
मलाई अफर आएको थियोे
फेयर गेम खेल्न छोडेर
विचौलिया वन्न आऊ भनेर
तर अहं मलाई मन परेन
पसिनाको मुल्य कुल्चिएर
अनफेयर खेल खेल्नलाई
आखिर आस्था, आस्थानै हो
विश्वास, विश्वास नै हो ।
गरिवी, वेरोजगारी र असमानताले
वैश्विक संकटले आक्रान्त भएर
श्रमको उचित मुल्यका लागि
सारा मानिस मार्क्स खोज्दै हिडेको वेला
कोही राम राम भन्दै
राम खोज्न थाले पछि,
तर अहं मलाई ठीक लागेन
समस्या समाधानको बाटो ठीक हो भनेर
आस्था, आस्था नै हो
विश्वास ,विश्वास नै हो ।।
मलाई सामुहिकता छोडेर
झुन्ड कोटरीमा आऊ भनेका थियौ
क्षणिक लाभ फाइदा लिनलाई
तर अहं मलाई मन परेन
त्यो फराकिलो वाटो हिड्न छोडेर
सांगुरो वाटो हिड्नलाई ।।।
मलाई वर्ग समन्वयको वाटो लेऊ भनेका थियौं
सोसल डेमोक्रेट वन्नलाई,
तर मलाई मन परेन
लाखौं करोडौको मुक्ति हुने
वर्ग संघर्षको वाटो छोडेर
यथास्थिति मै रम्नलाई ।।।।
मलाई आंखा चिम्लिएर
यश म्यान बन भनेका थियौ
तर अहं मलाई मन परेन
आलोचना आत्मआलोचनावाट
शुद्धता ल्याउने वाटो छोडेर
व्यक्ति पुजामा नै रम्नलाई ।।।।
तिमीले विकासका लागि
अनुदान,सहयोगको अफर गरेका थियौ
तर मलाई स्वीकार्य छैन
राष्ट्रियहित र सुरक्षामा आंच पुग्ने
शर्त सहितको अफर लिएर
देशलाई रणभुमी वनाउनलाई
त्यसैले आस्था, आस्था नै हो
विश्वास, विश्वास नै हो ।
वि.सं.२०७७ साउन ३१ शनिवार ०९:३१ मा प्रकाशित






























