन आमा यो घरमा सामान चोर्न आएका हुन् मैले यिनीहरुलार्ई नदेखेको भए सामान चोरेर लैजाने रहेछन्” भनिन् । “यिनीहरुको अनुहार हेर्दा मलाई पनि त्यस्तै लागेको थियो” घरधनी आमैले भनिन् । “यिनीहरु यो घरबाट सामान चोरेर लैजाने दाउ पारेर आएका हुन् नि आमा” सविताले भनिन् ।

सामाखुसी मार्ग, ९३५-५४, काठमाडौं

वि.सं.२०७७ साउन २४ शनिवार ०९:१९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
रवीन्द्रको ‘पैसाको उडान’ बजारमा

रवीन्द्रको ‘पैसाको उडान’ बजारमा

काठमाडौंँ । साहित्यकार रवीन्द्र समीरको उपन्यास ‘पैसाको उडान’ प्रकाशनमा आएको...

कविता : निखार काव्य ए कवि

कविता : निखार काव्य ए कवि

स्वर्ण शिखा, दाङ नवीन यामको अहो सुरम्य बिम्ब देखियो, नवीन...

कविता : शब्द दुरुपयोग

कविता : शब्द दुरुपयोग

निम्बतरु,अर्घाखाँची कालेलाई काले भन्न मिल्दैन सेतेलाई सेते भन्न मिल्दैन नेप्टे...

कविता : आत्मबोध

कविता : आत्मबोध

शान्ता न्यौपाने, बेलबारी, मोेरङ सधैं तिमी मर्छुमर्छु भन्छौ तर तिमीलाई...

गजल

गजल

सुधिर थापा,काठमाडौं तिमी मेरो राजा भएँ रानी तिम्रो मीठो माया...

मुक्तक

मुक्तक

अरुण खड्का,काठमाडौं १ फुलुन् टन्न नयाँ नयाँ फूल नयाँ वर्षमा...