३० साउन, काठमाडौँ । विश्वमा महामरीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण ब्राजिलमा १ लाख ६ हजार भन्दा बढिको मृत्यु भएको छ ।
गत २४ घण्टामा कोरोना संक्रमणबाट १ हजार ७ जनाको मृत्युपछि ब्राजिलमा यस प्रकोपबाट ज्यान गुमाउने व्यक्तिको संख्या १ लाख ६ हजार ५ सय ९५ पुगेको छ ।
ब्राजिलमा गत २४ घण्टाको समय अवधिमा ४९ हजार २ सय ७४ जना नयाँ संक्रमित थपिएपछि ब्राजिलमा कुल संक्रमित संख्या ३२ लाख ७८ हजार ८ सय ९५ पुगेको छ ।
वि.सं.२०७७ साउन ३१ शनिवार ०९:२७ मा प्रकाशित






























